[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 163773 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-16-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्काले खिच्या फोटो ल्याएर क्रेडिट नै नदिई टाँस्नी?

http://www.samudrapari.com/
http://www.samudrapari.com/pics/gallery/sized/5_fulko%20jangal.jpg
 
Posted on 11-16-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाले जपनिजां दाइसाकु भनेको नेपालीआं त दादा गिरी हुन्न र?
अन्त के रे त्यो फुटो त मेरै हातले खिचेको हो क्या, कतै कतै मेरा हातका रेखा होलान ।
हातका रेखा त अलि अलि उता सरे पनि अझै झन ।
 
Posted on 11-16-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज बार बर्खमा चाइन्जो तिनजना पुराना चौतारिका बुडा भेला भएछन्।

गोताएँ, दादा, नमे सपैलाई फेरि जदौ!

अरु हरा'का बुडाहरु काका, बेसिथाने, मुन्द्रे, सिरे, लाले सपैलाई खोज्नु परो। छर्छरि नाति नातिनाले कतै बिर्दासरम तिर त दौडाएनन् तिनेरलाई?

नमेले लेखेओ टुक्रो मैले नि पढेओ थिएँ, गजप लेख्दा रैछौ!
 
Posted on 11-16-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै !

ग्वाँचेलै दु:ख दे'र ल्याको पैसाले चित्रेले ब्रासलेट किनेछ --

आदित्य =हितेश-‍‍‍=चित्रे
(ग्वाँचे माफ पाम है कथालाई चौतारीसंग गासेर बंग्याइदेकोमा
'फ्रेन्डसिप ब्यान्ड' साच्चिकै राम्रो छ खुब मन पर्यो मलाइ)
************************************************
हात भरि रंगि चंगि चुरा धागो लगाउन रहर गर्ने स्नेहा सबजनाले हातमा मेहन्दि लगाउदा पनि मतलवनै नगरेर बसेको देखेर श्रीयाले भनिन 'ल स्नेहा तिमीलाई म राम्रो बुट्टा बनाइदिन्छु "
"नलाउने मेहन्दि?" स्नेहा सुनेको नसुन्यै गरेर बसिरहेको देखेर उन्ले फेरी सोधिन ।
"होस मलाइ हात रंगाउनु छैन" उस्को कठोर आवाजले श्रीया झस्किइन्।
"किन?" प्रतिप्रश्नले उ नजिकै आइ अनि चुपचाप हात अगाडि बढाइ
उस्को रित्तो नाडि देखेर श्रीयादिले सोधिन्" खै त तिम्रो फ्रेन्डशिप ब्यान्ड?"
"चुडियो"। उस्ले हेर्दै नहेरि एक शब्द मै कुरो टुंग्याई।
"कसरी" भनेर सोध्न मननलागेको त कहाँ होर ? तर उस्को मलिन अनुहार देखेर चुप लागेर हातमा मेहन्दिलागाउन थालिन श्रीया।
**************************************************
केहि दिनपछि-------------
" दि!" स्नेहाले आखाँ छोप्दिदै भनि।
"ल मेरो आँखा किन छोपिदे'को ।" श्रीया उस्को हात हटाउन खोजिन्।
"हुदैन' । उस्ले हात बलियो बनाइ।
उन्ले स्नेहाको हात छाम्दै गइन । हातले केहि स्पर्स गर्यो ।
"यो के हो ? खै देखाउ त ?" स्नेहाले बिस्तारै हात हटाउदै गइ
"कहाँ पायो?" आश्चर्यचकित हुदै सोधिन श्रीयाले।
स्नेहाको आँखामा खुशी र त्रास एकैपटक उर्लेर आयो।
"साथिले दिएको" दवेको आवाजमा उस्ले भनी

"यति महंगो?!! को साथिले दियो?" "
"आदित्य"स्नेहाले भूइ कोट्टाउदै भनि।
"फिर्ता गरभोलि"दिले संझाउदै भनिन " भरखर कलेज शुरु गरेको मान्छे संग यति महंगो ब्रासलेट किन्ने पैसा कसरी हुन्छ?"
"मलाइ था'छैन"।स्नेहाले आफ्नो हात समाउदै टाउको हल्लाई।
"ल बाबा मामूले था'पाइस्यो भने " श्रीयादिलाई पनि साच्चि डर लागेर आयो
"मामूले सोध्दा म दिले दिएको भन्छु " अनुहार चम्किलो बनाउदै उस्ले श्रीयाको हात समाउदै भनि । भित्र देखि रहात पुग्यो श्रेयादिलाइ।
श्रीयाले मुस्काउदै भनिन "स्टुपिड"
*****************
 
Posted on 11-17-06 3:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-06 4:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है मुइले त बिर्सिसक्या थे त्यो रेस्टुराँको कुरा । अस्ती यस्सो साउको कामबाट फुर्सद भए पछि पुराना कुराहरु सम्झिदै बसेको त सप्पै गाम्ले'रुले थाहा पाइछन गाँठे ।
लौ अब पञ्चायत बोलाउने भे पञ्चायत बोलाम्, बहुदल बोलाउने भे बहुदल बोलाम्, लोउतन्त्र बोलाउने भे लोउतन्त्र बोलाँउ, मुइले पुइसा नपाए नि मुद्दा चौतारीआँ आएसी छिनोफानो त हुनैपर्‍यो । मैले झुठा कुरा गर्या भे अथवा मुइले बदमासी गर्या भे जे सजाय दे पुनी सहन्छु । बाले भन्नु भा' अन्याय सहनु हुँदैन रे ! माइल्दाइले अन्याए अर्दा एक करोड भुन्दा बढी मुन्छे सडकाँ उत्र्या होइनन ?
तेइ भे'र पुइसा सुइसा चाइँदैन मुलाइ तर न्याए त पाउनु परो नि, त्यो रेस्टुराँको साउले ढाडाँ हानेको लात्ती मुटुमा लागेको छ आफ्नो । त्यो कता कता औरिकाँ पुन्टेदाइकाँ कुन्नी को ले जाँडले फिट्टु भेर के के कुरा ओकलेको अनि चित्रे ब्रोको मा नि कुन्नी कस्को डायरिको पन्न भेट्टिएको भुन्ने सुन्या थे । लौ न हजुर बियरको बियर, कोकको कोक त हुनुपर्‍यो नि ।
आगे ख्वामितहरुको जो आदेस !!!
 
Posted on 11-17-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ६ ठुलि
हाजिर मिस्
चित्रे को कथा नि राम्रो लाग्यो ।
 
Posted on 11-17-06 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, ठुलीले हाजिर गरिन्। म चैं बिदा है!!

रोल नम्बर २ -- गालब
 
Posted on 11-17-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोज गर गालाब, आफ्नो त मेला जाने बेला भो ।
 
Posted on 11-17-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चूप लागेर बसेको थिएँ। अब बोल्नै पर्ने भो। के गर्नु नबोले आफैँलाई अनि आफ्ना जिग्री दोस्तहरुलाई यस्तो खडयन्त्र गरेर दोष लाग्न थालेछी नबोलेर सुखै भएन।

त्यो दिन:

"कसैलाई के को धन्दा घर ज्वाइँलाई खानाकै धन्दा, कहाँ बाहिर जान लागेको मान्छे फेरि अर्को डेटमा सङ्गै आउछु भनेर बेकारमा", हितेशलाई म सेन्टी भाको मनपरेन जस्तो लाग्यो।

"चूप लाग, तलाई के थाहा मनको कुरो, मनले भनेपछि भन्यो भन्यो", आफ्नो कुरोलाई सहि पार्न मैले मेरो मनलाई हतियार बनाएँ।

"के को मन नि? अघि सम्म यहाँ आउन नि मानेको थिइनस, अहिले एक्कासी के भो तेरो मनलाई?" हिते जङ्गियो।

"हत्तेरी! तिमेरु झगडा नगर न! ठिकै छ नि कुम्ले, अब खर्च बेहोर्छौ भने आउँला नि अर्कोपल्ट फेरी" निशान्तले जङ्गिएको हितेलाई सामसुम पार्दै मलाई भन्यो।

"हो त! खर्च बेहोर्छु त भनेकै छु नि" मैले निधो गरिसकेको थिएँ।

"त्यसो भए त्यहि खुसीमा फेरि अर्को जाओस न त" निशान्तले वेटरलाई इशारा गरेर बोलायो।

त्यो एक दुई वटा टेबलको वेटरचाँहि जहिलेपनि एउटै मान्छे पर्ने हो कि के हो, उहि अघिको वेटर फेरि आइपुग्यो अनि खिसिक्क हाँस्यो हाम्लाई हेरेर।

"के खाने नि?" मैले सोधेँ

"खाने होइन, पिउने" हिते तम्सियो

"पिउने? ल ल तिमेरु पिउनु, मैले त अहिले तँलाई घरसम्म पुर्याएर आफ्नो घर नि जानु छ, म चाँहि पिउदिन" म त त्यसै त्यो रूपको नशामा झुमिरहेको थिएँ त्यो बेला।

"यस्ले पिउदैन, तिमी र म पिउने है त" हितेले भन्यो अनि वेटर तिर हेरेर अर्डर गर्यो, "दुईवटा कार्ल्सबर्ग अनि चिकेन चिल्ली दुई प्लेट"

"हुन्छ" निशान्तले समर्थन गर्यो अनि मलाई हेर्दै भन्यो, "कुम्ले, दुई हफ्तापछि मेरो दिदीको बिहे छ, त्यहि भेटौला नि उनिहरु सङ्ग, कसो?"

"यो यहि शुक्रबार उढ्दैछ बाहिर" हितेलाई मेरो सबै स्केजुल याद थियो।

"त्यसो भए पर्सि मिलाउला नि हुन्न?" निशान्तले प्रोग्राम बनायो।

"हुन्छ" म मख्ख भएँ

वेटरले हाम्लाई अर्डर बमोजिम ल्याईदियो। निकै बेरको बसाईपछि वेटरले बिल लिएर आयो।

मैले बिल हेरेँ। मेरो दिमाग खराब भयो। "यो सब के हो? अघि निशान्तको डेटकोपनि पैसा छ नि यसमा त", मैले वेटरलाई सोधेँ।

वेटरले मलाई हेर्यो अनि फेरि मुसुक्क हाँस्यो मात्र केहि बोलेन।

"हत्तेरी! यो कुम्ले नि सानो सानो कुरो दिमागमा लिन्छ, अघि भर्खर पाएको १०० डलरको के काम नि, फेरि पर्सी भेट्ने कुरो नि मिल्दै छ" हितेले मलाई उक्स्यायो।

"ल ल ठिकै छ, त्यसैपनि मैले तिमेरुलाई भिसा लागेपछि ट्रिटपनि दिएको छैन, अब यसले सबै ब्यालेन्स गर्यो है त" भन्दै मैले खल्तीबाट २५०० रुपिया निकालेर त्यो बिल सङ्गै राखेर वेटरलाई "बाँकी पैसा तिमीले टिप्स राख्नु है" भनेँ

त्यसपछि हामी सबैजना बाहिर निस्कियौँ।

"खूब रमाइलो भयो नि आज?" हितेले झम झम भएको सुरमा भन्यो।

"हो यार खूब रमाइलो भयो, आज त मेरो डेटपनि राम्रो भयो अनि त्यसपछि बिल नि तिर्नुपरेन, अझ तिमेरु सङ्ग यसरी बस्न पाइयो" निशान्तले थप्यो।

"मलाई नि राम्रो भयो आजको दिन, कम से कम एउटा राम्रो अनुहार त यो मनमा सझाएर राख्न पाइयो" मैले नि हो मा हो थपेँ

त्यत्तिकैमा पछाडीबाट कसैले दिएको धक्काले हिते भुइँमा पछारियो।

"ए चित्रे! छिटो मोटर साइकल स्टार्ट गर" भन्दै एउटा मान्छे दौडिदै गयो।

मोटरसाइकलमा बसेको केटाले मोटरसाइकल स्टार्ट गर्यो। त्यो दौडेर गएको मान्छे त्यसमा चड्यो।

"अब त पैसा पुग्छ होला नि गिफ्टको लागी?" त्यो मोटरसाइकल कुदाउने मान्छेले सोधेको अलि अलि सुनियो।

"अरे अरे! त्यो दौडिने केटा त अघिकै वेटर होइन र?" भुइँमा पछारिएको बेलामापनि हितेले उस्को अनुहार हेर्न भ्याएछ।

समाप्त अहिलेलाई :P
(क्रमश: यदि फेरि अर्को कथा लेख्न जरुरी भएमा :पि)

:D
 
Posted on 11-17-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेले के भन्थ्यो होला जस्तो लाग्यो --
****
म चैं डबलि गैं छैन– सत्तेनारन्थानाँ नी गएँ छैन --- रेखा घर् आगाडी चुइगम् किनेर बस्या छ कि भने छैन --- रेखालाइ नि देखिन --- यो चाँइ यता कुरा सुनेर् बसिरा रे छ ---बाङ्गेले मलाइ कता कता खोज्यो तेस्को जानकारी दियो --- अनि फेरी सोध्यो “यी केटीहरु त मन् ध्वस्तै गर्लान जस्ता रे छन् --- को यार् यिनीहरु? अनि त्यो मान्छे चै रिसार मल्टाबारा जस्तो देखिन्छ – को नी यी केटीहरुको बा?

खै एउटीको बा एउटीको फुपाजु रे। सुन्या कुरो सुनाइदें।

तँ चैं ह्या के गरी रा त? कि तँ माथि नी आइलाग्नि हो की मल्टाबारा? तैले केइ गरीस् कि के हो?” बाङ्गे ससन्कित् भो।

“मैले के गर्नु? गर्न पा भे त हुन्थ्यो नी – यिनिहरु आफैले गरेछन्” मैले झर्केर भने ---यस्सो सटकाँ हल्लिदै जस्तो गरेर तिनीहरुको चोकाँ गर्या कुरो सुन्न ला बज्ज्या बाङ्गेलाइ फेरी बयान् दी रनु पर्यो।

के गरेछन् हँ यिनीहरुले --- हुन त हेर्दै केइ गर्लान् जस्ता छन् --- के औधि राम्रा रछन् हो केटीहरु त” बाङ्गेले उस्का आँखा केटीहरुमा ठोक्काउदै भन्यो। केटीहरु चै बिचरा टेन्सन्मा चिट चिट देखिन्थे।

"के गरेछन् भन्या?" फेरी सोध्यो बाङ्गेले ---एक सुरमा केइ गर्न दिदैन अलछिना बाङ्ग्गे–रीस् उठ्यो आफुलाइ --- आखालाइ सौन्दर्यपान् गराउदै थेँ भाँड्यो।

“नाङ्लाँ जाँड खार आएछ के ---“ भन्देँ।

ल “माँ-----“
ए बाङ्गे ए! मनपरी नबोल त! रोक्नै पर्यो नी ---

त्याँ अघि एउटीले फर्केर हेर्या थी --झन्नै सास् रोक्या जस्तो भा थ्यो आफु तेइ आशाँ बसीराछु---

"हैन आम्म्माम्म्मा भन्या के" बाङ्गेले कुरो सच्याउदै सोध्यो फेरी--- हैन काँ पाँइदो रे छ नाङ्लाँ जाँड्? अनि कसरी तन्काउँनी नी? चुइदैन त?

तेस्तो नाङ्लो हैन --- मैले भने।

"अनि कस्तो त?" बाङ्गे उत्सुक् भो—हामि पानि जनु पर्यो यार् त्याँ काँ रे छ – धेरै चोटी धेरै थोकाँ हालेर खाइयो जाँड् तर नाग्लाँ चाइ खा छैन नखा कुरो--- बौधाँ समेत् नदिनी त्यो ठाम् काँ रे छ --- अनि इ केटीहरुले काँ बाट फेला पारेछन् --- यिनीहरु त उग्रै होलान जस्ता रे छन्।

नाङ्लो भन्या होटेल् के त्याँ दरबारमार्गाँ --त्यो होटेलाँ गएर तन्काएछन् के --- एउटा निशान्त भन्नी सँग गएर। सुनाइदेँ।

"अब भो? कुनै कुनै डाँका त के सारो भग्गेमानी हो! कोइ कोइ चाइ एउटालाइ दुइटा रे अनि हामी दुइटालै चै एउटै छैन।" बाङ्गेले नी आफ्नो दु:ख पोख्यो।

यत्तिकैमा बा ले हामी त्याँ के खान अल्मल् अल्मल् गर्या हो भनेर घुरेर हेर्या मात्रै के थिए बाङ्गेले म तिर हेर्दै भन्यो – “देखिस्? बुवा रीसाउनु भो – त्यो निशान्ते सँग सङ्गत नगर मान्छे ठीक छैन भनेर मैले यस्सै भन्या हो?”
****

अभिबादन।
 
Posted on 11-17-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दीप जी!!
क्या दिनी यार!!

नमस्ते गरेँ है, प्रभो!!
 
Posted on 11-17-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

बाब्बाऽऽऽऽ ! यहाँ त तीन तीन वटा कथा आउन भ्याईसकेछ, फेरी दुईटा कथाले त मलाई नै निशाना बनाका रैछन्। लौ म अब कसरी बच्ने हो, कथाको बमवारी शुरू भो!!

ए ठूली, ल तिमीले मेरो डिफेन्समा यौटा कथा हालिदेउ न, आफ्नो त दिमाग नै ट्युब लाइट जस्तो भैरा'छ, भरे बेलुका मात्र बल्ला जस्तो छ।
 
Posted on 11-17-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सबै पढि सिध्याए।
OMG निशान्तको कथाले त गर्नु गर्यो, कति हसाउन सक्या गाउलेहरुले। :D:D:D:D
चित्रेको डायरी, शुभ दि ले नि टुक्रा लेख्नु भेछ, अनि कुम्लेको डिफेन्स् फेरि दीपको क्लासिक्। तितौरी तिम्ले नै शुरु गर्या हो अब तिम्ले नै क्लियर् गर्देउ न त हामी त सारै कन्फुसियाट् भएम् है।
 
Posted on 11-17-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG निशान्तको कथाले त गर्नु गर्यो, कति हसाउन सक्या गाउलेहरुले। :D:D:D:D
चित्रेको डायरी, शुभ दि ले नि टुक्रा लेख्नु भेछ, अनि कुम्लेको डिफेन्स् फेरि दीपको क्लासिक्। तितौरी तिम्ले नै शुरु गर्या हो अब तिम्ले नै क्लियर् गर्देउ न त हामी त सारै कन्फुसियाट् भएम् है। :P


--------------------------------------------------------------------------------
 
Posted on 11-17-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG निशान्तको कथाले त गर्नु गर्यो, कति हसाउन सक्या गाउलेहरुले। :D:D:D:D
चित्रेको डायरी, शुभ दि ले नि टुक्रा लेख्नु भेछ, अनि कुम्लेको डिफेन्स् फेरि दीपको क्लासिक्। तितौरी तिम्ले नै शुरु गर्या हो अब तिम्ले नै क्लियर् गर्देउ न त हामी त सारै कन्फुसियाट् भएम् है। :P
-----------------------------------------------------------------------------------------------------
बा बा नसकिने भो
निसान्तेको कथा ले

काउण्टर एट्याक ले साह्रै हासो लाग्ने भन्या बल्ल पढेर सकियो

सबैलाइ जदौ !!
----------------------------------------------------------------------------------------------------

ए ठुलि कथा लेख्न बस्या हो ??

चित्रेले ठुलिले लेख्छिन भन्दै थ्यो त .
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters