[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 246607 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-22-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-22-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D

फोरन् सारी हेराउन लाने रे? के खान हेर्न जाने नि म फोरन् सारी, जानलाई किन्दा मलाई नि किन्देउ न त एउटा। :P

तिरु के छ?
 
Posted on 12-22-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेर्री किसमस! :D
 
Posted on 12-22-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा भिर्कुटि मन्डप वला फोरन् का सारि लाग्नु हुन्छ भने, तपाइ को हि झल्मुडि बनाइ हाल्नु होला तपाइ को जान् ले जोर का मिर्चि निम्बु लगा लगा के :P

ठिक् छु सान्स् how r yaa? :)

मेर्री किसमस! :D punte daa
 
Posted on 12-22-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाफरे!! निसान्त दाई, तपाई लाई लाग्छ कि तपाईले लोल भन्दिनु भो और बात खलास? त मेरो कुरो जरा सुनिलिनुस्, म कालिमाटी से डेली सधैँ आउँछु बिजिनेस कर्न और शाम मे मलाई घाटा लाग्यो भने कस्ले तिर्नु हुन्छ? हजुरले? तपाईँको हाडीगाउँमे दादा दाईहरुले मेरो बोनी नभएकै बेलामा उधारो खानुहुन्छ।

उसदिन तपाईको अर्को साथीले मलाई पुरे धम्काएको। त्यो दादा दाई हुनुहुन्छ नि, फिलिम सिलिममे खेल्नु हुन्छ। त्यो तपाईले उसदिन गाली दिइरहनुभएको बेलामे उहाँले लेखेर गीत रेकर्डिङ कर्नु भएको, उ दादा दाई! नाम के थियो पुरे भुलि हाले। अँ!!! नारद दाई। उहाँले क्यासेट रिलिज कर्नु भयो और मलाई किन्न लगाउनु भयो। मेरो जेबमे पैसा थिएन, त पुरानो उधारो कटाउँछु भनेको थिएँ उहाँले रिसमे आएर त्यो गाना पुरै गाउनु भो मेरो अगाडी। बिना म्युजिक त त्यो गाना खतरा गाली लाग्ने रहेछ।

मैले भने, दाजु तपाईको क्यासेट त किन्छ पर यहाँ ठेला मे लगाउदिन। त मेरो कस्टुमर सब भाग्यो भने को ले मेरोलागी चटपटे किनिदिन्छ।

हैन त तितौरी जी! तपाईँलाई त जहिले नि फिरीमे दिन्छु झालमुडी। खुर्सानी कत्ति हालुम्?

:-)
 
Posted on 12-22-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Holiday everyone!!!

Bye
 
Posted on 12-22-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ना बाबा ना फिरि मे तो किसिका कुछ् भि ना खावै छे हम सुन् लिया कुमलवा।
फिर् भि ठिक् है बोहोनि कर्दिन्छु तिम्रो ,चवन्नि का दे दो चट्पट्टे । :D

saans timi gaeko ghar ? happy holiday to u too :)
 
Posted on 12-22-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा साउन्ड्स लाइक मलङवा!!! लोल

मलङवा मेरो घर होइन, मेरो ससुराल हो!

हजुरहेरुलाई पनि ह्याप्पी होलिडे म र मेरो "जय मातादी चटपटे ठेला गाडी" को तरफ से!

:-)
 
Posted on 12-22-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-22-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!!

हा हा हा! कुम्लेले हँसायो, कुमलवा रे तितौरीले फेरी। :D

ल सबै जनालाइ ह्याप्पी होलिडेज् है!
 
Posted on 12-22-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मिस् । यहाँ सान दाइ ले मुलाइ टायम टायम मा प्रतिबन्धा लगाइ दियो भने, गुहार मिस्, गुहार्!!!!!!! २४ घण्टा मा २० पोस्ट भयो रे, इलेक्स्न हो र भन्या १ पटक भन्दा बढी भोट हाल्न पाइन्न भन्न लाइ ? मिस्, सोर्स् लगाइ पाउँ न भन्या, चौतारी बाटै आउट हुने बेला भो भने । गुहार्, गुहार्!!!!!!!!!!!
 
Posted on 12-22-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुलदाइ, हामी पनि तपाइ जस्तै गाम्ले त हौं नि, हामीले पनि दिनमा २० पोस्ट मात्र गर्न पाउँछौं, अब मास्टर्नी दिदीले या अरू कसैले कसरी सोर्स लाउन सक्छन् र भन्या सान् साहुजीलाइ? बरू सीधै तपाइले नै भन्नु भए मान्छ्न् कि त? :P

बरू तपाईले हरेक म:म: खाने बित्तिकै 'मैले यौटा म:म: खाएँ' भनेर पोस्ट नगरी, सीधै २० वटा म:म: खाइसकेर बल्ल 'मैले सबै म:म: खाइसिद्याएँ' भनेर पोस्ट गर्नुभए तपाइलाई पोस्टको कोटाको लागि हार गुहार माग्नु नपर्ने हुन्थ्यो कि जस्तो लागिराथ्यो मलाइ अघि देखि नै। :P
 
Posted on 12-22-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'***मैले यौटा म:म: खाएँ' भनेर पोस्ट नगरी, सीधै २० वटा म:म: खाइसकेर बल्ल 'मैले सबै म:म: खाइसिद्याएँ...........' ***
लोल्
हाहाहा हसायो चित्रेले ले :D
how r u chitre ?
 
Posted on 12-22-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त! गजब छ बा!! म: म: खानै नहुने भनिहाल्नुपर्ने ठूल्दाइलै पनि । म पनि सर्ब साधरण जनता हु नियममा चल्दाको मज्जा नै अर्को। नियम मिच्दा धाधंली हुन्छ क्या ठूलदाइ
 
Posted on 12-22-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! तितौरी , आइ आम फ्यान थ्याङ्क्यू, तिमी पनि फ्यान थ्याङ्क्यू नै होला नि, बरू ठूली पो फ्यान थ्याङ्क्यू हो कि हैन था' नै भएन, नेपालबाट त बिजुली पत्र पनि मान्छे भन्दा ढिलो आउँछ कि क्या हो? :(

मास्टर्नी दिदी, तपाइ, भिनाजू अनि भान्जीहरू नि फ्यान थ्याङ्क्यू नै हो? :)
 
Posted on 12-22-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि फाइन् थ्यान्कु नै हो चित्रे , ठुलि पनि फाइन् थ्यान्कु नै होलि क्यारे बरु तिमि चिन्ता न गर के , येस्तै हो जिन्तखि भनेको उन्को धेरै याद् आयो भने गुन्टे स मिलेर चित्र गीत् गाउ ,चित्र बनाउ :P


मिस् हाउ आर् यु ? आइ एम् फाइन् थ्यान्कु !
 
Posted on 12-22-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब फाइन थ्याङ्क्यू छौ चित्रेभाइ। बरु मेरो प्यारोभाइ( ठूलीले भन्ने गर्थ्यो नि चित्ले तिमी त माष्तेर्नी दिदि को प्यारो भाइ ) को हालखबर के छ । ठूली को निकै संझना आए जस्तो छ । :)
तिरू पनि फ्यान थ्याङ्क्यू नै हो? :)
 
Posted on 12-22-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तिल्लू, म इउलिच गीत गाउचू, तिमी चुन है! :)

ओल् म्याक दोनल्द ह्याड अ फाम
ई आइ ई आई ओऽऽऽऽऽऽ
एन्ड अन हिच् फाम, हि ह्याड अ डक
ई आइ ई आई ओऽऽऽऽऽ
विथ अ क्वाक क्वाक हियर आन्द क्वाक क्वाक देर
हेयर क्वाक देर क्वाक याभ्रिव्हेर क्वाक क्वाक
ओल् म्याक दोनल्द ह्याड अ फाम
ई आइ ई आई ओऽऽऽऽऽऽ

:) गुत नाइत :)

- गुन्ते
 
Posted on 12-22-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्तल्नी दिदी, मेलो चबै तिकै छ।
गुत नाइत है त! :)
 
Posted on 12-22-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

free counters