[Show all top banners]

waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 छाती खोप्न सजिलो होल छिनो पाठाछु
[VIEWED 9618 TIMES]
SAVE! for ease of future access.
Posted on 03-13-08 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

थाहा छैन कस्तो भो ,तैपनी उनि दिएको छु ,
चिनो ,छिनो ,सिनो पछी शब्द नपाएकोले छानो ,मानो ,पानो को साहारा लेको छु। मान्य  हुन्छ कि हुँदैन ।
झन बुझ्यो झन कठिन रछ यो गजल ,र पनि हरेश खाको छैन । सदा झै सुझाबको आशामा ।

 

 

टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
 
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
 
बाटो पर्दा कतै नजर पर्ला घरमा भनी  
सुकुमबासी भै भात्किएको छानो पठाकोछु
 
सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली  तिमीलाई 
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु


 
Posted on 03-13-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले खोजिदिएँ काफिया, मान्य हुने गरी गजल पुरा गर्न । कुनै noun कुनै adjective हुँदा अलिक जबर्जस्ती गरेर order मिलाउनु पर्ने हुन्छ । तर चिन्ता गर्नु पर्दैन । हिन्दी र उर्दु गीत‍गजलमा मा प्रचुर मात्रामा त्यसो गरिन्छ । अलिनो तरकारी पठाएको छु लाई तरकारी अलिनो पठाएको छु भन्न केही हिचकिचाउनु पर्दैन ।

 

 

चिनो

सिनो

छिनो

मसिनो

मलिनो

अलिनो

दाइनो/दाहिनो

 

Nepe


 
Posted on 03-13-08 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु
शबदको लागि आभारी छु
यसो यताउता गरेर काफिया मिलाउन खोजे ,कस्तो भो ,सुझाब पाउने आशामा 

 
टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
 
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
 
जरा काटेर छाड्यौ खङ्ग्रङ सुकेकोछु 
पिटिक्क भाचिने सिन्कोको झिनो पठाकोछु

छैठिको भाबीको लेखन ,न्वारनको टिप्पणी
ग्रह दशा खुट्ट्याएर ढाल्न चिनो पाठाकोछु

जवानीलाई रङ पोत्ने बजारमा के के भो
अब बिदाइको अनुहार मलिनो पठाकोछु 

 

 


 


 
Posted on 03-14-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

 

तपाईका अन्य आरम्भिक रचनामा जुन प्राकृतिक flow, र बान्की थिए त्यो देखिएन है यसमा । तपाईले पक्कै महसुस गर्नु भयो होला- रदिफको दाम्लोले बाधिएका र एउटै काफियाबन्दीको जुवामा नारिएका काफियाहरुलाई जोत्दा धेरै सम्झौता गर्नु पर्ने हुन्छ । गजलको demerit त्यही हो, र फेरि merit पनि त्यही हो भन्या । त्यही अनुशासनले गजललाई एउटा विशिष्ट (distinct) सौन्दर्य दिएको हुन्छ ।

 

त्यसैले गजल‍लेखन भनेको एउटा अत्यन्त कठीन प्रियतमासंगको दुरुह प्रेम जस्तै हो ।

 

यह ईश्क नही आसान, बस इतना समझ लिजिये

एक आग का दरिया है और डुब के जाना है

(जिगर मूरादाबादी)

 

अब एउटा अर्को कठीन मार्ग बताउछु । एकचित्त ध्यान लगाई सुन्नुहओस् ।

 

कुरा के भने हामी गजललाई काफिया शब्दहरुको समस्यापूर्ति (gap-filling) गर्ने खेल सम्झन्छौं र त्यही अनुसार लेख्न बस्तछौं । त्यो हुँदै होईन, त्यसो गर्नै हुन्न त म भन्दिन । तर शेरको स्वतन्त्रतालाई मध्यनजर राखेर एक पटकमा एक सिङ्गै गजल होईन कि एक पटकमा एक स्वतन्त्र शेर लेख्ने बानी बसाल्यौं भने शुरुमा पूर्ण गजल कमै हात लागे पनि अन्ततोगत्वा (अनगिन्ती विविध शेरहरुको भण्डार बनिसकेपछि) perfect गजल assemble गर्न सकिने होईन्छ ।

 

एक्लो शेर बनाएर कुनै ट्याममा काम लाग्छ भनेर छाड्दा कहिले पनि काम लागेन भने खेर गएन मेहनत भन्नुहोला । मेरो विश्वास गर्नुहोस्, त्यो खेर जादैन । दशवटा शब्द भएको एउटा शेर छ भने त्यसलाई दश प्रकारको काफियामा ढाल्न सकिने कुरालाई नबिर्सनु होला ।

 

त्यसैले मेरो मार्ग समात्नुहोस् - one sher at a time, not one ghazal at a time.

 

Nepe


 
Posted on 03-14-08 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु
हजुरका अमृततुल्य सुझाबहरुले धेरै पाएको छु । गजलको बिधनमा अटेर भाब हरु बगाउन कहिले काही निकै कठिन हुदो रहेछ ,महसुस गर्दै छु । अभ्यासको क्रममा लेखे को यो गजल मलाई पनि अनिलो महशुस भएकै हो तर पनि मतला मिठो लगेर जबर्जस्ती लदियो भन्नु पर्ला ,अब देखी हजुरको अर्तिलाई आत्मासात गरी रचना अघाडी बढाउने छु बस सुझाब चाँही निरन्तर पाइ रहु ।
 
Posted on 03-18-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा फेरी उने ,सुझाबको आशमा छु


थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ 

 


 
Posted on 03-19-08 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ ko sattaa

भित्र भित्रै पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन ko sattaa

साक्षी राखेका भगवान नि मौन भई दिएछ thik hunthyoki???

 

 

 
Posted on 03-19-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झर्रा झर्रा काफिया ले गर्दा झरिलो भएको मानिचु ।

 

केही सुझाव:

 

(1)

8+8 को मात्रामा ढाल्नोस् । अधिक गेयात्मक बन्दछ ।

 

जस्तो:

थुन्न जति खोजे पनि जाली मन चुइदो र

भित्रै भित्र पाके पछि माया पनि कुइदो र

 

Syllables को गणना र विश्रामको स्थान निर्धारण यसरी गरेको छु

 

8 syllables  (विश्राम) 8 syllables

थुन्-न-ज-ति-खो-जे-प-नि (विश्राम) जा-ली-म-न-चुइ-दो-र-छ

भि-त्र-भि-त्रै-पा-के-पछि (विश्राम) मा-या-प-नि कुइ-दो-र-छ

 

(2) केही न केही नयाँपन देखियोस् ।

(3) ‘काफिया को समस्यापूर्ति गर्ने लेखिएको जस्तो नदेखियोस् शेरहरु ।

 

सप्रेम,

Nepe


 
Posted on 03-19-08 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

premstha,

 सुझाबको लागि धन्यवाद,यसरी नै सदा यहाँहरुको सुझाबको आशामा छु ।

नेपे गुरु ,
हजुरको सुझाब सधैं शिरमा ,म कोशीश गर्दै छु ,हेरु कती सम्म न्याय गर्न सक्छु ।
गजल को क ख नजानेको लाई यहाँ सम्म पुराउनु भएको छ,अझै यात्रा निकै टाढा छ ,हजुरको साथ त चाहिन्छ नै । 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters