सबैभन्दा चलाख,स्मार्ट भनेर यहुदी समूदायलाई चिनिन्छ।यो समूदायले गरेका धेरै आविष्कार र खोजले हाम्रो मानव जीवन सहज बनाएको छ। - Sajha Mobile
SAJHA MOBILE
सबैभन्दा चलाख,स्मार्ट भनेर यहुदी समूदायलाई चिनिन्छ।यो समूदायले गरेका धेरै आविष्कार र खोजले हाम्रो मानव जीवन सहज बनाएको छ।
Posts 2 · Viewed 2184 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
यस्तो छ यहुदीहरु बारे रोचक तथ्य र इतिहास।
अष्ट्रेलियाको सिड्नीस्थित समुन्द्री किनारामा आफ्नो पर्व ‘हानुका’ मनाईरहेका यहुदी समूदाय लक्षित गरेर ब’न्दुकधारी बाबु-छोराले अन्धाधुन्द गो’ली चलाएपछि एकचोटी फेरी विश्वभर यहुदी समूदाय माथिको बहस,सुरक्षा चासो र चिन्ता बाहिर आएको छ।
को हुन् त यहुदीहरु ? यहुदीहरुको बारेमा रोचक केही तथ्य यस्ता छन्।
हामी नेपालीहरु धेरैलाई यहुदी भन्ने बित्तिकै इजरायलमा बस्नेहरु हुन् भन्ने लाग्छ लाग्छ।तर,इजरायलमा यहुदी मात्र बस्दैनन्।इजरायलमा करिब ७५ प्रतिशत यहुदी छन्।बाँकी मुस्लिम र क्रिश्चियन लगायत अरु धर्म र समूदायका मानिस छन्।
यहुदी सभ्यतालाई करिब ४००० बर्ष पुरानो सभ्यता मानिन्छ भने उनीहरुको धर्मलाई ‘जुडिजम’ भनिन्छ।संसारभरीमा यहुदीको संख्या डेढ करोड जति छ।
इजरायलमा सबैभन्दा धेरै यहुदी छन् भने इजरायलपछि अमेरिका र फ्रान्समा यहुदीको संख्या धेरै छ।जनसंख्याको अनुपातमा सबैभन्दा धेरै नोबेल पुरस्कार पाउँनेमा यहुदी समूदाय अगाडी छ।महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन पनि यहुदी हुन्।साथै फेसबुकका संस्थापक मार्क जुकर्बर्ग समेत यहुदी हुन्।
यहुदी समूदायलाई संसारमै तेज दिमाखका र स्मार्ट मानिन्छ।उनीहरुले गरेका आविष्कार र खोजले मानव जीवनलाई धेरै नै सहज बनाएको छ।
https://youtube.com/shorts/qLxsKrK-1Kg?feature=share
पोलियो जस्तो घातक रोगको खोप विकास गर्ने ‘जोनास साल्क’ यहुदी हुन्।जस्को कारण विश्वबाट लगभग पोलियो समाप्त भयो।पोलियो विरुद्धको खोप बनाउँने जोनासले ‘पेटेन्ट’ नलिई मानव सेवामा योगदान दिए।जस्ले लाखौँ जीवन बचायो।
सर्च इन्जिन गुगल बनाउँने मध्ये एक सर्गेइ ब्रिन यहुदी हुन्।जस्को कारण आज हामी घरमै बसेर विश्वको गतिविधी खोज्न,थाहा पाउँन र धेरै कुरा बुझ्न अनि सिक्न सक्छौं।
त्यस्तै whatsapp बनाउँने दुई मध्ये एक jan koum युक्रेनी यहुदी हुन्। यहुदीहरू विश्व जनसंख्याको ०.२ प्रतिश मात्र भए पनि
विज्ञान, प्रविधि, चिकित्सा, अर्थशास्त्र, कला र टेक्नोलोजीमा अतुलनीय योगदान दिएका छन्।
यहुदीको केही संस्कार भने अचम्मको छ।
यहुदीहरुले शुक्रबार साँझदेखि शनिवार साँझसम्म ‘सब्बाथ’ मनाउँने गर्दछन्।जसमा उनीहरु कुनै काम गर्दैनन्।क’ट्टर धार्मिक यहुदीले यो सब्बाथको समयमा काम नगर्ने नियम हुन्छ।
Oops i did it again
· Snapshot 204
Like · Liked by · 0
हजुर यो कुरामा चाई म ९९९% सहमत गर्दछु. यी यहुदीहरूले कुनई ठाऊमा चाई चमत्कार पे चमत्कार गरेकई रचन ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 118
· Posts 1 · Viewed 119
· Posts 3 · Viewed 942 · Likes 1
· Posts 1 · Viewed 212
· Posts 1 · Viewed 391
· Posts 1 · Viewed 232
· Posts 1 · Viewed 307
· Posts 1 · Viewed 263
· Posts 1 · Viewed 474
· Posts 1 · Viewed 485



Travel Partners
Travel House Nepal