चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
************************** जिम्मालनी:- आज देखि साझा चौतारी छिर्ने होइन नि। जिम्माल:- किन? जिम्मालनी:- साझा र भट्टी उस्तै उस्तै हुन्। जिम्माल:- किन? जिम्मालनी:- भट्टीमा जाँडहरु हुन्छन् , साझामा भाँडहरु हुन्छन् ।
यस चौतारी गामको विकास तथा प्रशासन संयन्त्र चुस्त ढंगले चलाउनका लागि राष्ट्रपतीय चुनाउ अत्यावश्क कुरा हो। केही हप्ता अघि राष्ट्रपतीय चुनाउको लागि उम्मेदवार आवेदन खोलिएकोमा अहिले सम्ममा वर्तमान राष्ट्रपति श्री बिर्ख बहादुर बोगटीको मात्र दर्खास्त पर्न आएको छ। अरू ईच्छुक महानुभावहरूले पूर्वी समय ४ बजेभित्रमा दर्खास्त दिन आव्हान गरिन्छ। अन्यथा चुनाउ अधिकृत आफैले नाम राखेर चुनाउ गराइने छ।
अहिलेसम्मको नामावली १) बिर्खबहादुर बोगटी २) राहुलभाइ राजभन्डारी ३) भउतभाइ भन्डारी ४) ५) (कम्तीमा १ जना महिला हुनुपर्ने)
उपरास्ट्रपती तर्फ १) बिस्टेराम बिस्ट २)लहरेकान्त लाकौल ३) ४) ५) (कम्तीमा १ जना महिला हुनुपर्ने)
ठीक भन्नु बो ठुल्दै यो भाँड चाँही यो बिस्ते नै हो, आगोमा घिउ थप्या गरे जसतै जिम्बालाई voltage हाल्छ बा। सम्धी मन्त्रिपरिशद को मान्छे भन्दैमा, जे पायो तेही गर्न पाउँछ। अझै पाँच लाइन भा छैन। पाँच लाई भयो बाइ, अचम्मै भो नि।
अब कहाँ बाट महिला ल्याउने ठुलि बाहेक दिउसो महिला हरु अौन छोडे राती अौने मा नेप्ची भौजु र मीस दीदी हो। कहिले कही उफ्री उफ्रन्छ, यो पनि कहिले हो कहिले कि कसो रित्थे फेरी पनि पाँच लाइन भएन पाँच लाई भयो बाइ, अचम्मै भो नि।
हन हर्के क्यारेर थाकेउ तेस्तरि? लु आऊ एक दुए सर्को तमाखु तान ठिक हुन्छ।
यसो कुरा बुझ्दा निर्बिरोध भइएला जस्तो छ। चित्रे तिमि त मेरो टाढाको के साइनि नि पर्छौ क्यार। अनि तिम्रो भतिजोले जागिर पाएन है? म छँदै छु कि क्यार्न चिन्ता गर्छौ, म ख्वाउँछु तेल्लाई जागिर! तो परारको हजार रुप्पे रिन तिर्न पर्दैन चित्रे अब हामि हामिमा के को रिन सिन हैन? अनि घरतिर सन्चै? बरु एउटा कुरा, तो नामावली जुन जुन आउँछ एक बाजी मलाई देखाऊ है? हल्ला नगर्नु अरुले जिते त खतमै हुन्छ नि। तिम्रो भतिजोले कता जागिर खानु अनि? अर्को कुरा चुनाउ नजिते त मलाई नि हजार रुप्पेले सास्ति पार्छ बाबै!
************************** जिम्मालनी:- आज देखि साझा चौतारी छिर्ने होइन नि। जिम्माल:- किन? जिम्मालनी:- साझा र भट्टी उस्तै उस्तै हुन्। जिम्माल:- किन? जिम्मालनी:- भट्टीमा जाँडहरु हुन्छन् , साझामा भाँडहरु हुन्छन् । लोल ठुल्दाइ
hana a birke खै त्यर्र्र्र्र्र्र् त्यर्र्र्र्र्र् गरेर कती तन्छौ तमख्हु लु मलाई देउ एक दुई सर्को तनौ, अनी लाग्नु परो। बिहान देखी चिया बहेक केही हुलेको छैन भुँडीमा। कुइन्न्न्न्न्न्न्न्न्न कुइन्न्न्न्न्न्न्न्न्न्न गरेर करौदै छ पातकी भुँडी।
राष्ट्रपती चुनाव गराउने निर्वाचन आयुक्त चित्रे ले आफैलाइ स्वघोसित गरेकोमा घोर नियमापत्ती ठुल्दाइको चुनाव गराएकै गोडा ४-५ बर्षको अनुभब को आधारमा ठुल्दाइलाई निर्वाचन आयुक्त घोषणा गर्नु पर्ने देखिन्छ जिन्दाबाद! जिन्दाबाद!! जिन्दाबाद!!!
यो चित्रे ले के गर्न खोज्या हो ठुल्दै र नेप्ची भाउजु लाई आम्ने साम्ने पारीदियो बाइ, यो एउता grand design हो। म यो भन्छु एसरी ठुल्दै र नेप्ची भाउजु लाई एउतै category मा राखेछी भोट बाडिन्छ अनी फाईदा लिने अरु कोइ हुन्छ सन्का त पहिले नै लाग्याथ्यो, हजार रुपैयाँ बच्चाउन चित्रे ले जिम्बाल ले जे जे भन्यो तेही तेही गर्दै छ यो सबै जिम्बाल लाई जिताउने सद्यन्त्र हो, म यो भन्छु ल पाँच लाइन भन्दा बढी भयो
'नाम लिया हर्के हाजिर' भन्या एइ हो 'दसैं आयो खाउला पिउला' भन्या जस्तो 'हर्के आयो हर्के आयो, खान पाउला' भन्दा केही फरक नपर्ला भन्छु केही नभये नि तमाखु खाने भये नि खानेकुराको नाम त लिएकै हुन्छ हर्केले लोल!
हो रिट्ठे हो, ठुल्दाईको अनुभवहरुको सूचीमा निर्बाचन गराएको संख्या चार् भनेर नि थप्न बिर्सि राख्या।
चुनाव लडेको अनुभव नि ६ ओटा भै सके रिट्ठे।
संख्या निर्बाचन परिणाम कैफियत १ स्कूलमा मनिटर अत्याधिक मतले बिजयी छात्राहरुको बहुसंख्यक भोट प्रापत् २ रेड्क्रसको सदस्यको २ भोटले पराजय आफ्नै साथीले दल बदल गरेको। ३ रेड्क्रसको सभापति २ भोटले बिजयी बिपक्षको १ भोट आफ्नो भागमा पारेको। ४ बिद्यार्थी युनियन उपसभापतिमा बिजयी ५ इन्जियर्स् एशोसियशन बिद्रोही उम्मेदबार्- शान्दार मत ल्याए पनि जित्न नसकेको हराउनु पर्नेलाई हराएको। ६ नेदरल्याण्डस् मा प्रौढ शिक्षा पढ्दा सभापति पदमा बिजयी।
के भन्छ यो लहरे, देखी सन्न बा उस्को पद खोहन लाग्यो भनेर, चाइदैन,चाइदैन तिम्रा त्यो पद, हाम्लाई त चित्रे ले उठै सक्यो उपराह्टपतीमा, भोट् पाये नि नपाए नि, उठ्न चि उठ्ने हो केरे बरु निर्वाचन चै कैले हुन करे ,चित्रे ज्यु ? अनी मतदाता नमावाली नि निकाल्नु पर्यो नि, कैले नि त्यो चि अली कडा नियम बनाउनु होल है ,फेरी धाधली गर्ने धेरै छन याँ एत्ती भन्दै मेरो पाँच लाइन यही सक्याउदछु | तारेमाउ
चित्रे ले मत पेटिका त राख्न चाँही राख्या हो तर खै राम्रो काम गर्छ जस्तो लागेन, त्यो भोट जती दिये नि उत्ती को उत्ती हुने रछ ठुल्दाइ हो त नि, चुनाव गराएकै तेत्रो अनुभब भईसकेछे भने
हालै चौतारी मुलुकलाई छिन्नभिन्न बनाउने, अराजकता फैलाऊने, भ्रामक तथा अतिरंजित समाचार सम्प्रेषण गर्ने, लुटपाट, आगजनि र हत्या जस्ता जघन्य अपराध गर्ने बिभिन्न अराष्ट्रिय तत्व तथा अराजकतावादीहरुले, चौतारीका प्यारा जनतालाई बहलाउने फुसलाउने तथा आफ्नो पूर्वाग्रही सोचाई तर्फ मोड्ने प्रयासमा, चौतारी मुलुक अप्ठ्यारो परिस्थितीबाट गुज्रिरहेको समय पारेर कथित निर्वाचन गराएकोकुरा सर्वविदितै छ। हामि उक्त निर्वाचन तथा सम्पूर्ण उम्मेदवारहरुलाई यसै सम्बोधन मार्फत प्रतिबन्धित भएको घोषणा गर्दछौँ! शान्ती सुव्यव्था, अमन चयन तथा बाँच्न पाउने अधिकारलाई कायम राख्न हामि चौतारीमा संकटकालको घोषणा गर्न बाध्य भएका छौँ। यहि सम्बोधन आएको घडि बाट अनिश्चित कालको लागि उक्त संकटकाल लागु हुने छ। केहि समय पछि अमन चयन राम्रो भएको स्थिती पारेर पूर्णतया प्रजातान्तृक प्रकृयाबाट हामि आगामि मंसिर सम्ममा चुनाव गराउने छौँ। संकटकालमा कसैले पनि कुनै पनि रुपमा चौतारीको राष्ट्रपती वा अरु कुनै पनि शक्ती व्यायाम गर्ने पदको बारेमा विकल्पको चर्चा, खोज वा सल्लाह गरेमा चौतारी राज द्रोहको मुद्दा लगाएर हदै सम्मको कार्वाही गरिने छ।
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.