[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI !

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 227178 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 09-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै ।
यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
 
Posted on 09-08-05 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-05 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-05 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice pix....I love fireworks!!
 
Posted on 09-08-05 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला नाच नेपोलियन, तिम्रो चौतारीमा।

चौतारीको वर पिपलु
कोल्टे प-यो छायाँ ... ... 2

टाढैबाट देखेँ मैले
नौलो लाग्यो माया ... ... 2

हेरि, म त भागेँ खोलापारि डाँडा चौपारी!

यता हेर कान्छी नानी म केइ भन्छु सुन
तिम्रा **लाई स्यालले लग्यो, स्यालको पुच्छरको तान!

हेरि, म त भागेँ खोलापारि डाँडा चौपारी!
हेरि, म त भागेँ खोलापारि डाँडा चौपारी!
***
नेपथ्यमा सुनाइएको है माथिको गित कसैले Personally नलिing. हिलो लाग्यो, भने आँफै धोइing।
***
arnico,
Hanabi को फोटु गज्जब छ बा!
***
हर्कुसित अझैपनि फोटु हुनुपर्छ। घोडिटारबाट फर्किँदाखेरिको।


 
Posted on 09-08-05 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेलामा त हलि खेताला टन्ने लाका रचन । थुप्रै गामका पो रचन गाठे ।
ए दादा के को
यता हेर कान्छी नानी म केइ भन्छु सुन
तिम्रा **लाई स्यालले लग्यो, स्यालको पुच्छरको तान!
बरु यसो भनन
यता हेर सानि नानी म केइ भन्छु सुन
तिम्रा पोइलाई स्यालले लग्यो, स्यालको पुच्छरको तान!
म त भागेँ खोलापारि डाँडा चतारिमा!
ए म्याउटिस नानि तिम्रो सकुल त आख्खाको रइच, कता हो, बेलायततिर जस्तो छ है । तिमि पनि मास्टर्नि पर्एउ , ल न मलाइ पनि अंग्रजिमा ए बि सि डि पढ्न सिकाइदेउ न ।
ल है गाम्ले हो मज्जा अरम यो चौतारिआं , दिन भरिको थकाइ मेटाम । म त आज ब्यान ३ बजे देखि राति ८ बजे सम्म गोरु जस्तै जोतिएको जोतिएइ छु ।

 
Posted on 09-08-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फूलमुतिलाई चईनी धेरै धेरै धन्नेबाद है, एउटै फुटाले हजार शब्द बोल्छ भन्थे, तपैंले त लाख बत्ती जो बाल्न लाको हो कि क्या हो? म
एउदम आभारी छु है । बरु तपैंकी एउ जाना सेती सेती संगिनीले त ह्या, के को करङ्ग चपाउनु भाकि हो, गाई-गोरुकै करङ्ग जस्तो पो
लाउथ्यो त मलाई । फेरि कस्तो चाडवाड मनाम्दा रैछन, पायँट लाएरै नुहाम्नी बाई । पढ्नी, पढाम्नी, बिद्दे दिनी र बिद्दे लिनि कामाँ लाउनु
भारैछ केरे, अग्घोरै जाति भओ ।

*************

ओहो, थानेदार साप फेरि हाम्रो आर्को मेलाँ पुनि आम्नु भएछ केरे। अब अपुरथोक त के भनम र, माईबाप हजुरले नै उरदी भाको बक्के
येही हो केरे,
- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=23369#160248 मा

"फूलमतिको कुरा यहाँ देखि झ्याप्पै बन्द होस है ताकि she doesn't have to come and read all the BS about her. Lets be decent enough
to respect her as someone's daughter, sister, friend and a girl. ....मलाई चित्त बुझेन क्यारम तनि? I am damn serous. "

यो BS को कुरामा नि हामी खेतालाहुर मद्दे सप्पै जाना कम्तिमा पुनि यति सम्मन चईनी सचेत छम कि हजुरकै मजकुर पहिले नै
पुईसकेको तह सम्ममा पुनि कोई पुग्या थेनम है । Lets be decent enough भनेर क्यार्न हप्काउनु भओ कुन्नि तर हजुरकै मजकुरले
उरदी हुनी गर्नु भाको भन्दा पुनि उपल्लै गह्रामा जो बसेका थेम केरे हामी सप्पै, हाम्ले आफूले सुनेको जति पुनि कहिलेई भनेका फर्काका
थेनम केरे, तेसैले तो उरदी भनी आफैलाई जो राख्नु हुन्छ कि, हजुरलाई जो बर्ता सुहाउला जस्तो छ । फेरि तेस्तो बिधी हिलाले खुट्टा
खान्छ भन्नी डर लाउछ भनी आफ्ना मुन्छेलाई रोक्नु, आफ्नो थैलीको मुख थुन्नु जाति हुन्छ भन्छन केरे, माईबाप । फेरि मजकुर पुनि
नकराम्दै हजुरका नीदले क्यार्न छोड्न परेका हुन कुन्नि?

तेसो भएर हामी त B भाका रैछम, अब हाम्रो S अरुहुरलाई नपरउस भनेर यताको नयाँ मेलाँ आको केरे । हजुर फेरि यतै पुनि आम्नु भेछ ।
B खोज्न हो कि S खोज्न आम्नु भओ कुन्नि? फेरि "लौ जसो सोच्नी हो त्यसै सोचम" भन्नु भाको रैछ केरे, हामीले त के सोच्थेम र?
फेरि हल्दार साप हुनको लागि, माईबाप हुनलाई आम्नु भाको हो भनि खेतालाहुरले मनग्गे रुचाका छैनन केरे, खेताला जो हुनी भा थानेदारको
लुगा फुकालेर जाञे लगाएर पसम केरे खेताँ खेतारो जो भएर । मिस्सिनी जो हो भनी स्वागतै छ केरे, तर खेतारो जो भएर आम्न पर्च, सबै
खेताराले खेती अरेकै छन एकै तालमा, एकै सुरमा, फुटा टाँसेका छन । तर, हिलो पुनि लाउछ, खोलाँ पानी किन बगो भनेर फेरि हामीसित
नसन्किनु होला केरे, पानीलाई थुन्न नसकेसि बउछ जो, परकिरतीले जो तेस्तो बनाको ।

हजुरलाई कस्तो लाएछ कुन्नि, तर यहाँ आम्नी मुन्छे धेरै जसो आफ्नो सुरच्छे आफै अर्न सौछन, खास BS भनेको के हो पुनि चिन्छन ।
क्यार्न कराओ भन्नु भाको होला, फेरि यो मेलामा पुनि पछ्याम्दै आम्नु भएछ र मत्रै म फतफताएको हो । नत्र त अघिल्लो मेलाँ त हजुरले नै उरदी
भाको जसरी जो माफी मागेर हिडेका थिएम केरे केई जातै नबोलिकन । सर्वप्रथम जो टोक्न जानी बानी हामी खेताराको छैन, आर्काले टोकी राखेसी
भनी लघार्न परे लघार्न परो केरे । तेसो भएर फेरि एउ बाजी सम्झम सबैले - यहाँ आम्नी मुन्छे धेरै जसो आफ्नो सुरच्छे आफै अर्न सौछन,
खास BS भनेको के हो पुनि चिन्छन । म अरु चईनी केई पुनि भन्दिन किन भनी मेरो पेसा खेतालो हो, स्वघोषित पुलिस हैन, मैले आर्कालाई
येसो अर र तेसो अर भनेर सिकाम्नी हैसियत राउदिन ।
 
Posted on 09-08-05 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


+++++++++++++++ ल अब चईनी यो चौपारीको शोभाको लागि
मेरो एउटा किस्सा: सचित्र कथा +++++++++++++++

 
Posted on 09-08-05 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जे होस, पुन्टे दाजीको छोरालाई आफ्ना बा ले खेत उजिन्डेमा दादालाई बेचेको थाहा पत्तै रईन्च केरे । अनि फेरि गिरई भन्दा त
उ त धेरै बलियो पुनि छ केरे । हुन त दादा र पुन्टे दाजीले साँध सिमाना पुनि तोकेका रैचन । यो चित्राँ देखाए जैं हो केरे
नया साँध र पुरानो साँध सर्पन । यता गैरा खोल्सा पट्टीको पुन्टे दाजीको खेत हो केरे, उता रुखहुर बनजंगल पट्टीको चईनी
दादाको खेत हो केरे, फुटामा देखाको जैं कारोबार भाको हो र दादाले पैलाको साँधबाट वर तिर आएर किला-झेंक्रा गाडेका हुन केरे ।
अनि भुन्टेले त आम्दा आम्दै गिरईले तेही ठाममा आली थुनि राको देखेछ, त्याँसी सास पुनि नफेरिकिन गिरईलाई भकुर्न थालेछ
केरे । नपत्याए हेर्नुस फुटोको ईन्सेटमा । तो हामी पट्टीको पुन्टे दाजिको छोरो भुन्टे, उता पट्टी धेरै कुटाई खानी चईनी दादाको
कान्छो भाई गिरई ।

 
Posted on 09-08-05 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफू त एउसरे मुन्छे केरे, सप्पै एक्लै भ्याम्न पर्नी । तेही भएर बेहा अर्न परो चाडै जो भनेको पुनि हो केरे । अब धन्न
एउ दुई सर्को भुसाहाका भराँ जो भउतेले फिरिमा उनैको मिलाँ अन्न पारिदिन्छन । भउतेकहाँ जान पायी नपरे पल्लाघरे
रैयाँ (ruina) फुपै लाई दिएसी पिस्नी जति त पिसिदिन्छिन । हाताँ बडेमानको रैयाँ (रैञा, रईंया, -- अक्सर चाँदीको, बुट्टा नभएको बालो,
कङ्गन) लाउनी केरे, तेही भएर सबैले रैयाँ रैयाँ भन्छन, मेरा त फुपै जो भईन केरे, तेसो भएर रैयाँ फुपै भनेको के । जे होस,
तो मेसो तेसरी जो भेईयो केरे ।

अब खेती लाम्नी कुरो भनी तेस्तै छ । खास्सै धेरै त छैन केरे खेतै पुनि, तेई पुनि बाँझो राख्न त भएन । अनि भउतेलाई र
नम्मेलाई दुख बिसाएँ। नम्मेले आफ्ना एउ हल गोरु दिए केरे, भउतेले फकाई वरि सिरानघरे हर्के दाजीलाई मनाए । त्याँसी हर्के
दाजीले सिया लाएर, त्याँसी खोक लाएर गह्रो ठिक्क पारिदिनु भओ। जाद्रै गुन मानेको छु हर्के दाजी हजुरको । अब अर्दा अर्दै
हिजो मेलो बाँझै रह्यो केरे । त्याँसी पुन्टे दाजीले ईतित्ति एउ डोको धानको बीउ पुनि दिनु भओ केरे।

अनि जमुनिलाई रोपिदेउन भनेर फकाको, "तिम्रा ती चारवटा सुर्का रोप्न पुनि के को टईम चाईयो र, म र मेउसीकानेले सल्लाहा
अरेर एउटी गयेर भलि रोपि दिम्ला । अब दुईटैले नभेउनी भा फूलमुतिलाई पठाईदिम्ला, तेसका केइ केइ कुरा मलाई थाहा छ के,
तेही भएर मैले भनेसि त जे पनि अर्चे, नत्र मैले कुरो खोल्दिम्ला भन्नी डर छ के तेसलाई । तर तेसले त रोप्नै जान्दिन र हो
के, सहराँ बसेकी केरे धेरै । जे भा नि नडराउ, बरु भलि दिउसो जो अर्नी (खाजा, tiffin) बनाएर ल्याम्नु मिट्ठो" भनेर भनी ।
तेसो भासि खेत रोपिनी काम पुनि झन्नै झन्नै भेईयो केरे ।

ती भए हिजोका कुरा । अनि आज अर्नि पुनि बनाएँ। सिरम्लाका चामल भुटेर खट्टे बनाएँ, ईत्ति घिउमा चिनीसित मुछिदें, अनि
तामाको अचार सित त खास्सा जो हुनी भओ केरे ।

त्याँसी अर्नी पुराम्न जाँदै थिएँ केरे, बाटाँ त दुईटा बालख हुर कुटाकुट अरि राका । को रैचन भनेर हेरेको त पुन्टे दाजीको छोरो
भुन्टे र दादा को भाई गिरई । भुन्टेले गिरईलाई भकुर्न सम्मन भकुरि राको छ केरे, हेर उल्का । भएछ के भनी दुइटै आफ्ना
भक्खर रोपेका खेताँ पानी लाम्न आका रैछन । रोपाई अर्नी बेलाँ बुडापाकाले आफै जो अरेचन केरे, पानी लाम्न मत्रै त जसलाई
पठाए पुनि हुनी जो भओ ।

अब पुन्टे दाजीले दादा सित साँधमा भाको खेत आगुमका सिरीपन्चमीका भाका राखेर दादालाई जो उजिन्डेमा बेचेका केरे । अब
गाममा हल्ला त धोबिनीकाँ रिन लाएर हो, गएर रौसी खान्छ, अनि दुई रुप्याको खाओ भनी धोबिनीले बीस रुप्याको बही तमसुक
लेख्छे, तेस माथि पुनि मैना तिनेक ब्याज ठटाम्छे पुनि भन्छन केरे, तर मेरा त पुन्टे दाजी जस्ता हितघत मिल्नी गाममा अपुर
कोई पुनि छैनन । भउते पुनि दुई लम्बरमा पर्चन केरे मेरा'ट त ।
 
Posted on 09-08-05 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(कथाले मागे अनुसारको फोटो नम्बर : १ )



 
Posted on 09-08-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँसी बल्ल बल्ल छुट्टाएँ दुईटालाई । भुन्टेले त एउ दुई पाली सेक्यो मलाई पुनि, जाद्रै जख्खड रहिछ तो केटो, पछि पक्कै
पल्टनिया लाहुरे हुन्छ ल तो त । पुन्टे दाजी, हजुरलाई बुढेसकालाँ पाल्नी भओ छोराले, ल । कसो कसो अर्दा मेरा आँखामा
पुनि हिलो कसेर परो, राम्ररी हेर्नै नहुनि भओ । अब अहिलेली धुन पर्ला नि ।

अनि त्याँसि त आँखा पुनि जाद्रै दुख्न लाओ केरे । भुन्टे बजियाले गतिलै सित हिलै हातले बजाको थियो, हुन त मलाई भनेर
जानेर हईन केरे बरा । अरु बेलाँ भे खुट्टाँ टपक्कै ढोग अर्च बरा । तेसो भएर आफ्ना खेत सम्मन पुग्न त सक्दिन कि क्या
हो, यतै बाट बोलाएर दिन परो खेतारीलाई अर्नी भन्ठाने । अनि सरचे-चौपारीमा गएँ र धाराबाट येसो आँखा पुनि पखालें। तर
अहँ, हुँदै भएन, आँखा भित्र हिलो कसेरै पसेछ केरे, धोएर नि नआम्नी भओ। अनि मेरा पाला तेही सरचे चौपारीका गुगलका
बुटामा चढेर बोलाएँ, "ए धान रोपेकी आईमाई कोही छौ, मैले सिरम्लाका खट्टे भुटेर अर्नी बनाएर ल्याको छु, खान आओ "
भनेर ।
अनि उताबाट "हई, हई, सिरे, म यहीं छु छु," भन्ने आवाज आओ । तर मेरा आँखाले ठम्म्याउन सकेनन को हो भनेर ।
हिजो जमुनिले "म भा नि मेउसीकाने भा पुनि जो भा पुनि एक जाना आएर रोपिदिम्ला तिम्रा चार ओटा सुर्का । अब हाम्ले नभ्याए
फूलमुतिलाई घोक्राएर पठाईदिम्ला केरे " भनेर भन्थी ।
अब कुन चईनी आकी हो, जमुनि हो कि मेउसीकाने हो कि फूलमुति हो, मैले त भेउ जो पाम्न सकिन ।

होऽ तेहाँ हुनी नम्मे र भउते जस्तै छौ, हैन को हौ ? ये, नम्मे र भउते जो त हईछौ नि त, दादा र पुन्टे त सुति राका होलान
केरे अझै । ए हे, हर्के दाजी पुनि हुनु हुँदो रहेछ यहीं जो ।

ल भनओ त केटा हो, ल त भउते, नम्मे, र हर्के दाजी, तो अघि जवाफ फर्काम्नी मेरा खेत रोप्नी जमुनि हो कि मेउसीकाने
हो कि फूलमुति हो, हँ ?


 
Posted on 09-08-05 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(कथाले मागे अनुसारको फोटो नम्बर : २ )


Keep rolling...



 
Posted on 09-08-05 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो शोभाको हो? नाम कता कता सुने सुने जसो लागो, श्र५
 
Posted on 09-08-05 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यि पोहुन? wrong number parecha bro, sorrie!!! :p

khai, timro katha phadnu परो....पिर्कामा बसेर,पलेटि कसेर।
 
Posted on 09-08-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त ती फुटाकी जमुनि हो कि, मेउसीकाने हो कि फूलमुति हो, ठह-याम्न परो केरे, ल ठिसे ले जो भन्नी भा पुनि भन न त ।

Keep rolling...
 
Posted on 09-08-05 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिरई हैन "महेन्द्र" भनम् न महेन्द्र पल्तिर दाइको छोरा हो। त्यो पनि "पल्टनमा भर्ति हुन्छस् तँ!" भनेसी यति खुसी हुन्थ्यो मलाई बोकेर आँगनमा यताउता घुमाउँथ्यो। हिलो लाग्छ भनेर आँगनमा सल्लिपुर राख्याथ्यो केरे। चिप्लो नि नहुनी।
"तँ दादा छस्" भनेर भन्दिएसी त खुशीले के चाहियो र? पालिबाट आँगनमा हाम्फाल्नी। भुन्टे बाहेक जम्मैलाई पछार्छु भन्थ्यो।
 
Posted on 09-09-05 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै नेपराह रैछ यो साँढे त। तिम्री खेताल्नीले ठानाँ आर गामको साँढेले मलाई साह्रै लखेटो लौन तेल्लाई गोठाँ लर बाँधेर राख्देउ भनेर उजुरी हालिन। मिल्नीभा तो उजुरी ह्यैं टास्दिन्थे। टाँस्नी भने जागिर जानी डर। अनि क्यार्नी तनि आफ्नो नुनको सोझो गर्नैपरो फेरी थानेदार पनि परियो भनेर एकपाली सम्झाई बुझाई गर्न परो भनेर मेलाँ पसेको त ओ हो यो साँढे त साह्रै मातेको पो रैछ। पर्खिस आउलास गाममा भनेर आलिमा सिंग तिखारेर बस्यारैछ। मुखिया बाको जब्बर साँढेलाई थानेदारले के गर्न सक्नु ? वाँधे पनि मुखिया बाले छुटाइहाल्छन। फेरी गर्धन फुलार झम्टिन ठिक्क परेको साँढे देखेर जिउ नी सिरिङ्ग भओ। लौ त नी माफ पाउँ जे गर्नी हो गर भनेको त झन वुर्कुसी मारेर गामै थर्कने गरि डुक्रिएछ साँढे त। लघार्ला भन्नी डरले सातोपुत्लो उडो मेरो त।

खेतलालाले मन नपारएनी पराएनि केहि भन्याथेनन केरे। मुखियको साँढे भाभर तिमलाई तुजुक देखाउन परिहालो हैन त। लौ आज देखि तिम्रा गाममा टेक्दैटेक्दिन। तिम्रा खेताला खेताल्नीलाई जेसुकै गर। आइन्दा ठानेदारलाई क्यै भन्यौ भने तिम्रा मुखाँ किरा परुन।

 
Posted on 09-09-05 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याप्टर क्लोज!
अब श्रीले पनि मुखमा पानि राखेर बस्ने नव-प्रयोगीले पनि मुखमा पानी राखेर बस्नी! अनि म ह्याँ गिता पाठ गर्छु, ध्यानपुर्वक श्रवण गर्नी।
-----------------------------------------------------------------------------------------------------------

युधिस्टिर उवाच: गिताले के भन्छ? गीताको सार के हो?
श्रीकृष्ण उवाच: पुरुषार्थ भनेको अपरिहार्य पुरुषहरुमा हुने गुण हो तर... ... ... यो नारित्व भन्दा धेरै कमजोर हुन्छ।
यी पुरुषहरुको बिचमा झै-झगडा हुने, द्वन्द हुने, द्वेष हुने, युद्ध हुने यावत कारणहरु छन्, तर मुख्य ३ कारणहरु छन्।
१, धन-दौलत
२, शक्ती, आसन, मान-मर्यादा, राजनिति भनम् न। गद्धीको लागि। जुन नेपालमा अहिले भाइराखकेको छ।
३, तेश्रो तत्त्व हो, स्त्री!
त्यसैले यहाँ राज्यको तेश्रो तत्त्वले काम ग-यो। त्यसैले, हे पुरुष हो, तिमेरु सबै स्त्री भन्दा मूर्ख हौ र मूर्ख नै रहे, जतिसुकै पुरुषार्थ छ भनेर गर्जेतापनि स्त्रीले तिमीहरुको बिचमा द्वन्द ल्याएर तिमेरुलाई वशमा राख्न सकून्।
-----------------------------------------------------------------------------------------------------------

 
Posted on 09-09-05 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्नेबाद है दादा,
तर यसरी पुरैलाई जो stereotype चईनी नअर्नु भा भे अझै जाति मान्थे केरे। हाम्रो यो चौतारी चईनी येसो फुर्सदाँ गामठामका भलाकुसारी अर्नी भनेर हो, र खाली केटी बाहेक तो भन्दा पर अपुर थोक अपुर थोक पुनि संसार बाँकी जो छ भनेर सोच्नी खाले गाम्ले हुरले गफ अरम भनेर हो, तर जो आए पुनि र जसले जे भने पुनि हामले त क्यार्न सौछम र, चौतारि सबैको साझे जो हो केरे । फेरि अघिल्लो मेलाँ मेरा त नामै किटिए केरे असभ्य भनेर, तेसो भएर पुनि हो मैले सिंगौरी खेलेको र को हईछ लम्बरी असभ्य भनेर निरकौली जो अर्न खोजेको। माथिको मेलो हेर्नुस, नमेले सुरुमै भनेको हेर्नुस, त्याँसी सिरेले टाँसेको सईन बोड हेर्नुस, त्याँसी अपुर अपुर खेतालाहुरले खनजोत अरेको हेर्नुस । तेसो भएर तो बेडुल्ला र खनिया फलाम्नी बन्डाईनी बाहेक अपुर फुटा पुनि टाँस्नु हुन्छ दादाले भनेर आस अरि राको मैले त ।

जे होस, ठीकै छ, अब यस्तै यस्तै भलाकुसारी जो अर्दै अरम्ला केरे, बेकाराँ क्यार्न बर्ता फतफताईरहन परो र, हईन त ?

Keep rolling...


 
Posted on 09-09-05 3:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

highfly, wish i could anwer your questions here...but by now you should already have the answer...anyways thank you.:)

arnico timi pani here? ;) where i am flying re you should know dont you. :) anyways welcome welcome, join the crowd.:D thanku for the pics here some fol u too, hamro geeky haru ko kam.:P


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters