[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

mno

logan
:: Subscribe
Back to: History / Culture Refresh page to view new replies
 राष्ट्रपति संग फोटो खिचाउने अवसर र घरमा झुण्ड्याउने
[VIEWED 26597 TIMES]
SAVE! for ease of future access.
Posted on 07-22-16 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धाक धक्कु नलगाए समाजमा आफ्नो स्तर कायम गर्न सकिन्न | कसैले टास्नु भएको थियो " पैसा तिरेर पदक किन्ने" अनि बडेमान को फोटोले बैठक कक्ष सजाउने | यो त थियो पैसा तिरी तिरी सम्मान किन्ने को | अर्का थरि आफ्ना छोरा छोरीको प्रगतिलाई बैठकमा सजाएर आफ्नो गरिमा बढाउन खोज्ने हरु | यिनमा पनि थरि थरिका छन् | कोहि छोरा छोरी हरु घरमा छैनन् अनि उनिहरुको सम्झना संगै प्रगतिको घोत्तक फोटा हरु टास्ने अर्का थरि घरै भएका छोरा छोरी को फोटा एक दुइ हैन बैठक छिर्ना साथ् आखा पुग्ने ठाउ( Unexpectedly bigger Like Trump Tower Name) मा टासेर हरेक नया पाहुनाले सोधुन अनि घन्टौ बयान गर्न पाउ भन्ने मनसाय लिएर बसेका |
मेरा मित्रका ससुरा बालाई छोरीको फोटो झुण्ड्याउन मन लागेर लौ छोरी तिमि पनि आएर बिद्याबारिधी  सुचिमा नाम राखिदेउ भनेछन | अनि बा आमाको इच्छा  पुरा गर्ने पशुपतिको जात्रा सिद्राको ब्यापार पनि हुने देखी  गाउँन लगाएर रास्ट्रपति संग फोटो खिचाउन पाउने बा आमाको फोटो झुण्ड्याउने इच्छा संग आफ्नो भेट घाट हुने भनि तयार भैछिंन |
नेपालमा खोट देखाएर यो ल्याउ र त्यो ल्याउ गर्लान भनि नेपालमा पढेका देखि अमेरिकामा पढेका सबैको प्रतिलिपि अनि २ ओटा फोटो को ठाउमा ४ ओटा फोटो पठाए रे!
कुरा अड्केछ कर्मचारीको भनाइ मा  MBA गर्ने नेपाल बाट रसायन सास्त्रमा बिद्याबारिधी गर्न कहा पाइञ्छ ? उन्को दिमाग नेपाल बाट एम. बि. ए. गरेको मै अड्कियो , त्यहा बाट अघी बढन सकेन |  अमेरिका बाट रसायन सास्त्र मा MS गरेरबिद्याबारिधी  गरको भन्दा कर्मचारीलाई त्यो MS गरेको डिग्रीको Equivalent प्रमाणित गरे पछि मात्र प्रोसेस पुरा हुन्छ नत्र गाउँन लाउन पाउदैनौ भन्ने जबाफ पाएछन |  लौ भन्नुस त हाम्रो देश पनि कति माथि पुगी सक्यो  अमेरिका बाट MS गरेर बिद्याबारिधी  गरेको नपत्याई अमेरिकी डिग्रीको Equivalent खोज्ने ? 
त्यसो भए  Undergraduate बाट सिधै बिद्याबारिधी  गर्ने हरुलाई तिनले मास्टर्स नगरी डाक्टरी कसरि पायौ नक्कली सर्टिफिकेट ल्यायौ भन्ने होलान ?

सानो छदा Harvard University ले एउटा दाउरेलाइ दाउरा काट्ने बिषय बारेमा बिद्याबारिधी  गर्न दिएको थियो रे ? हाम्रा गुल्ला डे हरुलाई बिद्याबारिधी  को अर्थ कसले बुझाउने ?  के गर्दा निवेदकलाई सजिलो हुन्छ भन्नु सट्टा कहा खोट छ त्यो निकाल्नु  यिनिहरुको पहिलो मुख्य काम  काम हुन्छ  | मैले लेखेको थिए आजकल मालपोत बुझाउन नागरिकता चाहिन्छ रे | दिदि संग फोटो मागे पछि फोटो छैन भनिन रे | भाइ विदेश छ  फोटो तेही नागरिकता मा छ भने पछि मिलाई दिन्छौ भनि मिलाई दिएरे | मिलाउन मिल्ने भए किन फोटो चाहियो ? खानलाई नमिलेको हो कि चाहिने नै भएर नमिलेको हो यो कुरा बुझन सकेको छुईन ?  कति खाए दिदीले भनिनन |
भारत बात बिद्याबारिधी सर्टिफिकेट किनेर ल्याउने को संख्या बड्दै गएकोले यो रोक छेक सुरु भएको हो कि पदको दुरुपयोग हो वा अज्ञानताको वा नेपाली सन्स्कारको परिणाम हो ?
मेरा मित्र हैरान छन् , सुनेर म पनि तेस्तै भए | गत हप्ता मात्रै DHL गरे रे ? अब फेरी अर्को पेपर चाहियो रे ? नेपाल जाने र रास्ट्रपति बाट  प्रमाण पत्र लिएको फोटो झुण्ड्याउने कुरा पनि खर्चिलो हुदै गएकोले वाक्क दिक्क भएको कुरा पोखेको हुँ |
Last edited: 24-Aug-16 01:38 PM

 
Posted on 07-22-16 9:23 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Gorkhey.
Finally, after reading loads, I am able to decipher your writings/monologues. You write on day to day events and express dissatisfaction towards our social cult.
But, please use proper formatting like paragraph change, conjunctions etc. Readers get lost in your statements when you switch the context.
 
Posted on 07-22-16 11:47 AM     [Snapshot: 213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि आफु ले एस एल सी पास गर्दा को कुरा याद आयो

सरकारी इस्कुल मा पढेर १९ बर्ष मा एस एल सी पास गरियो , घरमा काम गर्नी मान्छे भएन ब्या गर छोरा भनेर कच कच गरि रहनु हुन्थ्यो आमा. एस सी पास नगरी ज्यान गए ब्या गर्दिन भनेर जिद्दी गरेर बसी र थे.

एस एल सी पानि पास भैयो एकै ताल मा , थर्ड डिविजन आएर तेती चित्त बुझ्या थिएन तर छिमेकी राम भक्ते ले मोरा यो टोल मा एकै पटक एस एल सी पास गर्ने तै एउटा होस् भने पछि बल्ल नाक फुलेर घिरौला जत्रो भो

वोहो तेसो भए त ठुलै काम गरिछु जस्तो एस एल सी को सर्तिफिकेट को ठुलो बनाएर रंगिन फोटो कापी गरे सहरां गएर, एउटा फ्रेम हालेर पनि ल्याए .

कोठा को भित्ता मा टासियो त्यो फोटो , कसले गाउ मा कुरा पुरायेछ कुन्नि मेरो त्यो सर्तिफिकेट, हेर्न पुरा गाउँ नै मेरो कोठा मा
राम भक्ते ले फेरी मेरो आमा लाई उचाल्यो, आमै अब तिम्रो छोरा लाई जस्तै मै हुँ भन्ने ले पनि छोरी दिन्छ

बिचारी सोजी आमा , साचै हो जस्तो लागछ क्यारे मलाई भनिन

जा जा बाबु यो तस्बिर (एस एल सी को सर्तिफिकेट) राखेर तेरो एउटा फुटु खिचेर ल्यैज, लमि लाई दिएर पठाउन पर्यो भनिन

म पनि आमा को चित्त के दुखाउनु भनेर फेरी सहरां गएर त्यो फ्रेम सहित को थर्ड डिविजन आको फोटो टेबल मा राखेर त्यो संगै मुसुक्क हासेर आफ्नो रंगिन फोटो खिचाए , १६ प्रति जति बनाए .र आमा लाई दिए

आमा ले त्यो फोटो गाउँ का भए भर का लमी लाई दीईन, तर दुइ बर्ष भो कुनै केटि को कुरा आएन, येस्पाली हजुर बाउ को सराध्हे खान मामा घर गाथे,  मामा ले कुरा फुकाइ हाले

हेर भान्जा अब त्यो एस एल सी पास भएको सर्तिफिकेट सहित लमी लाई फोटो पाठा रेछौ गाउँ मा
अब तेत्रो धेरै पढेको केटा संग हाम्रो छोरी ले के घर गर्ली भनेर कति ले छोरी दिनै मानेन रे, कसै ले चाहि तेर्त्रो धेरै पढेको केटा लाई छोरी दिदा दाइजो पनि धेरै नै दिन पर्छ का सकिन्छ भनेर छोरी दिनै मानेन रे


घर मा आएर आमा लाई सम्झा को छु,  लमि हरु लाई एस एल सी फेल भएका केटि का कुरा न लैजानु छोरा को योगेय्ता देखेर तर्सिन्छन , गारिब का एस एल सी पास भएका भए पनि कुरा न लैजानु धेरै पढेको केटा लाई दाइजो धेरै दिन पर्ला भनेर कुरा चलाउन मान्दैनन.  धनी र एस एल सी पास भएका कहाँ मात्र कुरा लैजानु भनेर सम्झाउनुस भन्द्या छु

अब हेरुम अर्को बर्ष सम्म कुरा मिल्ला कि
धेरै पढेको छु भनेर देखौन फोटो खिच्नु पनि झन्झट नै रेछ





Last edited: 22-Jul-16 07:15 PM

 
Posted on 07-22-16 12:30 PM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला तोरी गोर्खे ,बाउन्बाजे हु भनेर संस्कृत को श्लोक हाली तोपोल्थ्यो अहिले ह्याकुला को फोटो राखछ
 
Posted on 07-22-16 1:53 PM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thank you KP. 

हिसाब जान्ने आईस्टाइङ्का सन्तान, जाड खाने जति मतवाली, गाडि चलाउने सबै ड्राइभर ,
ज्योतिस जान्ने जति पान्चांग ( मणी ज्योति) का सन्तान , नेवारी भाषा बोल्ने जति नेवार ,
अनि संकृत २-४ शब्द कनी कोथि गर्ने बाहुन ठान्ने लाइ के भनौ ?

बज्रस्वाठ्को कुनै कमि छैन भनि GT ले भन्नु भएको थियो आज आएर मेरो घैटोमा घाम लाग्यो |
हाकुलाको सेकुवा चै निकालिदिए |
Last edited: 06-Aug-16 03:23 PM

 
Posted on 08-24-16 2:01 PM     [Snapshot: 931]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा मित्रकी श्रीमती बिध्याबारिधि थाप्न हिजो नेपाल पधारिन रे | पधारिन कुन चै ठुलो कुरा भए ? ठुला कुरा तपाइँ हामीलाई भएका होईनन | तर मेरा मित्र लाई भएको कुरा पोख्दै छु |
 प्याकिङ्ग गर्ने काम गत सातानै सकी सकेका हुन्  तर जाने अघिल्लो दिन  १३० LBS  मित्रले दसौ चोटि बोक्दै छचार्दै ५० पाउण्ड ठयाक्क मिलाउनु पर्यो रे | जोख जाख सकिए पछि साचो लगाई दे भनिन रे | साचो लागे पछि कुन्जिलाई किरिंगमा राखिदिनु पर्यो भनि कहिँ राखेको भेट्टाएको होइन रे | आधा घण्टा खोजि सक्दा पनि नभेट्टाए पछि मेरो सामान छुनै पर्दैन भने पछि जानु अघि मिठो माया गर्न पाउला भनेको अरु कुरा छोडौ अँगालो मारेर पनि सुत्न पाएनन रे | तर सुटकेस जोखाई बाट पाइएको थकान मिठो माया पछि को थकान भन्दा कम थिएन रे ? मलाइ मेरा मित्रको यो तुलना मिले जस्तो लागेन | स्वर्गीय आनन्द पछि को निन्द्रा अनि सारारिक थकान को निन्द्रा कहा एउटै हुन् सक्छ | कहा राजा भोज कहा गंगु तेली ?

बिचरा मित्र  going away gift पनि पाएनन छन !
Last edited: 27-Aug-16 01:59 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters