[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टासिएको सम्बन्ध (भनौ) मानौ कि उनिएको ?
[VIEWED 8978 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-22 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हामी नेपाली ले साईनो लगाइ नजिकको हुन खोज्छौ | बा, आमै , दाई भाई आदी इत्यादी जोड्नै पर्ने हुँदा हुँदा मिनिवसको खलासिले पनि अनुहारमा एक नजरै नलगाइ ए अङ्कल अलिक पर सर्नुस् न भन्न् पछी पर्दैन मानौ साईनो नलगाए ठस मस नै गर्दैनन| त्यस्तो सन्स्कृतिमा तपाईं हाम्रा बाउ बाजेले बिशेषकारणले वा मुतुनोलाई हरेक रात आनन्द दिन दोश्रो विवाह गरेका साईनो लगाउनै पर्छ र पर्‍यो तेस अनुसार हजुरबा - हजुर आमा , काका - काकी , बाउका लाई धेरै नजिक देखाउन आमा नत्र सानीआमा भन्ने गरिन्छ | हुन त मैले बा का माउजुलाइ भनेको थिए तिम्रो ठाममा कामिनी सर्किनी देखि बाबुसाब खल जो संग बिहे गरेको भए नै हामीले हजुर आमानै भन्नु पर्थ्यो , तिम्रो र मेरो सम्बन्ध तेती नै हो |

सन्क्रितमा सुनेको एउटा स्लोक पुरै आएन , तेस्मा कस्लाई के गरी चिन्ने बन्ने बारे थियो |
दाजु भाइ परे पछी मात्र चिनिन्छ, किनमेल गर्न पठाएँ पछी घरका हेल्पर लाई चिनिन्छ भनेर पढे पनि बाउ आमालाई चै कसरी चिन्ने चै कही पढ्न पाइेन तर " माता सत्रु पिता बैरी एन बालो नपाठित" पढ्न भने पुगेको थिए | यस्तो लेख्ने विद्वान ले सुद्र जातिलाई स्कुल नै जुठो हुन्छ भनी बिमुख गराएको मा ति विद्वान हरुले गरेको शोषण प्रति घृणा लाग्छ |

हामी नेपाल मा हुँदा मानसिक रोग बारे मा कित बहुला नै भन्थ्यो या अलिकती खुस्केको छ ले बिभुसित गर्थ्यौ , अहिले आएर फलानो ठाउको नेपालीले आत्महत्या गरेछ भनी सुनिन आएका छ : यो हिसाबले तपाईं हामीलाई पनि डीप्रेसन ले छुएको हुन सक्छ | यि तिनै डीप्रेसनमा परेकाको आत्म कथा लाई पङती बद्द गर्ने जमर्को गर्दैछु |

यी पीडित मित्र , घरमा कुरा गरौ एउटै कुरा दोहोरिदा बिग्रेको सिडि जस्तो हुन्छ नगरुम छाती भरिएर डाँकार झै आउने अबस्थामा पुगी सके |मैले राम्ररी सुनिदिए अनी बिच बिच मा सोध्दै पनि गरेर आफ्नो चाख जताइ रहे, तिनले ख्वाएको पकवान स्वाद मानि खाएको पैचो तिर्नु पर्यो नि हैन र ? नचिनेका बिस्ट चै होईनन , थर गोत्रका अनुसार नास संग मिल्छ, को अध्योपान्त थाहा छ भन्नु गल्ती हुदो रहेछ किन्की जे जती सुने तेस्मा जटिल कुराहरु चै उनका दाइले दिएको मुलमन्त्र "घरका कुरा घरैमा राक्ने " अनुसार धेरै नै जानकारी रहेनछन् |
क्रमस:
 
Posted on 03-21-22 6:02 PM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो लेख र गहन लेख , राम्रो लेखन पढ्दा पढ्दै बिटनै नमारी क्रमस लेखेर छोर्दिने बानि सारै नराम्रो, पाठकको नजर बाट
 
Posted on 03-22-22 7:29 AM     [Snapshot: 127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न सिकाइ दिनुहोस , कहा कहा बिट मार्नु पर्थ्यो ? बिना कारण तारिफ गराईलाइ नाकारात्मक हिसाबले हेरिन्छ होइन् ?
तेसो भए लेखि सके पछि EDIT /बिट मार्न कसै संग सहायोग माग्छु | कोही हुनुहुन्छ सहयोग गर्न तयार?
बोलाचाली भाषा मै लेखिन्छ , यस्तो हुनुपर्थ्यो |

कोहि सहयोग गर्न तयार हुनुहुन्छ ?
सहयोग गर्न कोहि तयार हुनुहुन्छ?
 
Posted on 03-25-22 2:34 PM     [Snapshot: 414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिन्ले अङ्समा उल्लेखित सम्पत्ती आफ्नो नाममा नभै सकेकोले नमसारी गरिदेउ भन्दा दिने दाईले असाईलम वा छोराछोरिले नागरिकता पाए पछी हरियो पत्ता पाए पछी आँफै नेपाल गएर नाम सारी गरिदिने कुरा मुर्दा कुराइ हुने , अधिक्रित वेरसनामा पनि नगरिदिने अनी अङ्स्बन्दा गरेको कागजात पनि घरको सेफमा राख्ने ठुलोभाइ र आमाले हराए रे अनी कोविडले एउटा दाई परलोक भई सके पछी यिनले मावली बाजेको बिडो थामे | उनि नामुद झगडीया बाट चिनिन्थे भने उन्को सैदान्तिक बिचार " आफ्नो सम्पत्तिमा अरुले हक र दाबी गर्ने आए पछी पाखुरा सुर्किने, लाठ्ठी भाला देखी बन्दुक तेर्स्याउन हुँदैन कानुनको शरणमा जानु पर्छ" थियो |
यिनी अमेरिका छिरेको ३ महिनामा पिताजिलाई क्यान्सर भई अर्को ४-५ महिनामा बितेका थिए र नेपालमा हुने दाजुभाइ र आमा बसी अन्स्बन्डा गरेको भने र विश्वाश गरेर बसेका थिए |नाम सारी चै नगरि लामो समय बस्नु मा लिने र दिने दुबै पक्षको कम्जोरी देखिन्छ| भनाइ र् गराइ दुई ध्रुबिय कुरा हुन | सबैले तैले पाउछन , न भए मेरो घर बेचे पछी दिन्छु , कान्छो भाई पनि उन्ले दिएनन भनी मेरो बाट दिन्छु लाई विश्वाश गर्ने हो भने जस्को भाग बाट पाउने उसैलाई विश्वाश किन नगरने र हरियो पत्ता पाउन्जेल किन न पर्खिने होईन र ?
बाघको अनुहार हेर्न मनलागे बिरालाको अनी सत्रुको अनुहार हेर्न मन लागे दाजु भाईको हेर्नु भन्ने उखान चरितार्थ हुन पुग्यो | मुद्दाको को पहिलो पेसिमा प्रतिबादि मद्देका २ दाई हरु बेपत्ता र आमा लागायत भाई हरुले यिन्का बाउले ४ बर्स्को हुँदा अन्शबन्डा को कागज रहेछ जुन बेला यि दुई भाई जन्मिएकै थिएनन, लाई अघी सारी अन्स लीइ सकेको भन्ने उनीहरुको जिकिर थियो | मुद्दा हाल्नु अघी सबैलाई टेक्स्ट बाट जानकारी गराएका थिए भने आमालाई अङ्सबन्डाको कागज नभएको हुनाले अङ्स् पाउन बाँकी छ भन्न् को लागि कानुनी आधार बनाउन लाई मुद्दा हाल्दा सबैलाई हाल्नु पर्ने भएको ले आमालाई पनि हाल्नु पर्‍यो भनी भनेका थिए रे |

यिन्का पुज्य पिताजी पछी ठुलो भाईले बाउको बागडोर सम्हाले| काकालाई अगाडि राखी यिनी सँग बाटो मागी पल्लो गाउ सम्म पुग्ने र हाम्रा जाग्गाको भाउ पनि बड्ने ठानी बाउले नै दिएको जग्गा सम्झेर १० फिट बाटो दिए | यिनका ठुलो भाइले भने आफ्नो नाममा भएको दाँया बाँया सम्मको मुख सम्म मात्र बाटो पुर्याइ बेचेर सहरमा गर बनाए | भिनाजुले धान चामल ब्यापार गर्ने भएर सबै जग्गा लीलामी बाट गुमे पछी दिदिले कमाइ खानु भने पछी मात्र थाहा पाईयो यिन्ले आम्दानी चै खाए तर सात सात बर्षको मालपोत चै तिरेको रहेनछ | आमा र भाई लाई सोद्दा सबै गर्ने उहि हो खै मलाई थाहा भने भनि चोखिएका को जबाफ थिए रे?
शहरको घडेरी बेच्न लागेको सुने पछि कान्छो भाईसँग कुरा गरे पछि यिन्लाई डेप्रेसइोन को थप गोली थप्नु पर्ने बनायो रे| उन्का कान्छा भाईले बडो चातुकारीता साथ त्यो आमाको नामको जग्गा जे गर्नु हुन्छ, मलाई केही मतलब छैन भनेको सुने | भन्न् मन लागेको कुरा भन्न् सकिन भन्छन |
मुद्दा कहाँ सम्म पुग्यो, तिमीले पनि अङ्स त पाउनु पर्छ भन्थ्योउ को जबाफ पनि चाटुकारीताले जडेको थियो | दाइले नदिए पनि मैले दिन्छु भनेको थिए सबै भन्दा ठुलो दाइले पनि शहरको घर बेच्न लागेको छु दिन्छु भनेको तैले विश्वाश गरिनस भने |अब मुद्दा नै गरिसके पछि कानुनले जे किनारा लगाउछ तै मान्नु पर्छ | उन्ले यती चै भन्न् पुगेछन : भाई तिमीले भनेको होइंन बुहारीले खेतिको आम्दानी खोजी अनी तिमीले मेरि आमालाई मार्छेस् भनेको बिर्सियौ ? आमा लागायत तिमी हरु कसैको पनि विश्वाश गर्दिन यो २ - ४ हजारको कुरा होईन जस्ता कुरा होईनन मा दुबै तर्फ ठुला आवाजमा कुरा भयो रे | आमाले दिनु पर्ने कुरा दिनु पर्छ भन्न् सकिनन, यत्रो बर्ष आमा छोरा को नातामा बडे हुर्के को सानोमा टुहुरो भन्दा रिस उठ्थ्यो अहिले आएर बल्ल टुहुरो भनेको टुहुरै हुदो रहेछ भन्छन | मुद्दा मामिला अघी जन्मदात्री आमाको बारे सम्झना पनि आउँदैन थियो भने अब चै धेरै कुरा खेल्न थालेका छन रे ? "सानीआमालाई आमाकै ठाममा राखे पनि मेरी आमा - आमा बनेर देखाउन सकिनन किन्की म सालनाल जोडीएर जन्मिएको छोरा होइनन यो त सिर्फ जोडीएको भनौ वा उनिएको सम्बन्ध मात्रै रहेछ" भन्छ्न |
उनलाई भन्न् मन लागेको कुरा चै ठुलो भाईले सडक छेउ घर बनाइ सक्यो पछाडिको बेचे पछि आमाले मलाइ एक कौडीपनी दिन्नन, म तिन्को गर्व नौ महिना र सालनाल जोडीएर जन्मिएको छोरो होईन , तैले नपाए के मैले पाउछु र? तर भन्न् सकेनन रे ?
अहिले सुन्छु बाउ आमा बेग्ला बेग्लै चुला छुट्याएर पनि बसेका थिएर रे ? आमाले क्यान्सर भए पछी अबचै नबाच्ने भएको यकिन भए पछि शहरको घर जग्गा आफ्नो नाममा गराउन सधै कलह हुन्थ्यो रे? बाउलाई दिने न बिचार भए महिनौ कलह सुनेर मर्दैन थिए | खुट्टी चल्न नसक्ने हाड छाला मात्र् भएका बाउलाई रिक्सामा कोचेर लगे अनी आमाको नाममा बकस पत्र लिई पास भए पछी मात्र कलह हटेको थियो सुने पछी शान्ती सँग मर्न दिएनछन भनी अर्को दु:ख मनाउको कारण थपिएको छ भने र लामो स्वास संगै लामै चुपचाप मा बसयौ |
हाम्रो अवस्था पनि तेस्तैनै छ | ठुलोदाइले आमालाई फकाई फुल्याई गरि सहरको घर जाग्गा लिए भने खेतीको जग्गा पनि मलाइ चै कमसल पारेका छन् भन्ने सुने पछि अन्सबनडा भनेको घर घरका कहानी यस्तै हुदो रहेछ भनेकी के भने उनी जानुन |
समाप्त

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters