[Show all top banners]

kakakul
Replies to this thread:

More by kakakul
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चोर एन सेल, राहात रेडक्रस छाप लगाएर भन्सार छल्न खोजेको? बिपत को बेलामा चोर्ने लाई मार्नु पर्छ|
[VIEWED 7852 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-15 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोर एन सेल, राहात रेडक्रस छाप लगाएर भन्सार छल्न खोजेको? बिपत को बेलामा चोर्ने लाई मार्नु पर्छ|

काठमाडौ, वैशाख २५ - एनसेलका दूरसञ्चार सम्बन्धी उपकरण रेडक्रसको स्टिकर लगाई आयात गरेपछि भन्सारले छानबिन प्रक्रिया अघि बढाएको छ।

रेडक्रसको स्टिकर भए पनि व्यावसायिक प्रयोजनका लागि ल्याइएको भन्दै १ करोड ११ लाख रुपैयाँ भन्सार महसुल बुझाएको भोलिपल्ट त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले माथिल्लो निकायलाई पत्राचार गर्दै छानबिनको प्रक्रिया अघि बढाइएको हो। ‘विभाग र मन्त्रालयलाई सामान, स्टिकर र कागजातको अवस्थाबारे जानकारी गराउँदै निर्देशनका लागि पत्राचार गरिएको हो,’ विमानस्थल भन्सार प्रमुख भूपाल बरालले भने, ‘मलाई लाग्छ, विभाग र मन्त्रालयले एक छानबिन समिति गठन गर्ने छ। समितिको निष्कर्षको आधारमा सामानबारे निर्णय लिइने छ।’ गत शनिबार चिनियाँ रेडक्रसको स्टिकर लगाएर एनसेलका उपकरणहरू विमानस्थलमा भित्रिएका हुन्।

रेडक्रसको स्टिकर भएको, सामानसँग कागजात नभएको र बुझ्न कोही पनि नआएपछि भन्सारले सामान गोदाममा थन्काएर राखेको छ। भन्सारका अधिकारीहरूका अनुसार एनसेललाई टेलिफोन गरी बोलाउँदासमेत तीन दिनसम्म आएका थिएनन्। ‘अहिलेसम्मको अवस्थामा व्यावसायिक प्रयोजनको सामग्रीमा रेडक्रसको स्टिकरको मिसयुज भएको देखिन्छ। अन्य काजगात उनीहरूले पेस गरिसकेका छन्,’ बरालले भने, ‘सामान कसरी छाड्ने वा नछाड्ने माथिल्लो निकायबाट निर्देशन नआई निर्णय हुने छैन।’ विभाग स्रोतका अनुसार विभाग स्तरीय एक समिति बनाउने तयारी भइरहेको छ। ‘समिति करिब करिब बनिसकेको छ। अन्य निकायका प्रतिनिधिहरूको पर्खाइमा समितिले पूर्णता नपाएको हो,’ विभाग स्रोतले भन्यो, ‘समितिले पूर्णता पाएपछि शुक्रबार यसबारे औपचारिक रूपमा सार्वजनिक गरिन्छ।’

समितिमा सरोकारवाला सबै निकायका अधिकारीहरू राख्ने तयारी विभागको छ। ‘विमानस्थल भन्सारबाट फाइल आएको छ,’ विभागका महानिर्देशक शिशिर ढुंगानाले भने, ‘के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’ एनसेलले सामान आएको चौथो दिन भन्सार महसुलअन्तर्गत उपकरणमा लाग्ने ५ प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत गरी १ करोड ११ लाख ६८ हजार ४ सय ६२ रुपैयाँ बुझाएको छ। भन्सार बुझाए पनि राहत सामग्रीसँगै रेडक्रसका स्टिकर लगाएर आएका हुनाले जाँचपासको प्रक्रिया अघि बढाएको छैन।

स्टिकर लगाइएका ४० पोका सामग्री छन्। सबै पोकामा चिनियाँ रेडक्रसको स्टिकर छ। रेडक्रसका सामानको मूल्य ७ करोड ५७ लाख रुपैयाँ रहेको जनाइएको छ। प्रमुख बरालका अनुसार एनसेलले छुट्टै पत्र लेखी भन्सार महसुल छल्ने नियत नभएको जनाएको छ।

एनसेलले पनि बुधबार बिज्ञप्ती जारी गर्दै रेडक्रस स्टिकर प्रयोग भएको स्वीकार गर्दै भन्सार छल्ने नियत नभएको जनाएको छ। भूकम्प गएलगत्तै राहत पठाउनमा देखिएको चापका कारण चीनबाट हवाई जहाजले व्यावसायिक सामग्रीलाई प्राथमिकतामा नराखेकोले जेडटिईले रेडक्रसको स्टिकर लगाइदिएको स्वीकार गरेको हो। एनसेलले जेडटिईबाट सामान ल्याएको हो। एनसेलका अनुसार चीनबाट जेडटिईले गत १९ र २० गते उपकरणहरू आइपुगेको जानकारी गराएको थियो। रेडक्रस स्टिकरबारे सामान काठमाडौं आएपछि मात्र थाहा भएको एनसेलले बताएको छ। सँगै आएका रेडक्रसका सामान भने जाँचपास गरी शनिबार नै छुटेका थिए।

भन्सार अधिकारीका अनुसार कार्टुनभन्दा केही ठूला प्याकेट छन्। उक्त सामग्री खोलेर होरिएको छैन। सरकारले भूकम्प आएलगत्तै राहत सामग्रीमा भन्सार शुल्क नलाग्ने व्यवस्था गरेको छ। एनसेलले भूकम्पपीडितका लागि १ अर्ब १० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव सरकारसमक्ष गरेको छ। सरकारले भने उक्त सहयोग लिने नलिने भन्ने विषयमा भन्सार प्रकरणका कारण मन्त्रीहरूबीच विवाद भएको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका संयोजक गोविन्द पोखरेलले यस विषयमा सरकारका अधिकारीहरूबीच विवाद नभएको बताए। ‘कोषले विभिन्न खाताहरूमा पैसा जम्मा गर्न अपिल गरेको छ। खातामा कसको पैसा जम्मा गर्न दिने/नदिने भन्ने विषयमा कुरै आउँदैन,’ उनले भने।

प्रकाशित मिति: २०७२ वैशाख २५ ०८:२०
http://www.ekantipur.com/np/2072/1/25/full-story/408629.html
 
Posted on 05-07-15 10:13 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एन सेल मात्र ? तेही बेपारीहरु नि तेस्तै गर्दै छन् | राहात भन्दै कर छल्यो, अनि बोरा का बोरा चामल बेच्यो |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters