Nepal ko chora
Replies to this thread:
More by Nepal ko chora
What people are reading
Subscribers
Please log in to subscribe to Nepal ko chora's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 23]
|
[VIEWED 38217
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-11-09 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
माइतिघर निर को त्यो चोक मा धेरै नै भिड जम्मा भएको थियो, त्यो बिहान। एउटा निलो गाडी को बरिपरी जम्मा भएको त्यो मान्छे को भिड भित्र सबै जना के भएको होला भन्ने अनुमान गर्दै थिए। त्यो भिड भन्दा केही किलोमिटर पर वीर अस्पताल को आकश्मिक कक्षमा अनुज सौरभ को बेड छेउमा उभिरहेको थियो। बितेका सात घण्टामा अनुजले आफ्नो नजिकै को एक जना त्यही माइतिघरको दुर्घटनामा गुमाइ सकेको थियो, श्रेया। केही पर श्रेयाका नातेदारहरु भने अन्तिम संस्कारको तयारी गर्दै थिए। तर बिधी को बिडम्बना, त्यस्को एक हप्ता अगाडी मात्र श्रेयाको बिहाको कुरा छिनिएको थियो। अनुज को सम्पूर्ण ध्यान अचेत अवस्थामा रहेको सौरभ माथी थियो।
************************************************************************************
दुई बर्ष अगाडी ठमेलको ब्यस्त सडकमा एउटा नवयुबक भिड को बिचमा देखा पर्यो। उ हातमा नाङो खुकुरी लिएर भिडमा कसैलाई खोजिरहेको थियो। निमेश भर मै एउटा ठुलो भिड उसको वारी पारी जम्मा हुन पुग्यो। आफ्नो सिकार हात बाट फुस्केको भान भए पछी त्यो मान्छे को मुख बाट एउटा शब्द निस्कियो - "साला" अनी हावामा खुकुरी नचायो। तमासेहरु ले डर ले मुख फेरे। त्यतिकैमा एउटा कालो मोटरसाइकल त्यही आएर रोकियो, तमासेहरु को भिड सँगै त्यो नवयुबक पनि त्यहा बाट हरायो।
************************************
काठमाडौं बाट पोखराको लागि उडेको अन्तिम उडानले सौरभलाई नियमित समय भन्दा ५ मिनेट छिटो पोखरा ल्याइ पुर्यायो। त्यस्को केही समय पछी नै जोमसोम बाट त्यो दिन को काम सकेर फर्केको अनुज को हेलिकप्टर पनि केही पर अवतरण गर्यो। अनुज एक हेलिकप्टर कम्पनी मा कार्यरत थियो। अनुज बसेको होटलको लबीमा सौरभलाई उभिरहेको देख्दा आश्चर्यमा पर्यो। "फेरी के गरिस?" अनुज को पहिलो प्रश्न सौरभलाई त्यही नै थियो।
"बुढाले घरमा बस्न दिएनन, अस्ती ठमेलमा अलिकती हानाहान परेको थियो।" "खाना खाइस?" "छैन"
आफ्नो फुपुको छोरा सौरभ जन्मिदा अनुज ले बामे सर्न थालि सकेको थियो। दुबै सँगै हुर्केका भए पनि दुइ जनाको स्वभावमा भने आकाश पाताल को भिन्नता थियो। सानै देखी शान्त, सुशिल, सोचेर बोल्ने, सबै को कुरा सुन्ने बानी भएको अनुज भन्दा सौरभ भिन्न थियो। अरु को कुरा न सुने पनि, अरु ले भनेको न माने पनि सौरभ ले हरेक समस्यामा गुहार्ने ब्यक्ती उसको सबै भन्दा नजिक को साथी अनुज नै थियो। कहिले काही त सौरभ दोधारमा पर्थ्यो, आफु ले अरु लाई न बुझेको हो कि अरु ले उस्लाई बुझ्ने कोशीश न गरेको हो? "तर अनुज ले त मेरो कुरा राम्रो सँग बुझ्छ त, अरु ले चाँही किन मेरो कुरा बुझ्दैनन?"आज पनि घरको किचकिच छल्न लाई सौरभ अनुज को शरण मा आएको थियो। अनुज पनि सौरभ लाई आफ्नै सहोदर भाई जस्तै गरी माया गर्थ्यो, शायद बाल्यकाल देखी को त्यो बन्धन समय सँगै अझ मजबुत हुँदै थियो।
"ल हिड। खान जाउ बाहिर, तलाई भोक लागेको होला। मेरो पनि डिनर खान बाँकी नै छ। "
दुबै लेक साइड मा रहेको अनुजको मन पर्ने ठाउँ मा खाना खाइ सकेर नजिकै को बार तर्फ लागे जहाँ अनुज र सौरभ को भेट एक युबती सँग हुन पुग्यो। हेर्दा राम्री, MBBS गरी रहेकी उक्त युबती को ब्यक्तित्व ले अनुजलाई पहिलो भेटमै प्रभावित गर्यो। हुन त अग्लो, गोरो, सलक्क परेको पाइलट अनुज को ब्यक्तित्व पनि केही कम थिएन। पहिलो भेट बाट सुरु भएको मित्रता बिस्तारै घण्टौ सम्म फोनमा कुरा गर्ने माध्यम हुन पुग्यो। अनुज को ब्यस्त दिनचर्याले सौरभलाई पहिला भन्दा अली टाढा पुराएको थियो। अनुज ले यो कुरा को आभाश पायो कि पाएन, तर सौरभ भने आफु पहिला भन्दा एक्लो हुँदै गएको महसुस गर्न थाल्यो।
************************************************************************************************
केही समय पछी अनुज को घर मा बिहेको गाईगुइ चल्न थाल्यो। अनुजको दुई बर्ष को त्यो प्रेम कथा लाई विवाहको बन्धनमा बाध्ने बेला आइ सकेको थियो, श्रेया पनि पढाई सकेर काठमाडौं मै काम गर्न थालि सकेकी थि। दुबै को परिवारको सहमती ले बिहे को कुरा पनि छिनियो। केही दिन पछी अनुज को घरमा पारिवारिक जमघट थियो। काम बिशेष ले बाहिर जानु परेको हुँदा अनुज भने त्यो जमघटमा सरिक हुन पाएन तर अनुज को प्रतिनिधि को रुप मा श्रेया लाई भने आमन्त्रण गरिएको थियो। भेटघाट, खानपिन को क्रम केही घण्टा चलेर त्यो जमघट सकियो। श्रेयालाई घर सम्म पुराउन सौरभ जाने भयो। अली कती मदिरा को नशा अनी मनमा चली रहेको आधीबेरी ले सौरभको गाडी को गती अचानक बढायो, सडक छेउ मा रहेको बिजुली को पोल अनी पर्खालमा ठोक्किएर गाडी स्थिर भयो। आफ्नो कुरा सुन्ने, सल्लाह दिने अनुजलाई आफु बाट टाढा पुर्र्याउने श्रेया भएको निस्कर्ष अनी अनुज को विवाह पछी आफु झन एक्लो हुने डर को मानसिक द्वन्दमा अल्झिरहेको सौरभ शायद त्यही मौका को खोजी मा थियो।
समाप्त:
Last edited: 12-Jan-09 12:02 PM
|
| |
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-18-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दीप, प्रभो ले आधारातमा भए पनि पढेर केही शब्द लेखिदिनु भएकोमा औधी खुसी लाग्यो। " तर आँफैलाई बुझ्न नसक्नेले अनुज र श्रेयालाई बुझोस पनि कसरी र?" कुरो त सोरै आना साचो हो। सौरभ जस्ताको फेला मा त कोही पनि पर्न न परोस। nails, thank you very much. I am glad that you liked the story. :) somewhereondeath,कथा पढेर केही शब्द लेखिदिनु भएर हौसला बधाईदिनु भएकोमा मेरो पनि धन्यवाद छ। freak_alien, बन्धुलाई पनि कथा मन परेको सुनेर मलाई खुसी लाग्यो। हौसला बढाउने ति पन्क्तिका लागी मुरि-मुरी धन्यवाद छ। :)
|
| |
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 01-20-09 11:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नितान्त आफ्नो स्वार्थ मात्र सोच्ने निर्दयी साथी हुन्छ त?!! कुरो त निकै गहिरो जस्तो लाग्यो --- कथा सिध्याउन हतार गरेको त हैन नेप्चे भाइ? जे होस पढिसक्दा शब्द संगै मन पनि स्तब्ध भयो!! :)
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-22-09 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुभा दिदी, खै स्वार्थ त मित्रता बिचको द्वन्दमा कहिले काही स्वार्थ ले पनि जित्दो रहेछ क्यारे। कथा सकाउन हतार त गरेको त हैन। पढेर दुई शब्द लेखी दिनु भयो, त्यही मेरो लागी ठुलो कुरा भयो। :-)
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|