[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 MESSAGE FROM RABINDRA !
[VIEWED 5252 TIMES]
SAVE! for ease of future access.
Posted on 04-03-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र प्रचण्ड जी
धन्यवाद राजधानीवासीलाई केही दिनको राहात दिनु भएकोमा । तर सातदलले त तपाईलाई राजधानीमा मात्र युद्ध विराम गर भनेर भनेको त हामीले सुनेका थिएनौ । यो किस्तावन्दी युद्ध विरामलाई कसरी वुझ्ने नागरिक समाजले खै ?
अव यो व्यक्तव्य पछि निकै सवाल जवाफ उठेका छन कसो साथीहरु ?
१ काठमामाडौमा कतै वर्तमान सरकारको रवैयाका कारण त्रसित मानसिकताको उपज मात्र त होइन यो ?
२. माओवादीका हिंसा हत्या रआंतकका कारण राजधानी वाहेकका माओवादी कै शव्दमा ८० प्रतिशत क्षेत्रमा आंतक फैलिएको छ । युद्ध विराम त्यहा हुनु पर्ने हो की होइन ?
३. तपाई व्यक्तव्यमा निरकुश सामान्तीतन्त्रका विरुद्धको अन्तिम र निर्ण्ाायक र्सधष भन्नु भएको छ त्यसको कुनै आधार प्रप्ट छैन । तपाईहरुको खाली गिलासलाई आधा देख्ने कथित आशावादी आत्मरक्षावादी र संझौतावादी चिन्तनको उपजमा रहेका सिद्धान्तले यदी यो तपाईको अन्तिम भनिरहनु भएको आन्दोलन दमनमा या संझौतामा तुहीने पक्का पक्की छ । त्यस पछि तपाईको आफ्ना कार्यकर्ता र तपाईले भन्ने गरेका ताकपरे तिवारी नत्र गोतामेका नागरिक समाजलाई के भन्नुहुन्छ ।
४. तपाई पत्रमा भन्नु भएको मण्डले ति तिनै कमल थापालाई भएको हामीले महशुष गरेका छौ । तिनै कमल थापा र कमल थापा मार्कासग तपाई र तपाईका नेताले हापुरेमा खाइपिइ उठवस गरेको प्रमाण तपाईले भन्ने गरेका नागरिक समाजसग प्रमाण यद्यपी हुनु पर्दछ । कमल थापा सग डा. वावुरामले कानेखुशी गरेका तस्विर पनि हामीसग प्रमाण हुदा हुदै मण्डलेको उपमामा दिनु भएको छ । हामी स्वतन्त्र नागरिकले कसरी वुझ्ने ? मण्डलेले तपाईलाई आंतकारी भन्छ आंतककारीले मण्डले भन्दछ । वास्तवमा दुवै खराव हुन भन्ने कुराको यथेष्ट प्रमाण जनतालाई पुग्दैन र ?
५. अर्कोकुरा शान्ति जोडिएको लोकतान्त्रिक आन्दोलनमा तपाईहरुको हिंसा हत्या रआंतकको कुनै जरुरत पर्दैन । सातदलहरुले भनि सकेका छन र यति सम्मकी माओवादीहरुको हिंसा हत्या रआंतकको सहकार्य उनीहरुलाई स्विकार्य हुदैन । त्यति मात्र होइन तपाई र तपाईका कथित कार्यकर्ताहरुले सातदलसग १२ वुदे संझौताको पुनमूलयांकन गरेको हप्ता दिन वित्न नपाउदै परिक्षा दिइरहेको परिक्षाकेन्द्रमा अत्यन्तै अमानवीय तवरवाट वम विष्फोटन गर्राई थप आंतककारीताको परिचयन दिनु भएको छ ।
५. अर्कोकुरा तपाईको व्यक्तव्य तपाईहरुमा यो स्प्रष्ट छ की शान्तिपुण आन्दोलनको विकल्प छैन भन्ने कुरा महशुष गरिसक्नु भएको छ जुन तपाईको व्यक्तव्यको अन्तिम वांकशले प्रष्टाउदछ । कि होइन ? नत्र तपाईको युद्ध विरामको औचित्य के ? तपाईले काठमाडौमा युद्ध विराम नगरेको भए सायद यो आन्दोलन चर्कने पक्का पक्की थियो । तपाईका जति सुकै गुलियो भाषामा व्यक्तव्य निकाले पनि आखिर यो राजा ज्ञानेन्द्राकै वचावटको लागि गरिएको प्रपञ्च होइन भनेर कसरी विश्वास गर्ने ल भन्नुस त !!
आदरणीय पाठकहरु यो कुरालाई मनन गर्नुहोस त । जनता माओवादी र सातदलको सयुक्त हुरिले राजतन्त्र फाल्ने अन्तिम तयारीमा लागेको वेलामा माओवादीले एकाएक अनायसमा युद्ध विराम त्यो पनि किस्तावन्दी गरेर अन्ततोगोत्ता राजा ज्ञानेन्द्रको पृष्ठ पोषक भएको कुरालाई हामी सवैले वुझ्न जरुरी छ ।
तर्सथ प्रचण्डजी , आज तपाईको किस्तावन्दी युद्ध विराम मात्र र्सार्वजनिक हुदा पनि हामी निकै हौसिएका छौ । जनता तपाईको यो किस्तावन्दी प्रति कृत्यज्ञ छन तपाई सातदलले भने वमोजिम पुरै देशमा सदाका लागि युद्ध विराम गरेर राजनैतिक मुलधारमा र्फकनु भयो भने जनता प्रफुल्ल हुने छन ।

तपाईका मित्र रविन्द्र
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters