[Show all top banners]

sumiit

More by sumiit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "मलाई माफ गरिदिनुस्" - दीपक विष्ट
[VIEWED 5589 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मलाई माफ गरिदिनुस्’

अजय हमाल

काठमाडौं, भदौ १० - बेइजिङबाट पहिलो ओलम्पिक पदक ल्याउने अपेक्षा गरिएका तेक्वान्दो खेलाडी दीपक विष्टले नेपाली खेलप्रेमीको चाहना पूरा गर्न नसकेकामा मंगलबार 'माफी' मागेका छन् ।

'मैले नेपाली खेलप्रेमीको आशा पूरा गर्न सकिन“,' सोमबार राति स्वदेश फर्केका दीपकले कान्तिपुरसित भने- 'यसका लागि म माफी चाहन्छु । विगतमा मेरो राम्रो पर््रदर्शन र सफलतालाई सम्झेर माफ गरिदिनुहन्छ भन्ने विश्वास लिएको छु ।'

ओलम्पिक इतिहासमा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । ओलम्पिकमा छनोट चरण पार गरेका दीपकबाट पदकको आशा गरिएको थियो । चार वर्षघि तेक्वान्दोकै संगीना वैद्य पनि छनोट चरण पार गरेर ओलम्पिक पुगेकी थिइन् ।

बेइजिङको असफलताले दीपकलाई निराश भने बनाएको छैन । २-३ महिनामै प्रशिक्षणमा जुट्ने दीपकले अगाडिका दिनमा झनै उत्कृष्ट गरेर देखाउने अठोट गरेका छन् । 'ओलम्पिकको असफलताले मलाई दुःखी मात्र बनाएको छ,' ३२ वषर्ीय खेलाडीले भने- 'तर म निराश भने

छैन । आगामी दिनमा अझ उत्कृष्ट गरेर देखाउने छु । अब म आगामी दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राखेर प्रशिक्षण गर्ने छु ।'

ओलम्पिकको पहिलो चरणको प्रतिस्पर्धामा इरानी खेलाडी सेइ हादीविरुद्ध केही गल्ती गरेको दीपक स्वीकार्छन् । 'हादीस“ग आक्रामक खेल्नु मेरो गल्ती थियो,' पहिलो चरणको स्पर्धा सम्भ“mदै उनले भने-'रक्षात्मक खेलेको भए राम्रो हुने थियो । आक्रामक खेल्दा मेरो गोडामा समेत समस्या आयो ।'

लामो अन्तर्रर्ााट्रय अनुभव बटुलेका दीपकले गोडाकै समस्याका कारण कांस्यका लागि भएको खेलमा पनि राम्रो गर्न नसकेको बताए ।

'दुवै खेलमा मैले सक्दो प्रयास गरेको हु“ । हामीले हादी विश्व नम्बर-एक र अर्का खेलाडी चीनको भएको बिर्सनु हु“दैन ।' वेल्टर-वेटमा खेलेका १६ खेलाडीमध्ये दीपक सातौं स्थानमा रहे ।

दीपकले बेइजिङ ओलम्पिकका लागि दक्षिण कोरियामा चार महिनाको प्रशिक्षणसमेत गरेका थिए । तयारीका हिसाबले आफू ओलम्पिकमा प्रतिस्पर्धा गर्न सक्षम रहेको उनले बताए । 'कम तयारीले भिड्ने हिम्मत गर्न गाह्रो छ,' उनले भने- 'त्यहा“ सबै राम्रो तयारीले गएका हुन्छन् । तयारी कम भएको भए म सातौं स्थानमा आउने थिइन“ ।'

ओलम्पिक पदक खेलाडीको प्रयासले मात्र नआउने उनको तर्क छ । यसका लागि खेलकुदमा सरकारको ठूलो सक्रियता महसुस गर्छन् उनी । ओलम्पिक पदक ल्याउन खेलाडीको प्रयासले मात्र सम्भव हु“दैन,' उनले भने- 'यसका लागि खेलकुदमा राम्रो व्यवस्थापनको आवश्यकता पर्छ । सरकारले पदक ल्याउने नीतिअनुरूपको कार्यक्रम अघि सानर्ुर्ुर् ।'

चीनमा १६ दिनसम्म सञ्चालन भएको विश्व खेल मेलामा दीपकसहित नेपाली आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भारोत्तोलनका कमलबहादुर अधिकारीले राष्ट्रिय कर्ीर्तिमान भंग गरेर व्यक्तिगत पर््रदर्शनमा सुधार

गरे । अन्य खेलाडीको पर््रदर्शन बिर्सनलायक रह्यो ।

एथलेटिक्सबाट अजर्ुर्ुहादुर बस्नेत र चन्द्रकला थापा, पौडीबाट प्रसिद्धजंग शाह र करिस्मा कार्की, जुडोबाट देवु थापा र सुटिङमा फूलमाया क्याप्छाकीले प्रतिस्पर्धा गरेका थिए ।

Source: http://www.ekantipur.com/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters