[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

Tyo Din

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा यि ४ कुराहरुमा बिशेष सचेत हुनुहोस
[VIEWED 8041 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-16 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


-सानू बाबू सिलवाल
अमेरिकामा यि ४ कुराहरुमा बिशेष सचेत हुनुहोस, होस पुर्याउनुहोस,  बच्नुहोस र आफुलाइ हरदम सतर्क राख्नुहोस, नत्र तपाइलाइ उठनै नसक्ने गरि थला बसालिदिन सक्छ, ठुलो खति बेहोर्नु पर्नेछ र दिर्घकालिन रुपमा जिबनयापनको सबै कोणमा प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा नराम्ररि असर गर्नेछ भन्दा भयो। के के हुन त ति ४ कुराहरु।

                                   एक- आफ्नो प्राइभेसि राख्नुहोस। अमेरिकि सरकारले प्रदान गर्ने सोसियल सेक्युरिटि नम्बर, आफ्नो जन्म मिति, घरको ठेगाना, घरको फोन, सेल फोन, ड्राइभर लाइसेन्स नम्बर परिचय पत्र र क्रेडिट कार्ड, डेबिट कार्ड र बैक खाता नम्बर, राउटिङ्ग नम्बर र चेकबुक अत्यन्त सुरक्षित राख्नुहोला। जथाभाबि अनलाइन फर्म, अनलाइन सुचना तथा जथाभाबि शेयर नगर्नुहोला। जसबाट तपाइको आइडेन्टिटि चोरि भै फ्रडहरुको घानमा परि तपाइको बैकको डलर रित्याइदिनसक्छ, तपाइको नाममा बिभिन्न सुबिधाहरु दुरुपयोग गरि तपाइलाइ कलेक्सन कम्पनिमा जाकिदिनसक्छ। जसबाट जतिबेला तपाइको क्रेडिट ध्वस्त भैसक्ने छ जुनबेला तपाइले थाहा पाउनु हुनेछ त्यसबेला ढिला भैसक्नेछ। अति आबस्यक स्थान, कार्यालय, सरकारि काम, भरपर्दो आफन्त वा अति नजिकको भाइसाथि र बैन्किङ्ग काम र अतिआबस्यक युटिलिटि तथा सेवाप्रदाय कम्पनिहरु बाहेक अन्यलाइ सकेसम्म आफ्ना यि गोप्य कागजातहरु शेयर नगर्नुहोला। यस मामलामा धेरैलाइ बिस्वास नगर्नुहोला, कुनबेला को पराइ बनिदिने हो र तपाइलाइ वा तपाइको गोप्य महत्वपुर्ण कागजातहरु दुरुपयोग गरिदिने हो भन्न सकिदैन र को कसको मनमा पुग्न सक्छ र? घरमा, बैङको लकरमा वा आफुलाइ गोप्य लाग्ने स्थानमा मात्र यि कागजहरु सुरक्षित राख्नुहोला।

                            दुइ- अमेरिकामा अपराध गर्नबाट टाढै बस्नुहोला यदि तपाइ पिस अफ माइन्ड प्राप्ति, सफलता र केहि गर्छु भन्ने हो भने कुनै खाले अपराधबाट आफुलाइ बचाउनुहोस। अमेरिकामा अपराधका ऋङ्खलाहरु छन। भाइलेशन, मिसडेनियर र फेलोनि। फेलोनि सबैभन्दा सकसपुर्ण सजाय हो अमेरिकामा। अदालतबाट फेलोनिको सजाय पाउने अमेरिकनले सकेसम्म जागिर पाउदैन। सरकारि, निजि वा अर्धसरकारि वा कुनै पनि खाले जागिरमा हायर गर्ने छैनन। कुनै फेडेरल एबम राज्य स्तरको कुनै लाभावान्बित वा अमेरिकन सबिधानले अमेरिकन नागरिकहरुलाइ प्रदान गरेको नैसर्गिक सुबिधाबाट समेत बन्चित हुनु पर्नेछ। ब्यबसाय खोल्न अनुमति पाएपनि ब्यबसायमा कुनै सेवा राख्न फेलोनले पाउदैनन जसबाट ब्यबसाय एबम कुनै आयाअर्जनको काममा पनि असर पुग्नेछ। कानुनको मुलुक अमेरिकामा अपराध छिपाउन, लुकाउन, लुक्न, गुसपैठ गर्न, प्रभाबित पार्न वा मुक्ति पाउने छैन। तपाइ के बोल्नुहुन्छ यसको अर्थ राख्दैन अमेरिकामा कागज र तपाइको गतिबिधि डकुमेन्ट बोल्नेछ। अमेरिकामा स्वतन्त्रता, अबसर, सफलता र पिस अफ माइण्ड भनेकै अपराध गर्न र परिबन्दमा पर्नबाट जोगिनु जरुरि छ। कानुनसङ्ग जिस्कने, खेलाचि गर्ने, खेल्ने र लापरबाहिले अमेरिकामा सडाउनेछ।

                      तीन - कर तिर्नुहोस र आफ्नो आम्दानिलाइ पारदर्शि बनाउनुहोस अमेरिकामा। तपाइले नगदमा तलब बुझिरहनुभएको छ, करमा दाखिला गर्नु भएको छैन वा देखाउनु भएको छैन भने कालान्तरमा तपाइ अत्यन्त अप्ठेरोमा पर्नु हुनेछ। जसबाट तपाइ आइ आर एस आन्तरिक राजस्व कार्यालयको कारबाहिमा पर्नु हुनेछ। अमेरिकमा आर्थिक अपराधलाइ ठुलो अपराध मानिन्छ र यस्तो अबस्थामा कारबाहिमा पर्नु भयो भने भबिस्यमा तपाइको ब्यबसाय एबन ब्याअक्तिगत र पारिवारिक बेनेफिट र जिबन्यापनमा ठुलो धक्का पुग्नेछ। काम गर्नुहोस, पेरोलमा आफुलाइ राख्नुहोस र अमेरिकिन सरकारले तोकेको बार्षिक आम्दानि भन्दा बढि आम्दानि देखिने भयो र तपाइको अन्य सुबिधामा जस्तै फुडस्ट्याम्प, विक तथा मेडिकेड, मेडिकेयरमा असर पुग्न खोजेमा केहि तलब नगदमा बुझेर बाकि पेरोल चेकमा राख्न सक्नुहुनेछ। यो गोप्य सुझाब हो तपाइहरुका लागि। तर काम गरेपछि कर तिर्नुहोस। यसो गर्नु भएन भने भोलि भबिस्यमा तपाइको न क्रेडिट बढ्छ, न घर किन्न पाउनु हुनेछ न गाडि पेमेन्टमा पाउनु हुनेछ न भोलि उधारो वा लोनमा केहि सुबिधा पाउनु हुनेछ। कर तिरेर कर दाखिला गर्न नबिर्सनुहोला। तपाई ले लाखौ लाख डलर नगदमा कमाउनु भयो, करमा दाखिला गर्नु भएको छैन भने तपाइको ति सबै आम्दानि गैरकानुनि मात्रै हुदैनकि गैरकानुनि रुपमा २ हज्जार भन्दा बढि नगद फेला पर्यो भने र तपाइले कर तिरेको प्रमाण दिन सक्नु भएन भने तपाइलाइ जेल लैजाने छ। नगद २ हजार भन्दा बढि नबोक्नुहोला यदि कानुनिसगत रुपमा कमाउनु भएको छैन भने। ९९९ भन्दा बढि डलर मनि ट्रान्सफर मार्फत नपठाउनुहोला। ९९९९ भन्दा बढिको ॠण लिनदिन गर्नु भएको छ भने चेकबाट काम गर्नुहोस। कानुनु रुपमा १० हज्जार भन्दा बढि ॠण दिएर ब्याज लिनु भएको छ भने त्यो मनि लण्ड्रि कानुनेले निषेध गरेको छ अमेरिकामा। नगदमा ढुकुटि खेल्ने, ढुकुटि चलाउने र ९९९९ भन्दा बढिको कारोबार नियमसगत नपाइएमा वा नगदको चलखेल गरेको पाइएमा वा ढुकुटि बुझेको डलर सबै गैरकानुनि हो अमेरिकामा। यदि आइ आर एसले पत्ता पाएमा ढुकुटि खेल्ने र खेलाउने सबै मनि लण्ड्रिङ्गमा जेल जान सक्नेछ।१००० डलरको मनि अडर वा मनि ट्रान्सफर गलत मानिस वा अमेरिकन सरकारले तोकेको ७००० भन्दा बढिको टेरोरिष्ट ग्रुप वा ब्याक्तिलाइ पठाइएको वा चेक पठाइएको पाइएमा सिधै जेल जानुपर्नेछ। १००० डलर भन्दा माथिको मनि अडर र मनि ट्रान्सफर गर्दा आफ्नो आम्दानिको स्रोत खोल्नुपर्नेछ। हुण्डि गैरकानुनि हो अमेरिकामा। यि सबै कामबाट बच्नुहोला। कुनैबेला जतिखेर पनि फाइनान्सियल अपराधको सामना गर्नु पर्ने हुन्छ।

                                चार-अमेरिकामा लिज, सम्झौता, सहमति वा कुनै कन्ट्रयाक्ट वा लिनादेना वा सेवासुबिधा आदानप्रदान गर्दा वा कुनै खाले लिखितम कागज गर्दा वकिल वा जानेको बुझेको मानिसलाइ देखाएर वा सम्बन्धित क्षेत्रको बिशेषज्ञलाइ देखाएर बुझेर मात्रै हस्ताक्षर गर्नुहोला। सरकारि, निजि, कर्पोरेट हाउसहरुले तपाइलाइ डुबाइदिनसक्छन यदि तपाइले नबुझिकन सहिछाप गरिदिनु भयो भने। फोन कम्पनि, बिजुलिबत्ति, कुनै युटिलिटि, बसाइ लिज, कुनै सेवा प्राप्त गर्दाको सम्झौता, ब्यबसाय वा कुनै भेन्डर वा कुनै कम्पनिसङ्ग सम्झौता, कन्ट्रयाक्ट गर्दै हुनुहुन्छ भने भाषा, त्याहा लेखिएका शब्द शब्द र हरफहरु बुझ्ने मानिस वा वकिलको सहाराबिना हस्ताक्षर नगर्नुहोला। जसले तपाइलाइ ठुलो आर्थिक एबम मानसिक क्षति पुर्याइदिनसक्छ। एकपटक नबुझिकन सम्झौता गर्नुभयो भने तपाइको दिनदशा यहिबाट शुरु हुनेछ अमेरिकामा।

– बरिष्ठ वातावरण पत्रकार सिलवाल अमेरिका–नेपाल व्यवसायी संघका कार्यवाहक सभापतिका साथै अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।

- See more at: http://www.sidhadrishti.com/2016/05/2518.html#sthash.QRdtAC8Q.3tKoJ2Vk.dpuf

 
Posted on 05-27-16 12:25 PM     [Snapshot: 77]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-16 1:55 PM     [Snapshot: 240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पॉच - Stay the f**k away from fake ass rappers, don't listen to their wack ass raps rappin about bein' a mofo goon, livin' a life ofa gangsta n bein a streek savage.
Last edited: 08-Jul-16 05:25 PM

 
Posted on 05-27-16 2:45 PM     [Snapshot: 323]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अपराध गर्छु भनेर अपराध नै नगरेकाहरू धेरैले अपराध गर्दैन | मानिषहरु गलत circumstance को victim हुन पुग्छ | however, being knowledgeable about these matter is always helpful |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters