Java
Replies to this thread:
More by Java
What people are reading
Subscribers
Please log in to subscribe to Java's postings.
:: Subscribe
|
Bhim Birag and reasons behind to be Bairagee !
|
[VIEWED 11416
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Java
Please log in to subscribe to Java's postings.
Posted on 04-26-09 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Guys, whoever love modern Nepali music should read this article!
by रमण घिमिरे
|
 | केहुनुपर्ने मान्छे, के भएँ ?" उनी कहिलेकाहीँ यो ७४ वर्षे उमेरको शिखरमा उभिएर आफ्नो जीवनको समीक्षा गर्छन् । अनि, आश्चर्य लाग्छ आफैँलाई । तर, नियतिको निर्णयका अघि मान्छे जाबोको इच्छाले मात्र कहाँ हुँदोरहेछ र ? गीतकार, गायक, संगीतकार भीम विराग आफ्नो अतीतको लामो यात्रालाई बराबर फर्केर स् मरण गर्छन् । त्यस दिन, त्यो घटना नभएको भए सायद उनी राष्ट्रकै चर्चित खेलाडी हुनेथिए । वीरगन्जमा उनी नामी खेलाडी थिए । लेफ्टआउट भनेपछि छेउछाउका मात्र होइन, टाढाटाढाका खेलाडीहरू पनि उनीसँग सतर्क हुन्थे । उनको खुट्टामा भकुन्डो आएपछि पोस् टमा नपुगी त्यसले अलमलिन पाउँदैनथ्यो । उनीसँग पहिला त भकुन्डो किन्ने हैसियत थिएन । उनी भोगटेलाई थिचथाच पारेर भकुन्डो बनाएर खेल्थे । पछि खेल्दै जाँदा उनी वीरगन्जभरमिै कहलिएका खेलाडी हुनपुगे । अब उनलाई भकुन्डोको चिन्ता होइन, खालि भकुन्डोलाई कसरी प्रतिद्वन्द्वीका पोस् टमा छिराउने भन्ने ध्याउन्न मात्र हुन्थ्यो । यसमा उनी प्रायः कहिल्यै चुक्दैनथे । त्यसैले उनको खुट्टामा भकुन्डो परेपछि फलाम चुम्बकमा लुटपुटिएजस् तो हुन्थ्यो । त्यस दिन पनि यस् तै भयो । घटना आज पनि उनको सम्झनामा आलै छ । उनले खेल सुरु भएको १० मिनेटमै गोल गरे । त्यसपछि विपक्षी दलमा खैलाबैला मच्चियो । उनीहरूले एकै ठाउँमा झुरुप्प भएर एकछिन केके कानेखुसी गरे । फेर िखेल सुरु भयो र उनका खुट्टामा फेर िपनि भकुन्डो पर्यो । उनी तीव्र गतिमा भकुन्डो लिएर हुइँकिए । तर, यसपालि भकुन्डो गोलपोस् टसम्म पुग्न सकेन । पछाडिबाट दुई-तीन जना विरोधीले घेरेर अचानक गरेको आक्रमणका कारण १० बल्ड्याङ् खाएर उनी ढले । उनको त्यही शक्तिशाली देब्रे खुट्टो र देब्रे हात १०/१२ ठाउँमै भाँचिए । "त्यसबेला कुनै उपचारविधि थिएन, एउटा स् थानीय कम्पान्डरको उपचारबाट केेही हुन सकेन ।" त्यो पनि मानिसका लागि गरनिे उपचार थिएन । घोडाको उपचारमा गरनिे मालिसको मल्हमले मानिसको हाडजोर्नीको उपचार कसरी सम्भव हुन्थ्यो ? त्यसयता आजसम्मका झन्डै छ दशक आयु उनी अपांग जीवन बिताइरहेछन् । त्यति भएर पनि उनलाई आफ्नो अवस् थाप्रति कुनै लघुताभास छैन । "जीवनप्रति मलाई कुनै गुनासो छैन," भीम विराग भन्छन्, "मभन्दा हट्टाकट्टा साथीहरू सबै गइसके तर म अपांग भएर पनि बाँची त रहेछु नि !" यो उनी आफैँलाई फुल्याउने एउटा अभिव्यक्ति मात्र हो । नत्र किन भन्थे र, "मलाई जन्मदेखि नै धोका हुँदै आएको छ ।" उनको जन्मको धोकाको अर्को मार्मिक कथा छ । ज्यापू महिलासँग विवाह गरेकाले बाबुलाई जात, थरसहित परविारबाटै हटक गरयिो । अनि, आफूलाई कहिले महाजन, कहिले महर्जन र कहिले श्रेष्ठ थरहरू गुथाउँदै 'विराग'को नयाँ थरमा रूपान्तरति हुन पुगे । नियतिले धोका दिएर उनलाई अपांग बनाएपछि उनी कतै हिँडडुल गर्न नसक्ने भएर कुँजिए । र, यसको फाइदा उठाएर अरूहरूले आफ्नो नाम चलाउन खोजे । उन्ालाई जीवन र अवस् थाप्रति कुनै गुनासो नभए पनि यस अवस् थाले भने उनलाई प्रशस् त गुनासो गर्ने ठाउँ बनाइरह्यो । उनको यस दुर्बलता र कमजोरीको फाइदा उठाउँदै हिँड्नेहरू पनि निस् िकए । तर, उनी तिनीविरुद्ध केही गर्न नसकी टुलुटुलु हेरेर बाँच्न बाध्य भए । यसले उनको मन भतभती पोल्छ । घृणा र आक्रोशले जीउ जिरंिग हुन्छ । "मलाई मेरो सारै नजिककाहरूले धोका दिए," उनी प्रसंगको भारी फुकाउँछन् । नारायणगोपालले गीतियात्रा नामक एल्बमका लागि गीत मागेका थिए । उनले आफँैले रचेका र धुन भरेका दुई-तीनवटा गीतहरू छाने । तर, यही बेला उनी मोटरबाइक दुर्घटनामा परे र त्यही देब्रे खुट्टा फेर िभाँचियो । उनी झन् अशक्त भए । उनले नारायणगोपाललाई यही जानकारी गराए । नारायणगोपालले विरागको बाध्यता बुझेर विरागकै चेला मधु क्षेत्रीलाई लय सिकाएर पठाइदिन आग्रह गरे । वास् तवमा मधुले विरागका सबै गीतहरू लयसहित कण्ठ पारेका थिए । उनी वीरगन्जतिर हुने कार्यक्रममा विरागकै गीतहरू गाएर प्रसिद्ध भएका थिए । र, नारायणगोपाललाई पठाउने भनेका दुईवटा गीत, 'झरेको पातझैँ भयो' र 'कसरी म भुलेँ, केमा म भुलेँ'का लय पनि मधु क्षेत्रीलाई कण्ठ भएकाले उनैमार्फत नारायणगोपाललाई सिकाउन भनेर अथ्र्याएर पठाए ।
तर, गीतियात्रा प्रकाशित हुँदा 'कसरी म भुलेँ' भन्ने गीतको संगीतकारमा उनको ठाउँमा मधु क्षेत्रीको नामको पो छापिएको देखे । उनले किन यसो गरेको भनेर मधुलाई सोद्धा "आफैँले आएर सिकाउनु पथ्र्यो नि, मैले सिकाएपछि त मेरै त हुन्छ नि !" भन्ने ठाडो जवाफ लगाए । अनि, उनले मधुलाई जीवनमै पहिलोपल्ट श्राप दिए, "तिमीजस् तो धोकेबाज कहिल्यै सफल कलाकार हुन सक्तैनौ ।" वास् तवमा विराग शारीरकि रूपमा मात्र अपांग थिए । यस् ता कैयौँ मानसिक अपांगहरूले उनको कमजोरीको फाइदा उठाइरहे । यस् ता प्रसंगहरूमा भने उनलाई साँच्चि नै वैराग लागेर आउँछ । अनि, उनी बेलाबेला सोच्छन्, म किन बाँचिरहेको होला ! उनका प्रायः सबै समवयीहरू बितिसके । उनले जीवनमा नबुझेका धेरै रहस् यहरूमध्ये यो प्रमुख रहस् य हो । जीवनमा घटेका यस् ता विषाक्त अनगिन्ती सम्झनाहरूका माझमा उनीसँग केही सुखद र सम्झँदा आनन्द लाग्ने क्षणहरू पनि छन् । बुबा संगीतका सारै सोखी थिए । वीरगन्जको माइस् थान मन्दिरमा हरेक साँझ उनीहरूको सांगीतिक 'महफिल' जम्थ्यो । भजन गायन सकिएपछि बाजागाजा थन्क्याउने जिम्मा उनीहरूकै हुने गथ्र्यो । त्यसपछि उनीहरू अग्रजहरूको सिको गर्दै केही समय तबला र हार्मोनियमहरूसँग खेल्थे । यसरी थाहै नपाई उनी संगीतमा लग्गू हुन थालेछन् । ती क्षणहरूतिर फर्किंदा उनलाई रमाइलो लाग्छ । बिहानको कलिलो घामले आङमा स् पर्श गरेको आभास हुन्छ । अलिक पछि जब उनी संगीतमा समर्पित भएरै लागे अनि संगतले सुरापानतिर पनि लागे । कुनैबेला संगीतको सारेगम सिकेको त्यही माइस् थान मन्दिरमा उनीहरू बसेर रक्सी खान्थे र गानाबजाना गर्थे । कहिले फेर िसुरापानकै लागि एकान्त खोज्दै मसानघाट पुग्थे र बाँसुरीमा लय फुक्दै पिउँथे । एकदिन नारायणगोपालले उनलाई भने, "विरागजी ! एउटा रक्सीको गीत लेखिदिनोस् न !" स् वाभाविक थियो, नारायणगोपाल पनि रक्सीका सोखी थिए र यसको स् वाद र महत्त्व बुझेका थिए । अनि, यिनै ठाउँको कल्पना गर्दै उनले एउटा जीवन्त गीत लेखे, 'मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ ।' पहिला रहरले पिएका थिए, पछि लत बस् यो अनि छाड्नै नसक्ने भएर बाध्यताले पिउन थाले । अब कहिल्यै पिउँदिन भनेर कसम खाएर पनि पिइरहे । उनले यिनै घटनाहरूलाई मनमा राखेर गीतको उठान गरे, 'रहरै रहरमा पिएँ, विवश भएर पिएँ, ...पिउँदिन पिउँदिन भन्दै पिएँ ।' उसो त भीम विरागले लेखेका सबै गीतहरूमा उनकै भोगाइ अभिव्यक्त भएको हुन्छ । 'पूजाको फूलजस् तै दिनदिन मरेर हेर, ढुंगाको मूर्तिजस् तै दोबाटो बाँचिहेर' भीम विरागले स् वीकार नगरे पनि नारायणगोपालले गाएको यस गीतमा उनले आफ्नो जीवनको कटु भोगाइ लेखेका छन् । उनलाई लाग्दो पनि हो, सायद उनी पूजाको फूलजस् तै दिनदिन मररिहेछन्, ढुंगाको मूर्तिजस् तै दोबाटो बाँचिरहेछन् । त्यसैले त उनको स् वीकारोक्ति छ, "यदि मेरा गोडा चल्नसक्ने भए कहाँकहाँ पुग्ने थिएँ, कति मानिसलाई भेट्ने थिएँ ।" र, उनी मधु क्षेत्रीहरूको धोकाबाजीमा पनि पर्ने थिएनन् । तर, यो मात्र अन्तिम सत्य होइन । किनभने, उनी अपांग भएर कुञ्जिए पनि उनी पुग्न नसक्ने ठाउँमा आज उनका संगीतहरू पुगेका छन् । सायद उनले भेटेर जित्न नसक्ने मनहरूलाई आज उनका गीतले जितेका छन् । उनका गीतहरू मन्दिरमा गाइने भजनजस् तै मानिसका आराधना भएका छन् । उनी साधनाले सबै अंग स् वस् थ हुनेहरूभन्दा कैयौँ गुणा सबलांग छन्, सबल छन् र शक्तिशाली छन् । उनी वैराग्यका होइनन्, सिर्जनाका भीम हुन् । उनलाई शरीरले सोझो भएर हिँड्न दिँदैन । त्यसैले उनले वर्षौंदेखि पूरा आकाश हेर्न पाएका छैनन् । लामो बाटो हिँड्नै सक्तैनन्, थाकिहाल्छन् । तर, सिर्जनामा उनी आजसम्म कहिल्यै थाकेनन् । सुनेर कहिल्यै नथाक्ने गीत लेख्छन् उनी । लामो यात्रामा हिँडेको कुनै पनि यात्रीलाई उनका गीतहरूले बाटो काट्न ऊर्जा दिन्छन् । उदासी, एकान्त या विरक्तिको अर्थ दिन्छन् । सायद उनलाई पनि यो जीवनको दियोमा हरेक क्षण तेल थपिरहने र बाती सल्काइरहने साधन यिनै गीत र संगीत नै हुन् । त्यसैले उनका पाइलाहरूले थोरै बाटो हिँडे होलान् र उनका आँखाले एक पाटो आकाश मात्र देखे होलान् । तर, उनका गीतले सारा धर्ती हिँडेका छन् र संगीतले सम्पूर्ण आकाश ढाकेका छन् ।
--http://www.kantipuronline.com/Nepal/article.php?&aid=5
Last edited: 26-Apr-09 05:05 PM
Last edited: 26-Apr-09 05:17 PM
Last edited: 26-Apr-09 05:18 PM
|
| |
|
|
|
|
Tmobile
Please log in to subscribe to Tmobile's postings.
Posted on 04-26-09 7:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Funny when Nepalis talk about Epstein and injustice |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|