[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chautari XVII

[Please view other pages to see the rest of the postings. Total posts: 307]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135896 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-30-06 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे
तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्


मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***

Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p

*** *** ***

uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)

*** *** ***

gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?

*** *** ***

Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

*** *** ***

Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-

खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***

CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?

*** *** ***

Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु

pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।


गौतमजीको कविता:

हाम्रा दिन गएछन शेरखाँ


जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ

हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!


 
Posted on 07-03-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरीले त मलाई चिप्लेकिरा जस्तो पो भन्छे त। पोर्चुगल त मेरो पहिले देखि नै दोस्रो फेभोरात पो थियो।

तिमीसँग मीठामीठा तितौरा छन् भने यता तिर नि पठाईदेउ न, तितौरा सम्झियो कि मुखमै पानी आउँछ भन्या।

खै ठूल्नानी पनि कता गईछे, यस्सो टुप्लुक्क देखा परेर फेरी हराई।
 
Posted on 07-03-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपल्टीको गेंदपर्वको नातीजा

जर्मनी ०-१ इटाली
पोर्चुगल २-१ फ्रान्स

तेस्रो-चौथो छुट्ट्याउने खेल
जर्मनी ३-१ फ्रान्स

अन्तीम खेल
इटाली ३-१ पोर्चुगल

सर्वाधिक गोल गर्ने खेलाडी
क्लोसे - ६ गोल

अस्तु:।
 
Posted on 07-03-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ तेत्रो तेत्रो गोल गर्छ भन्या?

अन्तिम खेल पोर्चुगाल-इटालियानो
१-०

ल गालउ, बाजी ठोक्नी? हजार येनको ल!
पोर्चुगालको पक्षमा हजार येन लु. गोल संख्या जेसुकै होस्. लु!
 
Posted on 07-04-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ह्या त लात्ते भकुन्डोको खिचा तानि चलेरच के रे नेपाला लोकन्तरको जस्तै । जे भ नि त्यो अम्रिका को इसपिन टिपिले एसिया र अर्जेनटिनलाइ वास्ता नगरेर त्यो बराजिललाइ काखा राउदा त्यो बराजिल हार्दा मेरो त हड्डि हासेको थियो के रे । जे भे नि त्यो जुरमुनि त न जितोस क्या । तेस्को देस्को चौरा खेल्दैमा तिनिहरुले जित्नु पर्च र ? जे भ नि तेइ पोचुगल ले जितोस क्या । मुन्छे हामि जस्तै कपालनि कालो । ळो म त रौसि खान गए घर्रतिनि कान्छि का । कोइ छ आउनि ??
 
Posted on 07-04-06 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजार येन मात्तै? म त इटालीको लागि २ हजार येन थाती राख्दिन सक्चु।
 
Posted on 07-04-06 5:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1000 Bhanda ta rakhdina. Sunday morning 04:00 bata re last match.
Sutnu parena?

Naherni khelko pani ke ko 2 hajaar ra 3 hjaar ho?

La 1000+ 1 cup of coffee!

Portugalko dhagoma ayera baji hane bho.
Anti ta kati kati paainchha ni.
 
Posted on 07-04-06 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sunday morning 04:00 -> Monday morning 04:00
 
Posted on 07-04-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारी तिमी ले ठीक भनेउ यो चित्रे कस्तो चिप्ले किरा जस्तो कहिले को कहिले को ।
तितौर मेरो आमा धरै चलाक हुनुहुन्छ मैले गृहकार्य गरेको भन्द खै देखय् भनुहुन्च।अब के गेर्ने तिमि नै भन। आइले नि थाहा नपौने गरि चौतरि म सुतुकै आको।
 
Posted on 07-04-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी लरक्कै लर्केँ।
चौपारीमुनि बाटो चिप्लो भएछ आजको पानिले।

ए आपताउनगाल!
 
Posted on 07-04-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-05-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर मास्टर्नी दिदिले नयाँ चौतारी पनि खोलिसक्नुभएछ राम्रो छ नयाँ चौतारी ।
ओके जी धेरै दिनपछि झुल्किनु भयो नि? मन्जुको कथा पनि सकिएको छैन नि हैन त, कहिले सिध्याउने हो कुन्नी?
बनभोज गर्ने कुरोमा चाँही मेरो पनि मन्जुरी छ है ल मासु पोली खाने हो? त्यो पो मजा आउछ त :)
कुम्ले किन हांसेको त्यस्तो बिधी?

म पनि आज एउटा शायरी राखौ है त? पहिले कतै सुनेको थिएँ। यो चाहिं सबै चौतारीलाइ बिर्सेका साथिहरुलाइ है त।

युँ तो हम् बहुत् खुश हैं
बस् आँखो मे गमि सि है
कहेने को तो सब् कुछ् है
लेकिन् तेरि कमि सि हैं
 
Posted on 07-05-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो शायरी सुनाउनु भयो प्रीति जी ले। तर यो "तेरी कमी सी है" मा "तेरी" चाँही को होला कुन्नि?
 
Posted on 07-05-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम्!
)))))तो के जाति यनये (ANA) ले अर्दा गर्धन फुलेर स्वर सुकेछ(((((
 
Posted on 07-05-06 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम !
पुन्टेदाइलाई सलाम छ, भाउजुलाई नमस्ते,
सालीलाई (जुरेलीलाई) सोध्या छ भनिदिनु।
कसले भनिकन सोधेछन भने,
हेssssssssssssss उही त हुन् नि भउते ज्वाँइले सोध्याछन भनिदिनु।

फर्सि धेरै पाक्यो भने भित्र भित्र कुहिन्छ,
भेनाकोमा साली बसे अनेक कुरा सुनिन्छ,
रातो राम्रो गुलियो मीठो बैँश छँदा खेरी,
हामी जस्ता झिल्के ठीटा पाउने छैनौ फेरि। (देब्रे आँखा झिमिक्क)

पुन्टेदाइलाई सलाम छ.................

सेतो कागज कालो मसी लेख्नलाई रसिलो,
भेनाको घर फुत्त छोडी बिहे गर म सित,
कलङ्कीलाई रोज्यो भने चौतारी हँसाउला,
हामी सँग बिहे गरे नायग्रा-फलस् जाउँला। :p

पुन्टेदाइलाई सलाम छ.................

:-)
-भउते
 
Posted on 07-05-06 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राम राम,
स्पेन हार्यो, ब्राजील पनि हार्यो, हुंदा हुंदा यो पोर्चुगल पनि हार्यो,
अब यो कुखुराहरुलाइ कल्ले हरौंनि होला नी?

पुन्टे दाइ,
मेरो घांटी पनि अझै खुलेको छैन, गांठे।

सांहिला।
 
Posted on 07-05-06 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते वेल डन,
अब तपाँइ नि जिस्काउन थाल्नु भयो हैन? अब कसरी सुधार्ने होला?? हे हे हे!! ल ल रमाइलो गर्नु। मैले तपाँइ लाइ म्यासेन्जर मा याड गरेको छु है।
 
Posted on 07-05-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मा सबै लाइ मेरो हृदय देखि नमस्ते। धान नि बिक्री भएन यसपाली, अब नाम नलेखाइ पढ्ने बिचार गरेको छु के रे। यसो बाहिर बसेर पढ्दा पैसो नलाग्ला नि। फेरि मिस ले जाँच लिने भन्नु भाको नि प्रश्न नै आउट भएर क्यन्सेल भयो। अब अर्को साल फेरि दोहोर्याउनु पर्ला।

खोइ त गाना गाउनु हुने साथी हरु कता हराउनु भयो??
 
Posted on 07-05-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना कबिता लेख्दै चन । आफु लाई त लेक्न आउँदैन ।
भौते ले कति राम्रो कबिता लेखेका हुन ।
 
Posted on 07-05-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भउतेले भियाग्रा खाएच कि पुन्टे दाइकि सालि सं नियाग्रा फल्स जाने कुरपो गर्च बा ?
 
Posted on 07-05-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमाना फेरिएछ, हराएकी प्रीति राम्टिके (romantic) भएर फिरिन्।
भउते लोकगायक भएछ, उता नमे जे कुरा सुनेपनि भियग्रा सम्झिने भएछ।

आफूलाई भने बडो बोर लाग्या छ, कालो बोको भाकेर पनि काम लागेन, पोर्चुगल ओरालो लाग्यो। कचौरा नयाँ टोलीले लैजाओस् भनेर भाकेको थें, हैन हाम्रा देउताले फूटबल बुझ्दैनन् कि
के हो?
पोर्चुगलले हारेपनि कालो बोको जिम्दै छ है गाम्ले हो,बनभोजलाई।

एउटा सानो टुक्रो खोकिहालुम् यो पटक पनि। यो ब्यक्तिको मात्र बिरोध नभएर प्रवृत्तिको विरोध हो। (फोटो साभार: उमेशको संसार)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters