[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 169122 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 01-20-06 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा पुरानो कबिता....

नियती -

सडकमा हजारौँ मान्छेहरुको
जुलुस निस्कँदा
हरेक पटक,
‘नेपाल बन्द’ हुँदै जाँदा
बिर्खैको कान बन्द हुन्छ,
मन शून्य हुन्छ, तर
पेटमा खलबल हुन्छ;
मानौँ पेटले भनिरहेको छ,
आज पनि आन्द्रामा
केवल पानी भरिने छ!

 
Posted on 01-20-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kabita ramro chha.....
lekhdai janu hola.....
 
Posted on 01-20-06 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kabita la ralfa sahitaya ko yaad dilauchha..
kabita ramro lagyo...
sahitaya ma kranti ra santi bubai sakti hunchha......sabaile bujheko kura ho justo lagchha.
 
Posted on 01-20-06 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्छ भंगेरो
खै, यो कौसिमात
कसैले दाना छरेन
अन्नमा बिग्रीएको त्यो चरो
गड्यौला खोज्न के गाला
 
Posted on 01-20-06 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला,
म त तिमीबाट धेरै अनुग्रहित भएँ। त्यो कबिता त मेरैलागि लेखेझैं लाग्यो।
आफू त कबितामा सुन्य छु गाँठे। तर पढ्दा पढ्दा त कोशिस चाहिं गरुँ गरुँ लाग्दैछ।
 
Posted on 01-20-06 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

correction:

गड्यौला खोज्न के गाला
should read
गड्यौला खोज्न के जाला
:)
 
Posted on 01-20-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuit, छोटो, मीठो, तीखो गएछ ल।
 
Posted on 01-20-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुण तपसी जी,
धन्यवाद् छ कबिता मन पराइदिनु भएकोमा। तपाईँको त नाम नै साहित्यिक छ नि :)

' मै खाउँ, मै लाउँ, सुख सयल वा मोज म गरुँ
म हासुँ, मै नाचुँ, अरु सब मरुन दुर्वलहरु
भनि दाह्रा धस्ने, अबुझ शठ देखि छक परि
चिता खित्का छोडि, अभय सित हाँस्यो मरि मरि'

पक्कै पनि लेखनाथ पौडेलले लेख्नु भएका यी हरफहरु बाट तपाईँ प्रभावित हुनुहुन्छ, हैन त? :)
------------
le chef du nuit जी गषब लेख्नुभयो! अरु पनि जावस न है?


साइँला तिमी पनि लेखन... माथीको कबिता तिमिलाई ठ्याक्कै मिल्यो भनेपछि त तिमिले पनि कबिता फुर्याए भयो। लेख्न थाल निस्कन्छ!
:)
 
Posted on 01-20-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

irony..


मनमा त्राश छिर्न नदिन
अजंगको पर्खाल ठडाऐं
मलाई के थाहा
पर्खालले मलाई पनी थुन्छ भनेर
 
Posted on 01-21-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा यथार्थ! शायद धेरै साथिहरुले भोग्नुभएको होला

एक्लोपना –

हरेक रात, विरक्तिएको उदास गित संगै,
मेरो एक्लोपना बग्न थाल्छ।
मदीराको तातो स्पर्शले
मलाई जलाउँदै भए पनि,
एकछिन साथ दिन्छ
र भोलीसम्म बाँच्ने साहस फुक्छ।

बितेका हरेक पलहरु,
एकछिन आँखा अगाडी चल्न थाल्छन।
एकछिन मै ति हराउँछन
र मेरो अनिश्चित भविश्यले,
फेरि मलाइ भित्रै देखि खान थाल्छ।
म चोइटिन्छु, खण्डित हुन्छु र फुक्लिन्छु ।

फेरि ति चोइटिएका टुक्राहरुलाई,
म जोड्ने प्रयत्न गर्छु।
फुक्लिएको ‘म’ लाई म टाँस्न खोज्छु।
फेरि एकछिन,
मेरो आफ्नै अस्तित्वमा म हुन्न।
नशाले मेरो नसा नसा ओगट्दा,
मेरो ‘उदासी’ मेरो हरेक तन्तु बाट निस्कन्छ!

 
Posted on 01-21-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपमा
खातका खात ळास माथि
टुक्राइएका मानब शरिर माथि
तातो रगतको ताल माथि
‘दानव’ ताण्डबनृत्य गरिरहेछ।।

पलाउदै गरेका पालुवालाई
हुर्कदै गरेका मुना हरुलाई
घाँटी देखि निमोठ्दै
हेर ‘पशु’ चरिरहेछ।।

आमालाई कुल्चदै
लुछ्दै, चिथोर्दै , हुत्याउदै
निर्वस्त्र गराउदै , तिखा नङ्ग्राहरुले
हेर ‘कुपूत’ छेडीरहेछ।।

लाठी बुटको सहाराले
लुक्दै छिप्दै खोर हरुमा
हत्केलाले सूर्यछोपी
‘पिशाच’अन्धकार तिर लम्किरहेछ।।
 
Posted on 01-22-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuit, छोटो, मीठो, तीखो गएछ ल।

तरुण तपसीलाई कविताको देशमा स्वागत ।

बिर्खे जिम्माल र माष्टर्नी नानीको लगनलाई सलाम।

आज अचेल चल्दै गरको कविता राख्दैछु। अझै धेरै मिलाउन बाँकी छ जस्तो लाग्छ। हुनत लेखिसकेको कवितालाई पछि आएर सच्याउन त्यति मन लाग्दैन मलाई, तर यसलाई भने अलिक मिलाउनै पर्ला जस्तो लागेको छ। अहिलेलाई साथीहरुको प्रतिकृया र सुझावको आशा गर्दै राख्दैछु।


"इतिहासको यो कालो पाना"

एउटा ब्याधा-
मासु नखाने घोषणा गर्छ संसार सामु
र घरभित्र पसेर
त्यसै उपलक्षमा परेवा काट्छ,
एउटा जँड्याहा हाकिम-
कहिल्यै नपिउने प्रण गर्छ अड्डामा
र घर फर्किँदा
त्यसै उपलक्षमा भट्टी पस्छ,
एउटा लम्पट लोग्ने-
धोका नदिने कसम खान्छ दशौँ पटकको
र सोझी स्वास्नी मन्दिर गएको बेला
लुसुक्क बेश्यागमन गर्छ;

इतिहासको यो कालो पानामा-
ब्याधाको राज छाएको छ
जँड्याहाले काज पाएको छ
र लम्पटले पाठ पढाएको छ;

इतिहासको यो कालो पानामा-
'कटवाल' को मुख थुनेर
यन्त्रमानवहरु भजन ओकल्छन्
समाचारको नाममा,
बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा;

इतिहासको यो कालो पानामा-
एकै दिन एकै प्रहर
एक हातले सञ्चार सम्मेलनको रिबन
र अर्को हातले टेलिफोनको तार काटिन्छ,
एकै ठाऊँ एकै ठहर
मुखले रामराज्य घोषणा गरीरहदाँ
हातले स्वतन्त्रताकी सीताको हरण गरिन्छ;

र म पनि सोधिरहेछु
इतिहासको यो कालो पानासंग-
ब्याधाको राज अब कति छ?
जँड्याहा संग इतिहास हाँक्ने के हुती छ?
र लम्पटसंग कुन नैतिक सम्पत्ति छ?
चुनौती हो यो मेरो
इतिहासको यो कालो पानालाई-
अब तँसंग
पाप लेखिन बाँकी
हरफनै कति पो छ?!
 
Posted on 01-22-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा;

amazing
 
Posted on 01-22-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा...
-----------------------------------------------------
वाह गौतम जी वाह !
गजबको दामी कविता गयो ल !
अस्ति चौतारीमा "मेरो दह्रो जाँदैछ" भन्या यसैकोलागि हो जस्तो लाग्यो नि ! (j/k) :)
 
Posted on 01-22-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuitजी र मुन्द्रेजी, कविता मन पराइदिनुभएकोमा धन्यवाद।

(अनि मुन्द्रेजी, त्यो अस्ति दह्रो जान्छ भनेको त "बिजुली पानी" पो यार! त्यै क्या तो लालेले तुच्च..तुच्च पार्नी।)
 
Posted on 01-23-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह गोतामे ज्यू, अत्यन्त सटीक कविता लेख्नुभो। मलाई मन परेका पंक्तिहरू:

॥॥॥इतिहासको यो कालो पानामा-
एकै दिन एकै प्रहर
एक हातले सञ्चार सम्मेलनको रिबन
र अर्को हातले टेलिफोनको तार काटिन्छ॥॥॥

अरू पनि लेख्दै गर्नुहोला।
 
Posted on 01-24-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि सारै राम्रो लाग्यो तीतो सत्य तीखो भाषामा
 
Posted on 01-24-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

§ गौतमजीको थालनि र अन्य मित्रहरुको होस्टेमा हैँसे सँगै बुनिईरहेको यो रंगी बिरंगी धागो अति सृजनात्मक छ । पक्कै पनि यो धागोबाट केहि अनुकरणीय गुन्द्री/कार्पेट्/लत्ताकपडा हरु बन्ने नै छन्। साधुबाद छ सबै साथिहरुलाई ! ईश्वरले तपाइँहरुको यो कदममा हौसला प्रदान गरिरहून !!!

नेपाली साहित्यको रसमा रमाउने यो कलाकर्मिहरुको जमघटमा यसै प्रसंगमा मेरो एउटा कौतुहलको उत्तर पनि भेटिहालिन्छ कि ?

१). नेपाली साहित्यका केहि चर्चित सृजना (क्रम संख्या २). तपशिलमा भएका बाहेक पनि) का अङग्रेजी/फ्रेन्च्/जर्मन मध्य कुनै पनि भाषामा अनुबादित संस्करण उपलब्ध छन कि छैनन होला ? यदि छन भने कहाँबाट/कसरि हात लगाउन (पैँचो लिन, पढ्न, किन्न) सकिएला ?

२). तपशिल (खोजी गरिएका रचना/साहित्यकारहरु आफैं वा तीनिसँग 'मिल्दो जुल्दो') :
- पारिजात : शिरिषको फुल (blue mimosa), मैले नजन्माएको छोरो, ...
- डाइमन शमशेर जबरा : सेतो बाघ, बसन्ती, ...
- भुपि शेरचनका कबिताहरु
- बि पि कोइरालाका छोटा कथाहरु
- लक्ष्मी प्रसाद देबकोटा, तारानाथ शर्माका निबन्धहरु
- इन्द्र बहादुर राईका कथाहरु
- ...............
- अन्य (तपाईँहरुको जानकारि/सुझाब मुताबिक)

सहयोगको लागि अग्रीम धन्यबाद्.... जधौ ।

'माफिया'
 
Posted on 01-24-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****समाचारको नाममा,
बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा; .......****


गजब छ गौतम जी :)
धेरै चित्त बुझ्दो अनि सटिक! मलाई यो अंतिम अनुक्षेद् धेरै बलियो लाग्यो!

चुनौती हो यो मेरो
इतिहासको यो कालो पानालाई-
अब तँसंग
पाप लेखिन बाँकी
हरफनै कति पो छ?!

---------------------------

***लाठी बुटको सहाराले
लुक्दै छिप्दै खोर हरुमा
हत्केलाले सूर्यछोपी
‘पिशाच’अन्धकार तिर लम्किरहेछ।। ****

माष्टरनी नानी को यो हरफ पनि गजब छ!
आजकल समसामयिक कबितालेखनको लहर आएको छ! लेख्दै जाउँ
----------------------------------------------------------

माफिया जी,
खै अनुवादित त छन पक्कै पनि, तर मलाई त्यति ज्ञान भन कहाँ खोज्ने भनेर। केहि अंग्रेजीमा अनुबादित नेपाली कबिताहरु हेर्ने हो भने www.nepalikavita.com मा पनि छन। खोज्दै जाउँला नि है?
:)
 
Posted on 01-24-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ammai Kabiharuko jamghat yaha?:P
Birkhe translate gara hai.:) Thanks in advance.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters