[Show all top banners]

Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 270720 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-13-10 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

है जिम्बाल ......... त्येतिखेर खाली चुरोट र चियामै मन जान्थ्यो, बसन्तपुर होश या, ठैटीको लेमोन टी होश, या घन्टाघर अगाडिको होश या, सामाखुशी चोक वा पूलको होश चिया मात्रै खायिन्थ्यो ......... हरे अहीले कहाँ खोज्न जाने होला पुरी तरकारी

 
Posted on 01-13-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते को जन्मदिन रइछ अस्ती केक सेक काटेर गजबै गरेछन्त ! २००७ मा हो क्यारे हामी सँग बसेर मनाको हैन जिम्माल? कि २००८ हो?


मदनवा जे राम जि कि !


त्यो थ्रेड मदन्वालाई एकदम काम लाग्ने रइछ ! तिमी नि अब लुङी छोडेर जिन्स लगाउ डाबर आवला छोडेर जेल लगाउ !



 
Posted on 01-13-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त राम्बादुर...तर तेइ बेलाको एउटा कुरा रामदाईको म:म भने यहाँ पनि खान सकिन्छ डिट्टो उस्तै स्वादको, त्यसको लागि ठूल्दाईलाई भेट्नु पर्छ।


 
Posted on 01-13-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, मदनवा ।


रामपुरे ले बिर्ख्या आन्द्राभुंडी चिरफार गर्दै छ है जिम्माल । बसन्तपुर, ठंहिटी, सामाखुशी तिर चिया को नाम गरी पिया रिया श्रेया लाई साइड हान्दै गरेको रैछ , बल्ल कुरो बुझियो । '


 
Posted on 01-13-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामतोरिया ठुल्दाइ जिम्बाल रिट्ठे


सबै बुढा रहेछ - बुढा हरु को पात्या गफ के सुनाइ भो र


एकछिन मा तरुनी हरु आएछी आउँला


 
Posted on 01-13-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्येती मात्र कहाँ हो र ठुल्दाइ, बसन्तपुरमा पानिपुरि, पापडी चाट, रन्जनाको गल्लीको सोडा, बसन्तपुरको मम यी सबै खान्दै, पिया रिया श्रेया लाई साइड हान्दा त ........ आहा त्यो मिक्स्ड स्वाद, कहाँ पाउनु यहाँ ......... जहाँ गयेर खाए पनि त्यो स्वाद आउन्दैन ............ मखुला ठुल्दाइ ।

 
Posted on 01-13-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन लहरे रातभरी .... कोमल त्यो तिम्रो बदनमा भन्दै बसेको रहेछ त .......... अली प्रस्ट पार्न पर्‍यो

 
Posted on 01-13-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो भउते बज्याको बड्डे मना त २००७ मा हो नि, २००८ लाग्ने बेलातिर। माया मारो असत्तिले!


ठूल्दाई, के को चिरफार गरोस बिचराले, आन्द्राभुँडि मज्जाले जोगाएर आईयो नि, देख्ने त के सुइँको सम्म पाएन बिचरा राम्बादुरले!


 


 


 
Posted on 01-13-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिर से जे राम जि कि  सब गावँले लोगनको।

वहि बात त हमि किएछु रिठे दाजु, उ थरेड जो छ सला हमरो लागि बनेछ।

 
Posted on 01-13-10 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा नेपाली पार्टीहरु-


१) न्यूयोर्क दशैँ पार्टी


२) ह्युस्टन न्यु इयर पार्टी (बि.सं.), डालास न्यू इयर पार्टी (ए.डि.)


३)फिलाडेल्फिया तमु साँझ


४) डालास तिज पार्टी


५) सानफ्रान्सिस्को जनै पुर्ने डान्स पार्टी


६) ट्विन सिटि नागपन्चमि पार्टि बोनान्जा


७) ब्याक टु स्कुल नेपाली डान्स पार्टी अल नाइट लङ्ग


८)ब्याक टु वर्क नेपाली डान्स पार्टी अल नाइट लङ्ग


९) बोस्टन तिहार पार्टी एन्ड एक्स्ट्राभेन्जा


१०) सारलोट कुकुरतिहार डान्स डिलाइट


११)न्यूयोर्क  कुशे औँशि नेपाली पार्टी


१२) बुद्ध जयन्ती बारबिक्यू पार्टी, मैडिसनभिल


१३)कृश्णास्टमी बियर पोङ्ग पार्टी, डालास


१४) डि सि चैते दशैँ बारबिक्यू पार्टी एन्ड अल


१५) डि एन ए (डिसेन्ट नेप्लिज एशिसिएसन) पार्टी


........अबको ३० वर्ष पछि.......


 ग्र्यान्डपा सराद्दे पार्टी एन्ड डान्स


 


 
Posted on 01-13-10 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau. 

LOL birkhe ba, you are awesome! kati hasauna sakeko.........

ma chai malpuwa khanchhu hai tyo sappai, arulai chaie aru banauchha ramele.




 
Posted on 01-13-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारलोट कुकुरतिहार डान्स डिलाइट
डि एन ए (डिसेन्ट नेप्लिज एशिसिएसन) पार्टी

हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा

 
Posted on 01-13-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! खुसि नानी! खाऊ बा खाऊ मजाले ढुक्क भएर माल्पा खाऊ, हाम्लाई त रामेले बनाईहाल्छ नि! ए रामेssss! रामे होssss! हन कता अन्मरियो?


आज ठूल्दाई अस्त व्यस्त जस्तो लाग्यो मलाई!


 
Posted on 01-13-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी एन्ड लहरे ।



अस्तब्यस्त भन्दा नि क्रिक्रेटमा मस्त हो बिर्खे बा।



अली अली ब्यस्त त छु नै आबेदन निबेदन हाल्ने बेला छ, मेला मै रमाउं भने छुट्ने डर । यो अनिकालमा जागिर को छैन भर ।



उता नेपाल को जागिर नै खाइ दिने सूचना निस्के छ , गोर्खापत्रमा। मज्जाले मसला ससला राखेर खाने भए डाँकाहरुले ।


 
Posted on 01-13-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही कैले नसुनेको परेछ ! लोल


५) सानफ्रान्सिस्को जनै पुर्ने डान्स पार्टी



६) ट्विन सिटि नागपन्चमि पार्टि बोनान्जा



१०) सारलोट कुकुरतिहार डान्स डिलाइट



११)न्यूयोर्क  कुशे औँशि नेपाली पार्टी


 


ग्र्यान्डपा सराद्दे पार्टी एन्ड डान्स


 



खुशी माल्पुवा खाइदिने? ल ल खाउ खाउ ! हाम चाँही पुरी तरकारी खाने भयोउ !


त्यो माल्पुवा रामेले बना हो र?


ठुल्दाइ कता जानु भएछ आज? त्यो अस्ती बेहोस् भाकी केटी लाई के भाको रैछ साची?


त्यो मैले सोधेको प्रश्न को उत्तर कसैले पनि दिएन ! पुरी तरकरी नपाउने भयो पुरस्कार


 
Posted on 01-13-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो अस्ती बेहोस् भाकी लरकीको होस हराएको।


सिलिम बन्ने रहरमा चिलिम फर्किन लागेको नि। खाना कम खाने, सके खाँदै नखाने अनी हुँदैन त बेहोश?


 टन्न खाएर त मान्छेले होश गुमाउछ ।


अस्पतालको झाक्रिले के फुकेर ल्यायो, ३ घण्टा पछी त फेरी ल्याबमा ल्यापटपमा।


प्राणै खुस्केला जस्तै थियो जिउ चिसो भएर गाको। पछी त छील्लिएर तातो तातो गफ गर्दै थिइ अरु लरकिहरु सित ।


 
Posted on 01-13-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अरु लरकिहरु सित । <<<


 


पत्यायिन है मैले त


 
Posted on 01-13-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , लु म त निकै बिजी छु मीतिङ बाट चोरेर आको ल लागे सपै लाई एक मुस्टो प्रणाम
 
Posted on 01-13-10 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेले पोस्ट गरेको ठ्याक्कै एक घण्टा भै सकेछ. अर्को धागोमा झगडाको बिचमा ठुल्दाइको असली म:म: को रेसिपी देखियो, पेट कुइँ कुइँ गर्‍यो। भोक लाएर ल्यायो।

हरे शिव! कस्तो रातो माल्पा राख्या, धत्तेरिका! अब त सकिन्न बस्न, गएँ हुसुर्न

झन्नै प्रणाम बिर्सेंको, माथि रामे देखी तलको बैरे सम्म अनी बिचमा पर्नी, रित्थे, जिमालबा, ठुल्दाइ, लहरे, खुशी, रिट्ठे, मदन्वा तथा ज्ञात अज्ञात सप्पैलाई मेरो प्रणाम
Last edited: 13-Jan-10 11:54 AM

 
Posted on 01-13-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम बैरे, पुरे ।


पुरे ले पुरी को गफ गरे देखिन् झन्डै ५२ मिनेट सम्म चरो मुसो नि देखिएन नि ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters