[Show all top banners]

rid
Replies to this thread:

More by rid
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

stopthewar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के भुकम्प को भाविस्यवानी भएको हो?
[VIEWED 10920 TIMES]
SAVE! for ease of future access.
Posted on 04-27-15 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ विचार?

२०७२ सालको वार्षिक रासि यस बर्ष कीलक नाम संवत्सर परेकोछ ।बर्षामा खण्ड बृष्ठि देखिए पनी बर्षाको अवस्था राम्रो रहनेछ ।


बैदेशिक व्यापारमा बढोत्तरीत देखिन्छ राजस्वमा पनी बृद्धि हुने योगछ तर यो निर्यात मुखि नभएर आयातित आर्थिक बृद्धि कालान्तरमा राष्ट्रिय पुजी निकै कम्जोर हुनेछ ।

बर्षारम्भमा राजपदमा बक्र र मंगलबाट ग्रसित शनि र मन्त्रीपदमा मंगल स्वगृहि बलशालि भै परस्पर बैरीग्रह राज्य सन्चालनमा रहेकाले यस बर्षको अवस्था जटिल हुनेछ । सेवाभावको राजा शनि सैन्यभावको मन्त्री मंगल अग्नी तत्व र बायु तत्व ग्रहले राज्य सन्चालन गर्ने भएकोले अवस्था जटलि हुने आसंका देखिन्छ । याहाँ मुख्य बुझ्न पर्ने कुरा केछभने पहिलो बर्षाधिपति दोश्रो जग लग्न र तेश्रो देशको रासि इतिनैलाइ मिलाउदा २०७२ खासै राम्रो देखिन्न । सेवाभावमा उन्मुख राजा शनि र सैन्य भावमा उन्मुख मंगलको तालमेल पट्टकै मिल्ने अवस्था नभएकोले राजनिती जटिल बन्दैजानेछ । बर्ष लग्न र बर्षाधिपतीका साथै नेपाल देशलाइ लाइ विचार गर्दा मंगल तिनै क्षत्रबाट मंगल बलवान र शनि कम्जोर देखीएकोले राजनिती शक्ती हरु विचार र विकाशमा भन्दा आक्रमण र प्रत्याक्रमण तिर उदृत हुनेछन । सेवाग्रहि हरुमा शक्तीप्रतिको आकर्षण बढि रहने हुदा सेवक भन्दा शक्तिवाला हरुनै अघि बढनेछन ।

बायु तत्व शनि र अग्नी तत्व मंगल राज्यको मुख्य पदमा भएकोले राजनैतिक द्वोन्द नियन्त्रण बाहिर पुग्न सक्छ नियन्त्रण गर्ने बाहानामा सैन्य शक्ति प्रयोग हुने प्रवल सम्भावनाछ ।

नेपाल योवर्ष अत्यन्त दुखद स्थितीमा निर्णयाक अवस्थामा पुगेर दैविशक्तिको कृपाले जनाचाहाना अनुरुप सहज सरल र सुखद जाने वातावरण यसै बर्ष बन्नेछ । अज्ञात रोग सिर्जना हुन सक्छन ।

आँधि हुरी समुन्द्रि तोफान भुकप्प बाढि पहिरोले जन धनको विनास हुनसक्छ ।

शत्रु गृहि शनि भएकोले बायुमण्डलिय अवस्था प्रतिकूल हुने भएकोले विमान धेरै हुनेछन दुर्घटनामा राष्टिय र अन्तराष्ट्रिय रुपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावनाछ । धर्म र राष्ट्रियतालाइ गलत व्याख्य गरेर आफ्नु अभिलाशा पुरा गर्दै आएका निष्तेज हुने र सच्चा धर्म र राष्ट्रियता अंगाल्दै गर्दा समेत पिछढिएका हरु धर्म बल र जनबल्ले सकृय भै हुने दुइ शक्तिको टकरावमा देश सैनिकी करण तिर उम्मुख हुदा राष्टिय सम्पति विकाशमा भन्दा सूरक्षामा बढि खर्च हुनेछ । राष्ट्रिय अन्तराष्ट्रि रुपमा पछिपरेका शक्ति हरुले पुन राष्ट्रिय र अन्तराष्ट्रिय सहयोग प्राप्त गरी यषबर्ष पुनस्थापित हुने अवसर प्राप्त गर्नेछन ।


शुक्रको अवस्था वलियो भएकोले बैज्ञानिक कार्यमा तिब्र प्रगति हुने बैज्ञानिक कार्यको लागी अन्तराष्ट्रिय सहयोग प्रयाफ्त मिल्ने मातृशक्ति शक्तिकै रुपमा अग्रसर हुने ज्ञान र विज्ञानको सम्मन्वय गर्ने अवसर नेपाल वा भारतले पाउनेछ । कृषि क्षत्रको अवस्था सन्तोप्रद रहला ।

यस्तो अवस्था २०७२ बैशाख २२ देखि जगलग्न देखि चतुर्थ भावको राजा शनि र भाग्य भावमा बशेको मंगलको परस्पर दृष्ठि रहने ७२ आषाढ २ सम्म यो कायम रहने हुदा ज्येतिषीको दृष्ठिमा शनि मंगल परस्पर दृष्ठि अत्यन्तै प्रतिकूल हुने भएकोले राजनैतिक शक्ति विच चरम द्वोन्द हुनेर मूल राजनिती तरल हुने अराजक समुहहरु हाभि हुने तथा राष्ट्र अशफलता तिर उन्मुख हुदै गर्दा विदेशी चलखेल बढ्ने अवस्था सिर्जना होला । यषमा पनि बैशाख २२ ।। २३ । २४ ज्येष्ठ ४ । ५ । ६ गतेको अवस्था झन जटिल रहनेछ । यस्तै अवस्था भाद्र ३० गतेदेखि कार्तिक १८ सम्म त्यस्मापनि आश्विन २ । ३ । २२ । २३ । २९ । ३० पछि फाल्गुन ८ गतेदेखि शनि र मंगल बृश्चिक राशिमा समावेश हुने विशेष फाल्गुन १८ । १९ चैत्र १५ । १६ गतेका दिनहरु बढि प्रतिकूल हुनेछन र यस्ता दिनहरुमा दैविप्रकोप र राजनिती संकट आउन सक्छन जग लग्नमा गुरु चन्द्रमा बुध आफ्ना घरदेखि अष्टम भावमा रहेको र धनस्थानमा राहु बसेको हुदा देशमा आर्थिक कठिनाइ चरम हुनेछ । यसैलाइ वहाना बनाएर पश्चिमा शक्ति हरुको शसक्त उपस्थिति बढ्दै जानेछ । त्यो कुरा दक्षण तर्फ सह्य नहुदा उनिहरुपनि त्यस्को विरुद्धमा खुलेरै अघिबढने हुदा बाह्य शक्तिको घुषपैठमा राष्ट्रिय शक्तिहरु कम्जोर हुने सम्भावना बढ्नेछ ।


Last edited: 28-Apr-15 04:51 PM

 
Posted on 04-28-15 4:52 PM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो स्थितिमा आन्तरिक सेनाको अनुरोधमा दक्षण देशबाट सूक्ष्म तरिकाले सेना प्रबेश हुने सम्भावना बढनेछ । बाह्य विपरित धर्महरुले राष्ट्रिय धर्मलाइ निस्तेज गर्न्े गरिघुष पैठ हुदै गर्दा स्वधर्म बचाउको लागि समान धर्मालम्वी हरु ससक्त रुपले प्रतिकारमा उत्रने हुदा यो स्थितिमा धर्म बचाउको युद्ध हुन सक्छ । अन्ततः गत श्रावणमै धर्म युग आरम्भ भैसकेकोले सनातनिक शक्तिले विजय हाशिल गरि जनचाहना अनुरुप कार्य गरिदेशलाइ र प्रजातन्त्रलाइ अघिबढाउनेछन । यषबर्ष प्रतिकूल प्रभाव पर्ने देशहरुमा आषाढ २५ जापान समुन्द्रि आँधि र भुकम्पले सताउने र आर्थिक संकट बढने । पाकिस्थानमा राजनिती संकटको साथै दैविप्रकोपको संभावना भुटान भारत श्रीलंका दैविप्रकोपको बावजुद पनि उच्च प्रगति । अमेरिका अष्ट्रेलिया राजनितीक दैविप्रकोपको योग युरोपियन मुलुकमा आन्तरिक कलह सहित आर्थिक संकट यष बर्षको ग्रहस्थितिले धर्म धर्म विच र शक्ति शक्ति विचको द्वोन्द हुने र मानव विनास गराउने कृयाकलाव बढन सक्छ यष बर्ष शनि साती दशा हुने राशिहरुमा तुला बृश्चिक धनु छनभने अढैया शनिको प्रभाव मेष सिंह लाइ रहनेछ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters