[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 201089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-11-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे.......... मिस्टे, तिमीलाई धन्यवाद , म ह को चेला त हैन्, उहाँ हरुको प्रसन्सक चाँही हुँ ।
 
Posted on 08-11-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one! Gwache, ehhe
waiting for more..

 
Posted on 08-11-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D ए ठुल्नानी, मैले झुटो बोल्या हैन क्या, कस्तो नपत्याको होला
कान नछामी कागको पछी नदौड न :P

तर आज नि बिजी छु, तिम्रो लागि कबिता वीकेन्ड्मा लेखिदिन्छु है ;)
 
Posted on 08-11-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnani napatyau hai yo chitre mora ko guff!
aarki lai pani kavita lekhidinchhu bhandai thiyo :)
yaha timilai bhandai raichha.

 
Posted on 08-11-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस्टे, ल सुत सुत्, तिम्रो त सुत्ने बेला नि भो होला :)

कति मेरो चियो गरिरा? ;)

अब चार पाँच घण्टा त मेरो बोल्ने फुर्सद नि हुन्न । यो कुरा भोली गरम्ला, हुन्न ?
 
Posted on 08-11-06 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते खुइया अर्दै टोपि हातमा राखेर बसेको रईच । के भो भउते भनेको त मुसाले सारै सताए । रात भरि सुत्न दिदैन, घरका अन्नपात सकाएर केइ छैन भन्त्यो । अनि त्यो पखाराट मुसा मार्ने सापि लिएर आको, चापिमा खानिकुरो राख्यो, खानिकुर चै चट तर मुसो चै नपर्न रइच । सारै अचम्म लाग्यो अनि के रै च त भनेर मैले चियाउन गको त मुसो त हेलमेट लार पो आउदे रइच ।

 
Posted on 08-11-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चित्रे म सोझो छु भन्दै मा म तिम्रो सबै कुरो तिम्रो पत्याउछु कि क्या हो ।
मिस्ते पित् नगर म पत्याउदिन येस्ता झुतो कुरा। मिस्ते अस्ती चित्रे को चोर पकदेको भनेको होईन । तिम्ले फोटो खिछेको भनेको हैन लु तसेदेउ त यो चित्रे र त्यो तल्लो गाम को केटी को फोटो ।
 
Posted on 08-11-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye thulnanee chitrelai kutne re ?? mero bhailai :( :(

aau pahile ma sanga .... himmat cha ???:P:P


yo mysty lai ni maile janya cha dherai pitnekutne kura nagara ??? sisno pani khanu parla :D
 
Posted on 08-11-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपईंको भाई रे, मिस?

हाँरो नि बुईनी हो के! हाँरी बुईनीलाई धोका दे’र चईनी को को परईस्त्रीसंग मस्तिन पाईन्छ के?

हेरुम्ला हाम्पुनि! अईमई माथि हात नहाल्नि भे’र मात्र यो मर्दको बुढो छोरो, नत्र म नि बोल्दिन्थें…आऊ पहिले हाम्संग…हिम्मत छ? :p

तै, ठुल्बुईनी, दा ले सिकाको कराते फराते निकाल्देऊ, लौ। जो जो संग पर्च पर्च। किक सिक हान्देऊ के रे। बरु, किक हान््नु अधि मुजेत्रो अलि माथि सार्ननबबिर्सनु नि! फेरि आफैं ग्वार्लाम् गुर्लुम् लड्लाऊ!

जिम्माले र ग्वाँचे मुलाई छुट्टा’र जाने भ’का थे के रे। नाना भाँतीका बोझेल सोझेल आईलागेछ। खुच्चिङ् फेरि! जिम्माले तेई बुनेसर र ग्वाँचे तेई कोटेसरैं अड्केको सुन्न पाए त, भोली नै भैरवाको पवन मिस्ठानाँट १०८ वटा लड्डु ले’र गनेस बगबानलाई चढाम्थें, गाँठें! लु, भाक्कलै भो!
 
Posted on 08-11-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खितीतितितीतिति...............खितीतितितीतिति...............खितीतितितीतिति...............
 
Posted on 08-11-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai kam ma janu ra matrai...................:( :(
 
Posted on 08-11-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डराउनु भो के रे मास्टर्नी नानी त! काम को बहाना झिकि हाल्नु भो!

हो! हो!! तेस्तेई अरि किक हान्नि, ठुल्बुईनी! हात पुनि चलाम्नि! कम्परैं ताक्नि! अझ देखाईदेऊ, लौ! हान्नै नपरोस्…पोजिसन देखेरै डराएर भागोस सबै!

मुखले नि चिच्याउनि जोर ले! “ईया!!!!!!!!!!!!!!! ह्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!” अर्दै! तो बौसिनीलाई झार्ने बेलाँ धामीको बलडेङ्ग्र्या आँखा याद छ? तेस्तेई अरि आँखैले खाऊँला झै अरि हेर्दिनि!

होऽऽऽऽऽऽऽऽऽऽऽ! पारा ल्याम्छे मेरी ठुल्बुईनि! डराम्न हुन्न यो दाईको बुईनी!
 
Posted on 08-11-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन आएन कि चौतारी त तनक्क तन्केर काँ हो काँ पुगि सक्नी र'च गाँठे! पछाडि देखुन्का कुरा हेर्दै आम्न पर्नी, थकाई नै लाग्यो!
ग्वाँचे पहिला त सोझै हो मुन्छे, अहिले कता'ट यस्ता कुरा सिकेर आ'च? केटाले गरिखानी सूर ल्यायो है!

ठूल्नानी, चित्रेलाई ठीक पार्नी रे! हुन्छ हुन्छ ल! गाममा झगडा नहे-या धेरै भ'। अबचैँ रमाइलो हुनी भ'।
 
Posted on 08-11-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई धन्यवाद यसरी आफ्नो ठुल्बुइनी माथिको साथ दिनु भयो भने कस्ले हेप्ने मलाइ। दाइ ले कराते सराते सिकाउनु भाको काम् लाग्ला जस्तो च। दाइ मुजेत्रो भनेको के हो?हुन्च अस्ति दै ले फ्ल्यिङ् (flying) किक्क् हान सिकाउनु भाको थियो हि ते किक्क् हानुम् ला उदि उदि कसो त दाइ। :P:P
 
Posted on 08-11-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो!!

पुन्टे दाई किन हो त्यस्तो, बिचरी मिसलाई? बरु यसो कुरो मिलाउन पाए सबैलाइ राम्रो हुन्थ्यो क्यारे। ल बरु दुईजनालाई सल्लाह् गर्न दिऔँ दुई जनाको कुरो बुझौँ अनि उनिहरुले जे भन्छन् त्यहि गर्ने नि। हामीहरु झगडा गरेर केहि हुन्न के। पछि दुईजनाको कुरा मिल्छ हामी मात्र आँखा तरातर गर्ने हुन्छौँ।

कि कसो ठुल्नानी अनि चित्रे? कुरो मुनासिब होइन त? अस्ति सिनेमा हेर्न गा'को बेला त निकै मिठो कुरो गर्थ्यौ त तिमिहरु। आज गाम्लेहरुका अगाडी झगडा गरे जस्तो गर्दारहेछन्।
 
Posted on 08-11-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे बज्जेलाई मटरले गुडार लैहालो कोटेसोर तिर आफू मध्य-घाममा बानेसोराँ 'बाहिर बस्नि' ठाम खोज्या खोजेइ। एकातिर ग्वाँचे मोरो एक्लै परो भन्ने पिर, अलि सोजो छ बज्जे फेरि शहराँ कसैले यसो अरुम बनेर फका'र पैसो सैसो सपै खोसिदेलान भन्ने डर्। अर्कोतिर, सटकमै कमिजको फेरले टाउको छोपेर टुक्रु्क्क बसिहामुल अस्तो भयो पेट मठारिएर।
साह्रै भएसि एउडा खाजा साजा पाइनि पसल रेछ चोकै निर
त्यैँ छिरेँ। छिरे पछि क्यारुँ क्यारुँ भो। यउडो ब्यान्चिमा बसेओ त के बस्न सक्नु अइलेइ झर्छ अस्तो भो! त्याँसि एउडा केटोलाई बोलार " ए बाबु चर्पि कता छ हँ?" भनेर सोधेपछि, तेल्ले देखाइदिओ। बाहिर बजियाहरुको हल्लि खल्लिले अर्दा झन्डै आधा घन्टा लाओ सकिन। कराम्दै चर्पिको ढोकानजिकै आम्छन् आफ्नो सातो जान्छ ढोकै खोल्नेहुन कि भनेर। अनि त आउन पर्ने कुरो आउँदा आउँदा बाटो बाटै फर्कने। एइ बम्रितले बल्ल बल्ल सकेर त्याटि निस्केँ।

अब भउतपूर जाने बसाँ चडेर ग्वाँचेलाई खोज्न जाम भनेर फेरि टेसन तिर लाएँ गाम्लेओ। एउडा बसाँ झुन्डिन मात्तै के लाया थेँ " जिम्माल बा!" भनेर कराएओ सुने।
एसो फर्केर हेरेओ त हाम्रो गुन्टेओ नाती मुसुमुसु हाँस्दै मलाई अचम्मसँअ हेरिरारेछ।
" लु बाबु तँ बेलैमा आइपुगिस धन्ने भएस!" भनेर मनमनै भने ।
" कइले आम्नुभा काठमाण्डु? अनि पुन्टे हजुरबा खै त?" म एक्लै देखेर चम्म मानो केटोले।
" भर्खर आम्दैछु, एसपाली ग्वाँचे मोरो सँअ आ'को तो हराएर मेसो मेलो केइ पा छैन"
" जिम्माल बा अइले हाम्रो डेराँ जाम, खाजा साजा खा'र साँझ पख खोज्न जाम्ला ग्वाँचे काकालाई" भनेर भनो। थकाई नि लागिराथो, घाममा पसिनाले सपै जिऊ भिजेओ थ्यो, फेरि तो च्याउँराओ मुत पनि पखाल्नु पर्छ भनेर गुन्टेओ नाति सँअ उसको डेरा तिर लाएँ। भर्खर एसेल्सि पास भ'र साइनस पड्न आको केटो टाठो छ।
त्याँसि तेसको डेराँ ग'र न्वाइ-ध्वाई अरेँ। अनि बेलुकि पख केटालाई ले'र भउतपूर जाने बसाँ चडेर भउतपूर गइयो। अरु बेलिबिस्तार त के लाई भो र, २ घन्टा चाइन्जो खोजेसि सल्लाघारिओ डिलाँ भउतपूरे जाँडले टिल्ल भ'र लडिराओ ग्वाँचे फेला परो! अब कँ , कति जाँड धोको र कसरि त्या सल्लाघारिमा लडो मरे भन्दैन। गाम्लेहरुलाई भन्लाकि?
 
Posted on 08-11-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानि फ्लाइङ् किक् र कराटे त मलाइ नि आउछ है ,मलाइ नि लैजाउ सङै अनि म पनि थपौला चित्रे लाइ :पि
बाहुला होला ठुल्नानि मुजेत्रो भनेको ,ल ल म त बाहुला माथि सारेर रेडि भा छु है कति बजे हो जानि?
 
Posted on 08-11-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी म नि तिमि सितै छु छन त , तर रिस उठो भन्दैमा आफूले मया अर्ने चित्रेलाई किक सिक त किन हान्नु परो र?
एसो मिठो मिठो कुरो अरेर फकाउ बरु, अलि माया कम लाओ होला मोरालाई र तर्कि तर्कि हिँडेओ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters