चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
के हुँदैछ भन्या त जिम्माल बा र ठुलि पो फत्फताइ रा र'छन अघी देखी
ए ठुलि तिम्रो भोईस मेल चेक गर है ! जिम्माल बा हिजोको रामलीला, महाभारत लीलाको पात्रहरुलाई डाक्नु पर्यो रिहर्सल नि गर्नु पर्यो नि, नभये हिजोको ठुल्दाइको जस्तो 'इस बार रावन नही मरेगा' भनेर कुम्ले ले भन्यो भने त मदनवा र कान्छी डुब्छन नि फेरी सुपर फ्लप भएर
कुम्लेलाई एडभान्स दिन पर्छ पहिले नै, फेरि ऐन वक्तमा बाण लागेर नि ढलेन भने बित्याँस पर्छ। मदनवा धोति च्यापेर भाग्छ फेरि! तिमि राम नै हुने पक्का भा हो? हो जस्तो छ, त्यसैले " कतै रावण नमर्ने पो हो कि?" भनेर पिर गरिराको!
बिर्खे दा हजुरको भान्जो मेरो मा आउछु भनेर घर बाट निस्केको हो। लौन हो भने अझै सम्म अैपुगेको छैन। कतै खाली सिसी पुराना कागजले उथार त लगेन। सबै गाम्ले हो लु जाम हरी लाई खोज्न
खसी, उर्फ कुखुरे बैंश नचढ्दै भेसेक्टोमीको मारमा परेको बाख्रीको अभागी चल्लो, यसपालीको दशैंमा अजिंगरी आँहरुमा हाँ हुने दिन कुर्दैछ। म्याँ गर्न नसिक्दै दशैंमा च्याँ पर्ने भाकलमा साँचोमा च्यापिर प्याँ प्याँ गर्नु पर्दाको पीडा गरेको कसले बुझ्ने? जन्म-जन्म आजन्म कसैको अभागी पुर्पुरो छ भने खसी हुनेहरुको छ। तर खै! कुखुरीहरुको पीडा खुकुरीहरुलाई थाहा होस् न खसीहरुको पीडा मंशप्यासीहरुलाई। त्यसैले, खसीको मासु लुछेर हुर्केको नाताले आज उसकै मर्का बुझ्ने जमर्को गरेको छु; अलिकति भने पनि पुण्य मिल्छ कि! अलिकता भने पनि पाप घट्छ कि!
‘हाम्रो समाजमा खसीको महत्व छ’ भन्नु ‘बिल गेट्स् धनी छ’ भनेर कसैलाई सम्झाउनु जस्तै हो। निर्विवाद सत्य तथ्यहरुलाई के को प्रमाण दिनु पर्यो, के को तर्क पेश गरिरहनु पर्यो? सुखमा होस् या दुखमा, बिमारमा होस् या बिपत्तिमा, पिकनिकमा होस् या पर्वमा, रोशमा होस् या जोशमा अनि मदहोसमा, खसीको आवश्यकता यता-त्यता सर्वत्र छ। मैतीदेवीको मट्याँग्रे माहिलाले मन्त्री पद मिल्क्याँउदा कार्यकर्तालाई चाहियो खसी। कटुञ्जेको कान्छो काजीलाई एकदर्जन छोरी पछि छोरो मिलाइदिएकोमा कालिकालाई भाकल बुझाउँन चाहियो खसी। छ महिनादेखि छारेरोगले पछारिएको छबिसेको छेउघरे एक गिलास खसीको रगत पाए दुई मुठ्ठी तागत मिल्दो हो भन्दै मासुभातको गासको आसमा छ। दियाली होस् या दुर्गा पूजा, गाउँले पर्व होस् या गोठको पूजा, हाम्रा देउताहरुलाई खसीकै रगत चाहिन्छ। ‘पिकनिक गए ककनीमै, रक्सीको खाए चटनीसैं’ भन्छन्। तर त्यो चटनी पनि टनन भुटन हालेको मटन भए कति स्वादिलो! यही त हो एक टिपिकल नेपालीको सोचाइ।
खसीको ‘हाइगुजी’बाट आफैं ‘खाइगुजी’तिर पो लागिएछ। तर यसमा मेरो दोष पो के नै छ र। हामीकहाँ खसीहरु खाएर मोटाउने भनेको सामान्य नै त छ। साँच्चै भन्ने हो भने यो समाजको हरेको श्वासमा खसीको देन छ। यहाँको मटी(माटो) रुपी कागत खसीको रगत रुपी मसीले मसीले भिजेको छ, हरेकको जीवको मुटुमा खसीको जीवन संचित छ। भूपि भन्थे – ‘हामीले फेर्ने प्रत्येक शासमा धड्कन छ शहिदको।’ कहिले कहिले यो मोटो दिमाग पनि सोचिल्याउँछ, खसी पनि शहिद नै हैन र? आखिर समाजको हरेक ‘खुसी’मा खुराक खुवाउँछ, प्रत्येक ‘पर्व’मा प्रसाद पुर्याउँछ आफ्नै जीवनदान दिएर। खुट्टा दान गरेर शीविले, कुण्डल दान गरेर कर्णले, औंला दान गरेर एकलव्यको नाम इतिहासमा इङ्गित छ, तर जीवनै दान गर्ने खसीको नाम भने भित्रियाँसमा सीमित छ।
अब कुरा गरौं बोकाको। बाख्राको पेटबाट जन्मँदैमा सबै पाठाहरु बोका हुन पाउँदैनन्। धेरै त घरबार नहुँदै तरबार विनियोजन झपेटामा र परिवार नियोजनको चपेटामा परिहाल्छन्। तर जो जति बोकै रहने सौभाग्य पाउँछन्, तिनीहरु सानैदेखि छाडा हुन्छन्, पुल्पुलिन्छन्, मात्छन् र गनाउँछन्। उनीहरु आफ्नो दुनियाँमा राज गर्छन – निर्बल खसी र बाख्राहरुलाई पेल्छन्, हान्छन् र सिल्टीमुर ख्वाउँछन्। यिनीहरुलाई फोडेरै भए पनि अन्नघरबाट मिठो मसिनो चाहिन्छ, चोरेरै भए पनि थुन्सेघरबाट हरियो परियो चाहिन्छ, र निर्बलिया बाख्रा र पाठाहरुलाई भगाएरै भएपनि खोरघरमा राज गर्नुपर्छ। यी शक्तिशाली बोकाहरु भुक्तभोगी भोकाहरुको अगाडि विष्णुमती झैं गनाउलान्, तैपनि धरहरा झैं ठाडा हुन सक्छन्, सबका अगाडि खडा हुन सक्छन्। आत्मा उही, आहार उही, आवास उही, आमा उही; तर किन यिनका आचरण दुई? खसी र बोकाको अन्तर आफैंमा अनुसन्धानको विषय हो। खसी र बोका बिचको यो भेदभाव अन्त्य हुनु पर्छ। यो युगौंदेखि पिल्सिएका खसीहरुको भावना अनि चाहना हो; यो लोकतन्त्रीय समाजको अपरिहार्य आवश्यकता हो।
हुन त यहाँ खसीतन्त्रको लागि दुईचार युद्द नभएका होइनन्, दुई चार हजार खसी नहोमिएका होइनन्। तर, दुईचार प्युसा उफ्रेर बोकाहरुको बोकेदारीको एउटा रौं पनि हल्लिंदो रहेनछ। बागमती, विष्णुमतीको त के कुरा भो र? बुंगमतीमै, डुँग्डुँग्ती गन्हाउने कोदोजस्तो लेदो नै सही, कति पानी बग्न सक्यो, खसीको अगाडि बोकाको आशन डग्न सक्या हैन के रे?
उहिले, अहिलेभन्दा धेरै पहिले, कहिले कहिले पहिले बाख्रामण्डलको बात बताउँछु। त्यस बाख्रामण्डलमा सुरुमा सम्पूर्ण प्राणीहरु मेलमिलाप गरेर बस्थे। के ठुलो के सानो, के बलियो के निर्बल, के बोका के बाख्री; सुन्दर संसार थियो। तर, ब्रह्मा बाजेले सृष्टि गर्दा यिनीहरुमा कुन चाहिं केमिकल कट गरिदिएछन्, कुन चाहिं थप गरिदिएछन् बोकाहरुको ब्यवहार बदलिन थाल्यो। भयो के? उनीहरुले कसरी कसरी राजनीति गर्न थाले।
बलको भरमा बोकाहरुले बाख्रामण्डलको बागडोर हातमा लिए। आफ्नै राज्य भएपछि नीति नियम, राजा पी एम्, डाइरेक्टर जी एम्, सबै बोकाहरु भए। चौपट चुर्ती चलाएर खसीहरुलाई खोर र खँड्कौलोमा सीमित पारे। ज्यानसंख्याको हिसाब गर्दा दशवटा खसी भए दुई वटा बोका। तैपनि बोकैको राज। हरिया र पोसिला घाँस पलाउने चौरहरु बोकाका नीजि गुठी भए, स्वच्छ सफा पानीका मुलहरु बोकाका पेवा बने, न्यानो र सफा ओढार बोकाहरुको व्यक्तिगत महलमा परिणत भए। खसी र बाख्राहरुभने बोकाले बुर्क्याउने उराठ कान्लाहरुमा ठिंग्रिए। जसले गर्दा उनीहरुको पेट सधैं आधा त यसै रहन्थ्यो, त्यसमाथि पनि ब्याथा र ब्याधाबाट बारम्बार बाधामा पर्थे। अन्याय र अत्याचारले सीमा नाघ्यो, बोकाहरुको चकचकी, रगरगी र डगडगीले खसीहरु पिल्सिए। बिडम्बना यो थियो कि- बाख्राहरु धेरै वर्ष बाँच्थे र अनुभवबाट केही विवेक बटुल्थे, तर उनीहरु बलहीन थिए। खसीहरु बलिया थिए तर बुझक्कड हुँदासम्ममा बलीमा परिहाल्थे। यसरी बोकाहरुले वल र विवेक बिचमा फुट ल्याई चतुर्याँइ गरेका थिए। फलस्वरुप, न दुई चार बेत पुगेका बाख्रीहरु बटारिंदा केही बिग्रन्थ्यो, न ख्याउटे खसीहरु खल्बलाउँदैमा केही खुल्किन्थ्यो।
संयोगवश बाख्रामण्डलमा अत्याचारी बोकाहरु मात्रै हैन, केही साधु बोकाहरु पनि थिए जो खसीहरुमा परेको अन्यायलाई आफ्नै सम्झन्थे र दिन-रात खसीबाख्राको जमातसँग बिताउँथे। यी शिक्षित साधु बोकाहरु क्रान्तिका कुरा गर्थे, ‘सच्चा’ बाख्रातान्त्रिक ‘समावेशी’ बाख्रामण्डलको सपना कोर्थे। खसी, बाख्रा, पाठा, बोका सबैको समान प्रतिनिधित्व भएको सामाजिक संरचनाको कुरा गर्थे र आन्दोलनमा उत्रिन उक्साउँथे। खसी-बाख्राको जमातलाई पनि बल्ल केही बुझे जस्तो, केही सुझे जस्तो लाग्न थाल्यो। अन्तत उनीहरु ‘अति सहनु अत्यचार नसहनु’ भन्ने सम्झी आन्दोलनमा उत्रिए। नेतृत्व बुज्रुकवर्गका साधु बोकाहरुले गरे, खसी बाख्राहरु ‘ओढार-ओढारबाट उठे, खोर-खोरबाट उठे’ र जुलुसमा हिंडे। जुलुसका ‘बोका शासन धोका हो!’ ‘खसी अधिकार पाउनैपर्छ!’ जस्ता नाराहरुले बाख्रामण्डल थर्कियो। हार्डलाइनर खसीबाख्राहरु कराए- ‘अत्याचारी बोकालाई फाँसी दे, हामीलाई मुलको पानी दे!’ ‘बोकाराजलाई टाउकालाई, खेलौं फुटबल काटेर’ ‘युवा टोली के भन्छ? बोकालाई बलि दे भन्छ’ मध्यमार्गीहरु कराए – ‘बोकामण्डल हाइ हाइ, खसी बोका भाइ-भाइ!’ ‘बोका सरकार चाहिंदैन, खसीलाई बलि दिन पाइँदैन!’ ‘खसीको आयु सुनिश्चित गर, सुनिश्चित गर! सुनिश्चित गर!’
खसीबाख्राको जमात देखेर सत्ताधारी बोकाहरु त्राही-त्राही भए। हानेर दुईचार हजार सकिए। थर्काएर दुई चार शयलाई धपिए। तर त्यो महासागरमा अल्पमत परे ती ठालुबोका। बाख्रामण्डलमा ‘सच्चा अर्थको’ बाख्रातन्त्रको घोषणा भयो। खसीबाख्राले बढाइँ गरे, खुल्ला चौरमा गएर उफ्रे, नाचे, कराए। ऐतिहासिक खसीबाख्रा आन्दोलनको टोलीनेता साधुबाख्राहरु सर्वसम्मतिले बाख्रातान्त्रिक बाख्रामण्डलका नयाँ नेता बने। हजारौं बर्षौं पिल्सिएका खसी र बाख्रीहरु खुलेआम ‘तालु’ सुकेका ठालुबोकालाई खुल्ला च्यालेन्ज दिन पाउँदा मख्ख थिए। र यस्तैमा बाख्रामण्डलमा खसीहरु र बोकाहरुबिच साम्प्रादायिक ‘शीतयुद्द’ सुरु भयो।
यता साधुमण्डलको सत्तामा निकै परिवर्तन भयो। पुराना ठालु बोकाहरु पार लागे, खेदिए। साधुबोका खान्दानले आफूहरुको अवस्था नउकासी बाख्रामण्डलको अवस्था नउकासिने महसुस गरे। पुरै खसीबाख्राहरुको समर्थन पाएको साधु बोकाको नेता राजा भयो, उसको छोरो पी एम, नातेदारहरु भए डाइरेक्टर र जी एम। केही समयलाई खसी बाख्राको जीवन उकास्ने योजना स्थगित गर्ने निर्णय भयो।
कालन्तरमा यी साधुबोकाहरु पहिलेको ठालुबोकाहरु जस्ता भए। खसी बाख्राहरुमाथिको दमन तीव्र भयो। उपाय नपाएर रन्थनिएको खसी बाख्राको समाज उत्थानको लागि नयाँ साधुबोकाको जमात निस्कियो। अनि फेरि आन्दोलन भयो। नयाँ सत्तामा भत्ता खान नयाँ साधुबोकाहरु पुगे। सत्ताप्राप्ति र बदलाको लागि बोका खान्दानहरु खसी बाख्राहरुलाई प्रयोग गरी आन्दोलन गरिरहे, गरिरहे।
यस्तैमा विरानो नरमण्डलबाट साना, झिना जीउ भएका दुई खुट्टे प्राणीहरु बाख्रामण्डलमा बसाइँ सरी आए। उनीहरुले खसीले चर्ने गरेको बाँझो बारीमा बार हालेर बाली लगाए। खसीहरुको बसिउठ देखेर बोकाहरु खुच्चिङ् गर्न थाले। दुई खुट्टेहरुले सत्ताधारी बोकाहरुसँग सन्धि गरे र मित्र बने। तिनलाई बोकाहरुलाई दिनको एक भारी मिठो घाँस ‘सित्तैमा’ दिन थाले। बोकाहरु कृतज्ञता फिर्ता गर्न दिनको एउटा खसी दुई खुट्टेहरुलाई ‘सित्तैमा’ दिने चलन चलाए। यस्तै सहिष्णुताको मौका छोपी दुई खुट्टेहरुले बर्षेनी आफ्नो बार दुई हात पर सार्न थाले र नरमण्डलबाट अरु दुई खुट्टेहरु डाक्न थाले।
परिणाम? त्यसको धेरै पछि, कति हो कति शय वर्ष पछिको त्यही बाख्रामण्डलमा आज सिरानघरको स्याउते साहिंलाको छोरो ख्याउतेका खुट्टा खुसीले भूईंमा छैनन्। ऊ खोरबाट खसी डोर्याएर पानी छ्याप्ने शुरमा छ। रातभरि त्यही खोरमा त्यही खसीसँग रात बिताउन परेको बोको नाक खुम्च्याई, अब त्यस खसीको अनुहार देख्न नपर्ने सन्तोषमा, पार ताप्तै डुक्रिंदै छ, दाम्लोको पासोमा।
ए थुली! हेल न। मैले नि तिम्लाई कम्ता मिस् गलें ल? तल, हेल न! बाटोमा हलाएल चौताली आउनै सकिन। चौतारी खोज्दै म त चार कोशे झाडी पो पुगेछु त! अनि, एउटा रुखलाई सोधें, यो चौतारी हो? उसले हैन भन्यो। अनि अर्को रुखलाई सोधें, यो चौतारी हो? उसले हैन भन्यो। (फेरि अर्को रुखलाई सोधें, यो चौतारी हो? उसले हैन भन्यो। ) x 10^6 अनि अर्को रुखलाई सोधें, यो चौतारी हो? उसले हो भन्यो। अनि म आइपुगें। Ehhhhhhh
त्यतिबेला-यतिबेला त्यो बेला, झन्डी बुर्जा खेल्ने रहर जुटपत्ती खेल्ने रहर जात्रा जाने रहर चंगा उडाउने रहर केही थाती राखेर केही बाँकी राखेर सोध्न मन लाग्थ्यो, "के यो दशैं पैसावालको लागि मात्रै हो?" "के यो दशैं ठुलालाई मात्रै हो?"
यो बेला, आशिष थाप्ने रहर साथी भेट्ने रहर टीका लाउने रहर पिङ् खेल्ने रहर सबै थाती राखेर सबै माया मारेर सोध्न मन लाग्छ, "के यो दशैं समयवालको लागि मात्रै हो?" "के यो दशैं भुरालाई मात्रै हो?"
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.